logo

सरकार सुरक्षित ठाउँमा बस्न आग्रह गर्दै, नेशनल मेडिकल कलेज विपद्को जोखिमबीच होस्टेल खाली गराउदै

 इसीमाना सम्बाददाता     २०८३ असोज ८ गते ०६: ४४ मा प्रकाशित     89   पटक पढिएको

वीरगन्ज । सरकारले भारी वर्षा, बाढी, पहिरो र चट्याङलगायत प्राकृतिक विपद्को जोखिमलाई ध्यानमा राख्दै नागरिकलाई सतर्क रहन र सुरक्षित स्थानमा बस्न आग्रह गरिरहेका बेला वीरगन्जस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालले आवासीय चिकित्सकलाई १२ घण्टाभित्र होस्टेल खाली गर्न निर्देशन दिएको छ ।

कलेज प्रशासनले जारी गरेको सूचनामा हालको शैक्षिक तथा संस्थागत परिस्थितिलाई ध्यानमा राख्दै शैक्षिक सत्र २०८२ का प्रथम वर्षका स्नातकोत्तर आवासीय चिकित्सकलाई संस्थाबाट फिर्ता बोलाइदिन चिकित्सा शिक्षा अध्ययन संस्थान , त्रिभुवन विश्वविद्यालयसमक्ष औपचारिक अनुरोध गरिएको उल्लेख छ ।

 

त्यसअनुसार अर्को सूचना जारी नभएसम्म प्रथम वर्षका स्नातकोत्तर आवासीय चिकित्सकहरूको कक्षा, शैक्षिक गतिविधि, क्लिनिकल पोस्टिङ, विभागीय प्रशिक्षण, वार्डरइमर्जेन्सी ड्युटीलगायत प्रशिक्षण गतिविधि स्थगित रहने कलेजले जनाएको छ ।

 

तर, यही सूचनामार्फत कलेजले आवासीय चिकित्सकलाई सूचना जारी भएको समयदेखि १२ घण्टाभित्र आफूलाई उपलब्ध गराइएको छात्रावासको कोठा, क्वार्टर वा अन्य आवासीय सुविधा खाली गरी कलेजको छात्रावासरप्रशासन कार्यालयमा सम्पत्ति बुझाउन निर्देशन दिएको छ ।

 

सम्बन्धित चिकित्सकलाई तोकिएको अवधिभित्र आवश्यक हस्तान्तरण प्रक्रिया पूरा गरी आवासीय परिसरबाट आफ्ना व्यक्तिगत सामानसमेत हटाउन भनिएको छ ।

 

विपद्को समयमा चिकित्सकलाई कहाँ जाने प्रश्न 

 

कलेजको यो निर्णय सार्वजनिक भएसँगै प्राकृतिक विपद्को सम्भावित जोखिमबीच आवासीय चिकित्सकलाई तत्काल होस्टेल खाली गर्न लगाउनु कति व्यवहारिक र मानवीय हो भन्ने प्रश्न उठेको छ ।

 

सरकार तथा सम्बन्धित निकायले भारी वर्षा, बाढी, पहिरो र चट्याङको जोखिम रहेको भन्दै नागरिकलाई अनावश्यक आवतजावत नगर्न र सुरक्षित स्थानमा बस्न आग्रह गरिरहेका बेला चिकित्सकहरूलाई १२ घण्टाभित्र संस्थागत आवास छाड्न लगाउँदा उनीहरूको सुरक्षित बसोबासको वैकल्पिक व्यवस्था के हुन्छ भन्ने प्रश्नसमेत उठेको छ ।

 

विशेषगरी आवासीय चिकित्सकहरू अस्पतालको नियमित स्वास्थ्य सेवा र प्रशिक्षणसँग जोडिएका जनशक्ति भएकाले उनीहरूको आवास व्यवस्थापनसम्बन्धी निर्णय गर्दा सुरक्षा, वैकल्पिक आवास, आकस्मिक स्वास्थ्य सेवा र मानवीय पक्षलाई समेत ध्यान दिनुपर्ने आवाज उठ्न थालेको छ ।

 

कलेज प्रशासनले भने सूचना जारी गर्दै आफ्नो निर्णय कार्यान्वयन गर्न सम्बन्धित सबैलाई निर्देशन दिएको छ ।

 

सरकारको ‘सुरक्षित ठाउँमा बसौँ’ भन्ने आग्रह र त्यसै समयमा मेडिकल कलेजको ‘१२ घण्टाभित्र होस्टेल खाली गरौँ’ भन्ने निर्देशनबीचको यो विरोधाभासले अहिले वीरगन्जमा नयाँ बहस सिर्जना गरेको छ ।

college-notice-scaled-1.jpg

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

वीरगंजको मुख्य सडक विस्तारमा  प्रभावितलाई सहुलियत, सेडब्याकमा पुनर्विचार, नक्सापासमा छुट

वीरगंज । वीरगंजको मुख्य सडक विस्तारका क्रममा सडक सीमाभित्र पर्ने धार्मिक तथा ऐतिहासिक महत्वका मठमन्दिर, मस्जिद तथा अन्य धार्मिक संरचना यथास्थानमै रहने गरी सडक निर्माणको काम अघि बढाइने वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले बताएका छन ।

रसुवा बाढीमा बेपत्ता वीरगंजका ६ नागरिकको खोजी तीव्र बनाउन पूर्वमन्त्री यादवको मांग

वीरगंज । रसुवा बाढीमा परी बेपत्ता भएका वीरगंज महानगरपालिका वडा नं. २२, जगरनाथपुरका ६ जना नागरिकको अवस्था अझै अज्ञात रहेपछि पीडित परिवारको पीडा झनै गहिरिँदै गएको छ।

खेलकुद

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.