logo

सर्वोच्चको आदेशविरुद्ध विद्यार्थीको प्रदर्शन

      5/6/2017 गते 00 00 मा प्रकाशित     1398   पटक पढिएको

काठमाडौँ, २३ वैशाख । प्रमुख सत्तारुढ दल निकट विद्यार्थी सङ्गठनले सर्वोच्च अदालतले व्यवस्थापिका–संसद्को विशेषाधिकार हनन गरेको भन्दै विरोध प्रदर्शन गरेका छन्  जननिर्वाचित संसद्को अधिकार र कार्यक्षेत्रमाथि हस्तक्षेप भएको भन्दै उनीहरुले आज संयुक्तरुपमा विरोध प्रदर्शन गरेका हुन् ।


संसदको विशेषाधिकार र संवैधानिक सर्वोच्चताको सम्मान नगरिएको भन्दै उनीहरुले सर्वोच्चको आदेश खारेजीको माग गरेका छन् । प्रदर्शनकारीले शुक्रबार न्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासबाट सर्वोच्चका प्रधानन्यायाधीशमाथिको महाअभियोगका विषयमा जारी गरिएको अन्तरिम आदेश असंवैधानिक भएको भन्दै सो आदेश खारेज गर्न र जननिर्वाचित संसद्को अधिकार क्षेत्रको ख्याल गर्न आग्रह गरेका थिए ।


प्रदर्शनी मार्गबाट सुरु भएको विरोध जुलुस पुतलीसडक चोक पुगेर विरोधसभामा परिणत भएको थियोे । विरोध सभामा नेपाल विद्यार्थी सङ्घका अध्यक्ष नैनसिंह महरले असंवैधानिक आदेश तत्काल खारेज गरी संसद्को अधिकार माथि हस्तक्षेप बन्द गर्न आग्रह गर्नुभयो । साहित्यिक निबन्धको शैलीमा आएको असंवैधानिक आदेशमा पुनर्विचार गर्न माग गर्दै अध्यक्ष महरले जननिर्वाचित संस्थाको मानमर्दन गर्ने कार्य आफूहरुलाई स्वीकार्य नहुने बताउनुभयो ।


अखिल ९क्रान्तिकारी० का उपाध्यक्ष सुरेन्द्र बस्नेतले भने संविधानभन्दा माथि कोही पनि नभएको भन्दै संसद्को अधिकार क्षेत्र हनन गर्ने विषय आफूहरुलाई सह्य नभएको बताउनुभयो । उहाँले भन्नुभयो, “सर्वोच्चको पछिल्लो आदेशले संसद्को विशेषाधिकार र संविधानको हुर्मत लिएको छ । यो युवा विद्यार्थीलाई स्वीकार्य हुन सक्दैन ।”


कार्यक्रममा नेविसङ्घका उपाध्यक्ष पुष्पविक्रम शाही, अखिल ९क्रान्तिकारी०का उपाध्यक्ष रञ्जीत तामाङ लगायतको सहभागिता रहेको थियोे ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

वीरगंजमा मालपाेत कर अब वडामै संकलन गरिने

वीरगंजमा मालपाेत कर अब वडामै संकलन गरिने

२५ वर्षे शैक्षिक सेवा पूरा गरेका प्रधानाध्यापक भोजराज गौतमको सम्मानसहित बिदाइ

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ रंगपुरस्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयले करिब २५ वर्ष लामो शैक्षिक सेवा पूरा गरेका प्रधानाध्यापक भोजराज गौतमलाई सम्मानसहित बिदाइ गरेको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.