logo

सर्तकता अपनाउन महानगर प्रमुख सिंहको अपिल,  वीरगन्जमा असोज ९ गते विद्यालय बन्द हुने

 इसीमाना सम्वाददाता     २०८३ असोज ८ गते ०७: ०८ मा प्रकाशित     84   पटक पढिएको

वीरगन्ज । वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले एक भिडियो सन्देश जारी गर्दै देशको बिभिन्न भागमा असोज ८ देखी १२ गते भारी वर्षा बाढी पहिरो हावाहुरी र चटयाङ्ग समेत पर्न सक्ने पूर्वअनुमानलाई मध्यनजर राख्दै सर्तकता अपनाउन अपिल गरेका छन । 


मौसम बिज्ञमन बिभागले गरेको पूर्वअनुमान र जारी गरेको सूचनालाइृ मध्यनजर गर्दै महानगर प्रमुख सिंहले सबैलाई सर्तकता अपनाउन आग्रह गरेका हुन ।

 

यो संगै वीरगंज महानगरले भारी वर्षा, हावाहुरी र चट्याङको सम्भावनालाई मध्यनजर गर्दै वीरगन्ज महानगरपालिकाले असोज ९ गते एक दिनका लागि महानगर क्षेत्रका विद्यालयमा पठनपाठन स्थगित गर्ने निर्णय गरेको छ।

 

वीरगन्ज महानगरपालिकाको शिक्षा तथा खेलकुद महाशाखाले असोज ५ गते जारी गरेको सूचनामा शिक्षा तथा खेलकुद मन्त्रालय, सिंहदरबार काठमाडौंको असोज ७ गतेको पत्रअनुसार प्रतिकूल मौसमको सम्भावनालाई ध्यानमा राख्दै असोज ९ गते विद्यालयमा पठनपाठन स्थगित गर्न गराउन अनुरोध गरिएको उल्लेख छ।

 

महानगरपालिकाले सामुदायिक तथा संस्थागत सबै विद्यालयलाई उक्त दिन पठनपाठन स्थगित गर्न निर्देशन दिएको हो।

 

साथै, समुदायमा विपद् आइपरेको अवस्थामा विद्यालय भवनलाई सुरक्षित तवरले आश्रयस्थलका रूपमा प्रयोग गर्न सकिने गरी आवश्यक तयारी अवस्थामा राख्न समेत महानगरपालिकाले विद्यालयहरूलाई आग्रह गरेको छ।

 

महानगरपालिकाको सूचनामा नेपालका विभिन्न स्थानमा भारी वर्षा, हावाहुरी र चट्याङको सम्भावना रहेकाले त्यसबाट पर्न सक्ने प्रतिकूल प्रभावलाई मध्यनजर गर्दै विद्यालय बन्द गर्ने निर्णय गरिएको उल्लेख छ।

 

महानगरपालिकाले जारी गरेको सूचना महानगर क्षेत्रका सामुदायिक तथा संस्थागत विद्यालय सबैमा लागू हुने जनाइएको छ।

May be an image of text

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

वीरगंजको मुख्य सडक विस्तारमा  प्रभावितलाई सहुलियत, सेडब्याकमा पुनर्विचार, नक्सापासमा छुट

वीरगंज । वीरगंजको मुख्य सडक विस्तारका क्रममा सडक सीमाभित्र पर्ने धार्मिक तथा ऐतिहासिक महत्वका मठमन्दिर, मस्जिद तथा अन्य धार्मिक संरचना यथास्थानमै रहने गरी सडक निर्माणको काम अघि बढाइने वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले बताएका छन ।

रसुवा बाढीमा बेपत्ता वीरगंजका ६ नागरिकको खोजी तीव्र बनाउन पूर्वमन्त्री यादवको मांग

वीरगंज । रसुवा बाढीमा परी बेपत्ता भएका वीरगंज महानगरपालिका वडा नं. २२, जगरनाथपुरका ६ जना नागरिकको अवस्था अझै अज्ञात रहेपछि पीडित परिवारको पीडा झनै गहिरिँदै गएको छ।

खेलकुद

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.