वीरगंज । अशोक राईले नेतृत्व गरेको जनता समाजवादी पार्टीका पर्साका अध्यक्ष तवरेज अहमदलाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश रिजालले पार्टीमा स्वागत गरेका छन ।
वीरगंजमै उक कार्यक्रकावीच उनलाई नेता रिजालले अविर टिका लगाएर स्वागत गरेका थिए । उपेन्द्र यादवले नेतृत्व गरेको जनता समाजवादी पार्टी पर्साको सचिवको भूमिका निर्वाह गरेका अहमद मधेश आन्दोलनको अगुवा समेत हुन ।
पछिल्लो पटक भूमी समस्या समाधान आयोग पर्साको अध्यक्ष रहेर काम गरिरहेका अहमदले पर्साको सखुवा प्रसौनी गाउँपालिकाको वडा न १ को दोहरी ४७ घर परिवारलाई जग्गाधनी पूर्जा समेत बितरण गरेका थिए ।
दलीत,सुकुम्वासी तथा अब्यवस्थित बसोवासीहरुको समस्या हल गर्ने गरि क्रियाशील अहमद अहिलेको सरकारले अध्यादेश ल्याएर आयोगको नियुक्ति बिस्थापन गरेपछि फूसर्दीला भएका थिए ।
अव उनले नेपाली कांग्रेस मार्फत आफ्नो राजनीति यात्रा शुरु गर्ने भएका छन । उनले राजनीतिक बिरासतको लामो इतिहासको सम्मान गर्दै आफू पुरानै घरमा फर्किएको बताए ।
उनले गएको निर्वाचनमा पनि आफूले बिना शर्त नेपाली कांग्रेसलाई भोट हालेको खुलासा गरे । उनले आउने दिनमा पार्टी नेतृत्वले दिने जिम्मेवारी हल हालतमा पुरा गर्ने प्रतिवद्धता ब्यक्त गरेका छन ।
तपाईको प्रतिक्रिया