logo

शैक्षिक सामग्री पाएपछि पोखरियाका विद्यार्थीमा बढ्यो उत्साह

 इसीमाना सम्वाददाता     २०८३ असोज १४ गते ०८: ३५ मा प्रकाशित     88   पटक पढिएको

पोखरिया। पर्साको पोखरिया नगरपालिका–३ बसनपुरस्थित श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालयका २३० जना विद्यार्थीलाई शैक्षिक तथा खेलकुद सामग्री वितरण गरिएको छ।

 

चाइना फाउन्डेसन फर रुरल डेभलपमेन्ट र न्यू लाइट फाउन्डेसनको सहयोग तथा नयाँ जनशक्ति युवा क्लब र लायन्स क्लब अफ पोखरियाको समन्वयमा विद्यार्थीलाई विद्यालय झोला, स्टेशनरी तथा विभिन्न खेलकुद सामग्री हस्तान्तरण गरिएको हो।

 

विद्यार्थीलाई अध्ययनका लागि आवश्यक सामग्री उपलब्ध गराउँदा आर्थिक रूपमा कमजोर परिवारका बालबालिकालाई विद्यालयमा नियमित हुन तथा अध्ययनप्रति थप उत्साहित हुन सहयोग पुग्ने आयोजकहरूले बताएका छन्।

 

 खेलकुद सामग्रीले विद्यार्थीको शारीरिक तथा सिर्जनात्मक विकासमा समेत योगदान पुग्ने अपेक्षा गरिएको छ।

 

वडा अध्यक्ष रामप्रवेश चौहानको अध्यक्षतामा आयोजित कार्यक्रममा लायन्स क्लब अफ पोखरियाका अध्यक्ष तथा प्रमुख अतिथि नेजामुद्दीन शमानीले बालबालिकाको शिक्षा, स्वास्थ्य र खेलकुदको विकास समाजको साझा दायित्व भएको बताए।

 

उनले विद्यालयको भौतिक तथा शैक्षिक विकासका लागि आगामी दिनमा पनि आवश्यक सहयोग र सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।

 

कार्यक्रममा चाइना फाउन्डेसन फर रुरल डेभलपमेन्ट नेपालका प्रतिनिधि कवित कुमार नेपाल, न्यू लाइट फाउन्डेसनका तर्फबाट वीरगञ्जका युवा समाजसेवी आसिफ हसनलगायतको उपस्थिति थियो।

 

कार्यक्रममा सशस्त्र प्रहरीका डीएसपी सञ्जय रेग्मी, इलाका प्रहरी कार्यालयका प्रमुख भानुभक्त अर्याल, नयाँ जनशक्ति युवा क्लबका अध्यक्ष रामबाबु चौहान, लायन्स क्लबका कृष्णा पटेल, मनोज साह कानुलगायत शिक्षक, अभिभावक, समाजसेवी तथा स्थानीय अगुवाहरू सहभागी थिए।

 

विद्यालयमा अध्ययनरत विद्यार्थीलाई आवश्यक शैक्षिक सामग्री उपलब्ध गराउने यस्ता कार्यक्रमले विद्यालय र समुदायबीचको सहकार्यलाई थप मजबुत बनाउने सहभागीहरूले बताएका छन्।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

वीरगंजमा संयुक्त अनुगमन दुई उद्योगलाई जरिवाना,महावीर एग्रो प्रोडक्ट प्रा.लि.लाई उन्मुक्ति दिएको मञ्चको आरोप

वीरगंज । वीरगंजमा उपभोक्ता हित तथा खाद्यवस्तुको गुणस्तरसम्बन्धी अवस्थाको अनुगमनका क्रममा दुई उद्योगलाई जरिवाना गरिएको छ।

गर्मीमा विद्यार्थीलाई राहत, पोखरियाका दुई विद्यालयलाई ५ पंखा

पोखरिया । गर्मीका कारण पठनपाठनमा असहजता भोगिरहेका विद्यार्थीलाई राहत पुग्ने गरी पर्साको पोखरियाका दुई विद्यालयमा पंखा जडानका लागि सहयोग गरिएको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.