logo

बारा र डोल्पाका समाजावादीका अध्यक्ष सहित दर्जनौ नेता एमाले प्रवेश

 इसीमाना सम्वाददाता     २०७९ असोज १३ गते १०: ०९ मा प्रकाशित     540   पटक पढिएको

नेकपा एसका बारा जिल्ला अध्यक्ष तथा सांसद सुन्दर विश्वकर्मा पुरानै घर नेकपा एमालेमा फर्किएका छन ।

 

पार्टी बिभाजनताका कहिले एमाले कहिले एसमा रहेको बिज्ञप्ति जारी गरेका नेता बिश्वकर्मा र केन्द्रीय सदस्य तथा प्रदेश सांसद सीता गुरुङ फेरी एमालेमा फर्किएका छन ।

नेकपा एसले मधेशमा जम्माजम्मी संघका २ सिट र प्रदेशमा ८ सिट पाउने भएपछि टिकटका आकांक्षीहरुमा पार्टी छाड्ने लहर चलेको छ ।

 

पार्टी केन्द्रीय कार्यालयमा समाजवादी पार्टी परित्याग गर्नेहरुलाई पार्टी प्रवेश गराउदै नेकपा एमालेका अध्यक्ष के.पी.ओलीले भ्रम र त्रासमा परेर अन्यत्र रहेकाहरुलाई एमालेमा प्रवेश गराइने बताए ।


पार्टी प्रवेश गर्नेहरुमा कौशल किशोर सिंह, महेश बिश्वकर्मा,बिद्या थापा, दशरथ राम ,मिना रहपाल, मन्जु खनाल,मन्जु भट्टराई, अच्छेलाल राह र मुक्ति सहनी रहेका छन ।

 

यसैवीच नेकपा समाजवादी बाराले एक बिज्ञप्ति जारी गरि पार्टी अध्यक्ष सुन्दर बिश्वकर्मालाई पार्टीको साधारण सदस्य समेत नरहने गरि निष्काशन गरेको जनाएको छ ।

यसैगरि नेकपा एकीकृत समाजवादीका डोल्पा जिल्ला कमिटी अध्यक्ष तथा कर्णाली प्रदेशका मन्त्री नन्दसिंह बुढा नेकपा एमालेमा फर्किएका छन् ।

उनीसँगै जिल्ला कमिटीका ४० भन्दा बढी सदस्यहरू, प्रदेश कमिटीका सदस्यहरू र नगर र गाउँपालिका कमिटीका सदस्यहरू गरी ६० भन्दा बढी कार्यकर्ता प्रवेश गरेका नेकपा एमालेले जनाएको छ।

प्रवेश गर्नेहरुलाई एमाले महासचिव शंकर पोखरेलले बिहीबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा स्वागत गरे ।

बिहीबार प्रदेश कमिटी सदस्यहरू धर्मलाल बुढा, काली बुढा, अमराम बुढा, देवीबहादुर बुढाथोकी, राष्ट्रिय परिषद् सदस्य देवीलाल रोकाय र बलबहादुर रोकायसँगै जिल्ला कमिटीका केही सदस्य पनि एमाले प्रवेश गरेका उक्त पार्टीले जनाएको छ ।

 

 


 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

सेस्मी इन्टरनेशनल स्कुलको एसईई परिक्षामा सहभागि सबै बिद्यार्थी सफल

वीरगञ्ज। सेस्मी इन्टरनेशनल स्कुलले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा शतप्रतिशत  नतिजा हासिल गर्दै उत्कृष्ट शैक्षिक उपलब्धि प्राप्त गरेको छ।

सुशासन र पारदर्शीता नचाहने प्रमुख प्रशासकीय अधिकृत यादवलाई बिभागीय कारवाहीको सिफारिश सहित आयोगले डाम्यो

वीरगञ्ज । पारदर्शीताको पक्षमा नरहेका सुशासनको प्रत्याभूती गर्न नचाहने एक जना अधिकृतलाई  राष्ट्रिय सूचना आयोगले डामेको छ । पर्साको जगन्नाथपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्देशकुमार यादवलाई १६ हजार जरिवाना गरेर आयोगले डामेको हो ।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.