logo

बारा र डोल्पाका समाजावादीका अध्यक्ष सहित दर्जनौ नेता एमाले प्रवेश

 इसीमाना सम्वाददाता     २०७९ असोज १३ गते १०: ०९ मा प्रकाशित     461   पटक पढिएको

नेकपा एसका बारा जिल्ला अध्यक्ष तथा सांसद सुन्दर विश्वकर्मा पुरानै घर नेकपा एमालेमा फर्किएका छन ।

 

पार्टी बिभाजनताका कहिले एमाले कहिले एसमा रहेको बिज्ञप्ति जारी गरेका नेता बिश्वकर्मा र केन्द्रीय सदस्य तथा प्रदेश सांसद सीता गुरुङ फेरी एमालेमा फर्किएका छन ।

नेकपा एसले मधेशमा जम्माजम्मी संघका २ सिट र प्रदेशमा ८ सिट पाउने भएपछि टिकटका आकांक्षीहरुमा पार्टी छाड्ने लहर चलेको छ ।

 

पार्टी केन्द्रीय कार्यालयमा समाजवादी पार्टी परित्याग गर्नेहरुलाई पार्टी प्रवेश गराउदै नेकपा एमालेका अध्यक्ष के.पी.ओलीले भ्रम र त्रासमा परेर अन्यत्र रहेकाहरुलाई एमालेमा प्रवेश गराइने बताए ।


पार्टी प्रवेश गर्नेहरुमा कौशल किशोर सिंह, महेश बिश्वकर्मा,बिद्या थापा, दशरथ राम ,मिना रहपाल, मन्जु खनाल,मन्जु भट्टराई, अच्छेलाल राह र मुक्ति सहनी रहेका छन ।

 

यसैवीच नेकपा समाजवादी बाराले एक बिज्ञप्ति जारी गरि पार्टी अध्यक्ष सुन्दर बिश्वकर्मालाई पार्टीको साधारण सदस्य समेत नरहने गरि निष्काशन गरेको जनाएको छ ।

यसैगरि नेकपा एकीकृत समाजवादीका डोल्पा जिल्ला कमिटी अध्यक्ष तथा कर्णाली प्रदेशका मन्त्री नन्दसिंह बुढा नेकपा एमालेमा फर्किएका छन् ।

उनीसँगै जिल्ला कमिटीका ४० भन्दा बढी सदस्यहरू, प्रदेश कमिटीका सदस्यहरू र नगर र गाउँपालिका कमिटीका सदस्यहरू गरी ६० भन्दा बढी कार्यकर्ता प्रवेश गरेका नेकपा एमालेले जनाएको छ।

प्रवेश गर्नेहरुलाई एमाले महासचिव शंकर पोखरेलले बिहीबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा स्वागत गरे ।

बिहीबार प्रदेश कमिटी सदस्यहरू धर्मलाल बुढा, काली बुढा, अमराम बुढा, देवीबहादुर बुढाथोकी, राष्ट्रिय परिषद् सदस्य देवीलाल रोकाय र बलबहादुर रोकायसँगै जिल्ला कमिटीका केही सदस्य पनि एमाले प्रवेश गरेका उक्त पार्टीले जनाएको छ ।

 

 


 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

बरिष्ठ पत्रकार गौतम स्व.पाण्डेको स्मृतिमा स्थापित पत्रकारिता पुरस्कारबाट पुरस्कृत हुदै

वीरगन्ज । वीरगन्जको पत्रकारिता क्षेत्रमा लामो समयदेखि योगदान पुर्‍याउँदै आउनु भएका वरिष्ठ पत्रकार ईश्वरचन्द्र गौतम लाई स्व. सुदर्शनराज पाण्डे स्मृति पत्रकारिता पुरस्कार–२०८२ प्रदान गर्ने निर्णय गरिएको छ।

सशस्त्र प्रहरी बलपर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सम्पन्न

वीरगंज । सशस्त्र प्रहरी बल, नेपाल पर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सोमबार सम्पन्न भएको छ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.