logo

रसुवा बाढीमा बेपत्ता वीरगंजका ६ नागरिकको खोजी तीव्र बनाउन पूर्वमन्त्री यादवको मांग

 इसीमाना सम्वाददाता     २०८३ असोज ४ गते ०७: ५९ मा प्रकाशित     78   पटक पढिएको

वीरगंज । रसुवा बाढीमा परी बेपत्ता भएका वीरगंज महानगरपालिका वडा नं. २२, जगरनाथपुरका ६ जना नागरिकको अवस्था अझै अज्ञात रहेपछि पीडित परिवारको पीडा झनै गहिरिँदै गएको छ।

 

 आफ्ना प्रियजन सकुशल फर्केर आउने आशामा परिवारजनले दिनरात प्रतीक्षा गरिरहेका छन्।

 

बेपत्ता नागरिकहरूको खोजी कार्यलाई थप तीव्र, व्यवस्थित र प्रभावकारी बनाउन डिएनए परीक्षणलगायत आधुनिक प्रविधिको प्रयोग गरी शीघ्र खोजी तथा पहिचानको व्यवस्था गर्न सम्बन्धित सरोकारवालासँग नेकपा एमालेका नेता तथा पूर्वमन्त्री प्रदीप यादवले माँग गरेका छन । 

 

यस विषम परिस्थितिमा पीडित परिवारलाई आवश्यक सहयोग उपलब्ध गराउन वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहसँग आर्थिक सहयोगका लागि पहल गरिएको उनले जनाएका छन ।

May be an image of child

त्यस्तै, जिल्ला प्रशासन कार्यालय, पर्साका प्रमुख जिल्ला अधिकारीमार्फत नेपाल सरकारसँग समेत बेपत्ता नागरिकहरूको शीघ्र खोजतलास तथा पीडित परिवारलाई आवश्यक राहत र सहयोग उपलब्ध गराउन पहल गरिएको बताइएको छ।

 

बेपत्ता आफन्तको पर्खाइमा रहेका परिवारका लागि हरेक दिन आशा र पीडाबीच बितिरहेको छ। खोजी कार्यलाई थप प्रभावकारी बनाउँदै बेपत्ता नागरिकहरूको अवस्थाबारे यथाशीघ्र सत्यतथ्य सार्वजनिक गर्न परिवारजनले अपेक्षा गरेको उनले बताए  ।


अहिले पनि परिवारजनका आँखा आफ्ना प्रियजन फर्किने आशामा बाटो हेरिरहेका छन् पूर्वमन्त्री यादवले भने “आफन्तको जनाको बारेमा परिवारले जान्न पाउने कुरालाई सरकारले गम्भिरता पुर्वक लिुन पदर्छ”। 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

वीरगञ्जमा संयुक्त रक्तदान कार्यक्रम, २५ यूनिट रगत संकलन

वीरगञ्ज । रक्त अभावका कारण बिरामीको उपचारमा आउन सक्ने समस्या न्यूनीकरण गर्ने उद्देश्यले वीरगञ्जमा आयोजित संयुक्त रक्तदान कार्यक्रममा २५ यूनिट रगत संकलन भएको छ।

मलखाद नपाएपछि बहुदरमाईमा जनआक्रोश, नगर कार्यालयमा तालाबन्दी

वीरगञ्ज । खेतीपातीको मुख्य समयमा मलखादको अभावका कारण आक्रोशीत भएका  बहुदरमाई नगरपालिका–४ का स्थानीय बासिन्दाले कार्यालयमा तालाबन्दी गरेका छन ।

खेलकुद

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.