logo

जलवायु सम्मेलनमा वीरगन्जले उठाउनेछ मधेसको ताप र पानीको समस्या

 इसीमाना सम्वाददाता     २०८३ भदौ २६ गते ०३: ५५ मा प्रकाशित     48   पटक पढिएको

वीरगन्ज । जलवायु परिवर्तनका कारण तराई–मधेसमा बढ्दै गएको गर्मी र पानीको समस्या राष्ट्रियस्तरमा उठाउन वीरगन्ज महानगरपालिकाको टोली मुस्ताङ जाने भएको छ ।

 

मुस्ताङको घरपझोङ गाउँपालिकाले आयोजना गर्न लागेको ‘घरपझोङ जलवायु परिवर्तन सम्मेलन–२०८३’ मा सहभागी हुन महानगरको टोली आगामी भदौ ३० गते जोमसोम जानेछ । सम्मेलनका लागि महानगरले ‘तात्तिँदै वीरगन्ज, सुक्दै मधेस’ भन्ने नारा तय गरेको छ ।

 

सम्मेलनमा सहभागी हुने महानगरका प्रशासन प्रमुख कीर्ति सुवेदी र वातावरण शाखा प्रमुख राकेश साहलाई शुक्रबार एक कार्यक्रमबीच बिदाइ गरिएको छ । उनीहरूलाई महानगरका कार्यवाहक मेयर इम्तियाज आलम र प्रमुख प्रशासकीय अधिकृत बसन्तबहादुर बोहराले शुभकामनासहित बिदाइ गरेका हुन् ।

 

बिदाइ कार्यक्रममा कार्यवाहक मेयर आलमले जलवायु परिवर्तनको असर हिमालमा मात्र नभई तराई–मधेसमा पनि गम्भीर बन्दै गएको बताए ।

 

 वीरगन्जसहित मधेसका विभिन्न क्षेत्रमा भूमिगत पानीको सतह घट्दै जाँदा खानेपानीको समस्या बढिरहेको उनले बताए ।

 

‘जलवायु परिवर्तनको असर हिमालमा मात्र होइन, तराई–मधेसमा पनि देखिन थालेको छ । भूमिगत पानीको सतह घट्दै जाँदा खानेपानीको समस्या गम्भीर बन्दै गएको छ,’ आलमले भने, ‘जोमसोमको सम्मेलनमा मधेसले भोगिरहेका यस्ता समस्या र यहाँको वास्तविक अवस्था स्पष्ट रूपमा राख्नेछौँ ।’

 

प्रमुख प्रशासकीय अधिकृत बोहराले जलवायु परिवर्तनको समस्या समाधानका लागि हिमालदेखि तराईसम्मका स्थानीय तहबीच सहकार्य आवश्यक रहेको बताए ।

 

उनका अनुसार सम्मेलन स्थानीय तहहरूबीच जलवायु परिवर्तनका असर र त्यसबाट बच्ने उपायबारे छलफल गर्ने महत्वपूर्ण अवसर हुनेछ । वीरगन्जको टोलीले मधेसको समस्या र त्यसको समाधानका लागि आवश्यक सुझाव सम्मेलनमा प्रस्तुत गर्ने उनले बताए ।

 

 

घरपझोङ गाउँपालिकाको आयोजनामा भदौ ३० र ३१ गते जोमसोम कभर्ड हलमा हुने सम्मेलनमा देशभरका स्थानीय तहका प्रतिनिधि तथा जलवायु विज्ञहरूको सहभागिता रहने आयोजकले जनाएको छ ।

 

 

सम्मेलनमा जलवायु परिवर्तनका कारण विभिन्न क्षेत्रमा देखिएका समस्या, त्यसको प्रभाव र समाधानका उपायबारे छलफल हुने बताइएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

चिया चौतारो छाडेर,श्रमदानमाबाटै हुलाकी सडक सफा गर्दै सुवर्णपुरका स्थानीय

ठोरी । ठोरी गाउँपालिका–५ सुवर्णपुरस्थित ओरिया खोला पुल नजिकको बागमोर्चा क्षेत्रका स्थानीयवासीले शनिबार बिदाको समय सदुपयोग गर्दै हुलाकी सडक सरसफाइ गरेका छन।

विपद् राहत कोषमा मदिना जामे मस्जिदद्वारा १ लाख १ हजार रुपैयाँ सहयोग

वीरगञ्ज ।वीरगञ्ज महानगरपालिका–६ स्थित मदिना जामे मस्जिदले नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख १ हजार रुपैयाँ सहयोग गरेको छ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.