ठोरी । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ठोरी आइपुगेका बाइक राइडरहरूलाई ठोरीमा भव्य स्वागत गरिएको छ।
शनिबार ठोरी गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठ, उपाध्यक्ष गोकुलीकुमारी रेग्मी, वडा नम्बर ४ का वडाध्यक्ष मानबहादुर थिङ, निर्मल ठोरी उपभोक्ता समितिका अध्यक्ष जीवन खड्का, जङ्गल रिसोर्टका व्यवसायी धिरसिंहलगायत ठोरीका युवाहरूले बाइक राइडरहरूलाई स्वागत गरेका हुन्।
ठोरीको प्राकृतिक सौन्दर्य, पर्यटकीय क्षेत्र तथा स्थानीय पर्यटनको प्रवर्द्धन गर्ने उद्देश्यले बाइक राइडरहरूको भ्रमणलाई स्वागत गरिएको गाउँपालिकाले जनाएको छ।
स्वागत कार्यक्रममा स्थानीय जनप्रतिनिधि, व्यवसायी तथा युवाहरूको सहभागिता रहेको थियो। बाइक राइडरहरूको आगमनले ठोरीको पर्यटन प्रवर्द्धनमा थप सहयोग पुग्ने अपेक्षा गरिएको स्थानीयको भनाइ छ।
ठोरी प्राकृतिक तथा धार्मिक पर्यटनका लागि सम्भावनायुक्त क्षेत्र भएकाले विभिन्न स्थानबाट आउने पर्यटकलाई आकर्षित गर्न यस्ता कार्यक्रमले सहयोग पुग्ने बताइएको छ।
तपाईको प्रतिक्रिया