logo

प्रदेश सरकारसंग कल्याणकारी बिज्ञापनकाे रकम कटाैती नगर्न पत्रकार महासंघ मधेशकाे मांग

 इसीमाना सम्बाददाता     २०८३ असोज २० गते ०७: २२ मा प्रकाशित     203   पटक पढिएको

जनकपुरधाम ।नेपाल पत्रकार महासंघ मधेस प्रदेशले मधेस प्रदेश सरकारले सञ्चारमाध्यमका लागि विनियोजन गरेको बजेट कटौती नगर्न माग गरेको छ।

 

नेपाल पत्रकार महासंघ मधेस प्रदेश अध्यक्ष श्याम बञ्जाराको नेतृत्वमा गएको टोलीले अर्थमन्त्रीसमक्ष ज्ञापनपत्र बुझाउँदै चालु आर्थिक वर्षमा आमसञ्चार प्राधिकरणअन्तर्गत लोककल्याणकारी विज्ञापनका लागि विनियोजित बजेट यथावत् राख्न माग गरेको हो।

 

 

चालु आर्थिक वर्षको बजेट शीर्षक नम्बर २२३२३ अन्तर्गत लोककल्याणकारी विज्ञापनका लागि ७० लाख रुपैयाँ विनियोजन गरिएको थियो।

 

 

तर, वित्तीय समायोजनका नाममा उक्त बजेटको ५० प्रतिशत रोकिएपछि सञ्चारमाध्यमका लागि ३५ लाख रुपैयाँ मात्र उपलब्ध हुने अवस्था आएको महासंघले जनाएको छ।

 

 

महासंघले विज्ञापन बजारमा आएको कमीका कारण पछिल्लो समय सञ्चारमाध्यमहरू आर्थिक संकटमा परेको जनाएको छ।

 

आर्थिक संकटकै कारण कतिपय पत्रपत्रिका, रेडियो, टेलिभिजन तथा अनलाइन सञ्चारमाध्यम बन्द भइसकेका र केही बन्द हुने अवस्थामा पुगेको महासंघको भनाइ छ।

 

 लोकतन्त्र, गणतन्त्र र संघीयतालगायतका राजनीतिक परिवर्तनका आन्दोलनमा सञ्चारमाध्यमले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्दै महासंघले सञ्चार क्षेत्रलाई थप संकटमा पर्न नदिन प्रदेश सरकारले विनियोजित बजेट कटौती रोक्नुपर्ने माग गरेको छ।

 

 त्यस्तै, पत्रकारिता क्षेत्रको समयानुकूल विकास तथा संस्थागत सुदृढीकरणका लागि स्थापना भएका मिडिया काउन्सिल र आमसञ्चार प्राधिकरणलाई थप प्रभावकारी बनाउन विनियोजित बजेट कटौती नगरी आवश्यकताअनुसार थप बजेट व्यवस्था गर्न महासंघले माग गरेको छ।

 

 

अध्यक्ष बञ्जाराले सञ्चार क्षेत्रको संस्थागत विकास र सञ्चारमाध्यमको निरन्तरताका लागि प्रदेश सरकारले आवश्यक कदम चाल्नुपर्ने बताउँदै अर्थमन्त्रीसमक्ष ज्ञापनपत्र बुझाएका हुन्।

 

ज्ञापनपत्र बुझाउने क्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य राजेश कर्ण, मधेस प्रदेशका उपाध्यक्ष ज्याेती झा, महासचिव शैलेन्द्र क्रान्ति,मधेश प्रदेशका सचिव हदिश खुद्दार सदस्य त्रिलोकी नाथ यादव महास०घ धनुषाका उपाध्यक्ष अवधृश कामत लगायत पदाधिकारीहरूको उपस्थिति थियो।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

वीरगंजमा संयुक्त अनुगमन दुई उद्योगलाई जरिवाना,महावीर एग्रो प्रोडक्ट प्रा.लि.लाई उन्मुक्ति दिएको मञ्चको आरोप

वीरगंज । वीरगंजमा उपभोक्ता हित तथा खाद्यवस्तुको गुणस्तरसम्बन्धी अवस्थाको अनुगमनका क्रममा दुई उद्योगलाई जरिवाना गरिएको छ।

गर्मीमा विद्यार्थीलाई राहत, पोखरियाका दुई विद्यालयलाई ५ पंखा

पोखरिया । गर्मीका कारण पठनपाठनमा असहजता भोगिरहेका विद्यार्थीलाई राहत पुग्ने गरी पर्साको पोखरियाका दुई विद्यालयमा पंखा जडानका लागि सहयोग गरिएको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.