logo

निष्काशनबारे उपेन्द्र यादवको ध्यानाकर्षण

      5/7/2017 गते 00 00 मा प्रकाशित     1450   पटक पढिएको

काठमाडौँ, २४ वैशाख । सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सङ्घीय गठबन्धनका नामबाट आएको प्रेस विज्ञप्तिप्रति आफ्नो र आफ्नो पार्टीको ध्यानाकर्षण भएको जनाउनुभएको छ ।


उहाँले संघीय गठबन्धनको संयोजक तथा फोरमका अध्यक्षको हैसियतबाट आज प्रकाशित गर्नु भएको विज्ञप्तिमा भनिएको छ, “सङ्घीय गठबन्धनको संयोजक म स्वयम् रहेको र मेरो सल्लाहमा उक्त दिन कुनै पनि बैठक आयोजना नभएको कुरा यहाँ अवगत गराउन चाहन्छु । म संयोजक र प्रवक्ता प्रा डा ओम गुरुङलगायत गठबन्धनका अधिकांश बहुमत सदस्यलाई कुनै जानकारी नै नदिई व्यक्तिगतरुपमा आयोजना भएको कथित बैठक सङ्घीय गठबन्धनको बैठक हुनै सक्दैन ।”


गठबन्धनको अवधारणा पत्रको मर्म, भावना र आचारसंहिता विपरीतको बैठकले सङ्घीय गठबन्धनको बैठकको वैधानिकता प्राप्त नहुने भन्दै उहाँले आफूलाई निष्काशन गरिएको भन्ने गठबन्धनको निर्णय आधिकारिक नभएर व्यक्तिगत निर्णय मात्र भएको विज्ञप्तिमार्फत जिकिर गर्नुभएको छ ।


उहाँले विज्ञप्तिमा महन्थ ठाकुरका नामबाट आएको उक्त प्रेस विज्ञप्ति राजनीतिक झूठको खेतीका साथै राजनीतिक बेइमानी र निन्दनीय काम भएको पनि उल्लेख गर्नुभएको छ ।


सङ्घीय गठबन्धनका सबै घटक कथित प्रेस विज्ञप्तिको भ्रममा नपरी परिस्थितिको मूल्याङ्कन र आगामी कार्यभारबारे निर्णय गर्न एकीकृत भई छलफलमा रहनका साथै पार्टी पङ्क्तिलाई पनि भ्रमको पर्दाफास गर्दै दृढतापूर्वक क्रियाशील रहन पनि उहाँले आह्वान गर्नुभएको छ ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

वीरगंजमा मालपाेत कर अब वडामै संकलन गरिने

वीरगंजमा मालपाेत कर अब वडामै संकलन गरिने

२५ वर्षे शैक्षिक सेवा पूरा गरेका प्रधानाध्यापक भोजराज गौतमको सम्मानसहित बिदाइ

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ रंगपुरस्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयले करिब २५ वर्ष लामो शैक्षिक सेवा पूरा गरेका प्रधानाध्यापक भोजराज गौतमलाई सम्मानसहित बिदाइ गरेको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.