logo

देउवा पक्षले तोक्यो संयोजक पर्सामा कर्ण बारामा यादवले पाए जिम्मेवारी

 इसीमाना सम्वाददाता     २०८३ असोज १२ गते ०९: १२ मा प्रकाशित     124   पटक पढिएको

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले मधेस प्रदेशका पाँच जिल्लामा महाधिवेशन तयारीको जिम्मेवारी तोकेको छ।

 

पूर्वमहामन्त्री डा. शशांक कोइरालाको संयोजकत्वमा रहेको महाधिवेशन तयारी समितिले सप्तरी, सिरहा, धनुषा, बारा र पर्साका लागि जिल्ला संयोजक चयन गरेको हो।

No photo description available.

 समितिका अनुसार सप्तरीमा सुरेन्द्र यादव, सिरहामा सन्तोषकुमार चौधरी, धनुषामा कोमलकान्त झा, बारामा राजेश राय यादव र पर्सामा विजय कर्णलाई जिम्मेवारी दिइएको छ।

 

 उनीहरूलाई डा. कोइरालाको हस्ताक्षरसहितको पत्रमार्फत जिम्मेवारी प्रदान गरिएको जनाइएको छ।

 

देउवा पक्षले यसअघि पनि विभिन्न जिल्लामा महाधिवेशन तयारीका लागि संयोजकहरू तोक्दै आएको थियो। पछिल्लो निर्णयसँगै मधेस प्रदेशमा पनि संगठनात्मक तयारी अघि बढाइएको हो।

 

समूहले आफ्नो प्रस्तावित कार्यतालिकाअनुसार असोज १५ गतेदेखि वडा अधिवेशन सुरु गर्ने र मंसिर २१ देखि २३ गतेसम्म १५औँ महाधिवेशन गर्ने जनाएको छ।

 

महाधिवेशनको तयारीका क्रममा जिल्लास्तरमा आवश्यक संगठनात्मक गतिविधि अघि बढाउने जिम्मेवारी सम्बन्धित संयोजकहरूलाई दिइएको छ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.