logo

मेलम्चीमा चुनावी माहोल बढ्दो

      5/6/2017 गते 00 00 मा प्रकाशित     1461   पटक पढिएको

मेलम्ची, २४ वैशाख । स्थानीय तहको निर्वाचन आउन सात दिन बाँकी रहँदा सिन्धुपाल्चोक जिल्लाको मेलम्चीमा चुनावी माहोल बढेसँगै नेपाली काँग्रेस र नेकपा (एमाले)को ठूलो प्रतिस्पर्धा हुने देखिएको छ । पार्टीहरुले आ–आफ्ना विभिन्न पदको उम्मेदवारको निर्णय गरेसँगै चुनाव आफ्नो पक्षमा बनाउनका लागि पार्टीका नेतादेखि कार्यकर्तासम्म अहोरात्र लागिपरेका छन् ।


मेलम्ची नगरपालिकामा मुख्य दुई दल नेपाली काँग्रेस र नेकपा ९एमाले०को नगर प्रमुखका लागि निकै प्रतिस्पर्धा हुने देखिएको छ भने राप्रपा र माओवादी केन्द्रले पनि माहोल आफ्नो पक्षमा पार्न पछ्याइरहेका छन् ।


जिल्लाको पश्चिम मुख्य नगरपालिका रहेकाले यसलाई विभिन्न दलले आफ्नो पक्षमा पार्न लागिपरेका छन् । एघार गाविस मिलेर बनेको मेलम्ची नगरपालिकामा जिल्लाभरका नौ गाउँपालिका र तीन नगरपालिकाको तुलनामा मेलम्चीमा चुनावी चहलपहल निकै बढेको छ ।


मेलम्ची नगरपालिकामा मुख्य चार दलबाट क्रमशः प्रमुख तथा उपप्रमुखमा नेपाली काँग्रेसका तर्फबाट आइतमान तामाङ र सविता गुरुङ, नेकपा ९एमाले०का तर्फबाट डम्बर अर्याल र भगवती नेपाल, राप्रपाका तर्फबाट फणीन्द्र दाहाल र कुमारी तामाङ, माओवादी केन्द्रबाट श्याम खड्का र मुनादेवी ढकाल उम्मेदवार रहेका छन् ।
आफ्नो दललाई बलियोे बनाउनका लागि भेला, घरदैलो अभियान, ¥याली तथा कार्यकर्ता भेटघाटलाई सबैले बाक्लो बनाउन थालेका छन् ।


अहिले जिल्लाभरि नै विभिन्न पार्टी परित्याग गरेर नयाँ पार्टीमा प्रवेश गर्ने होड नै चलेको छ भने पार्टी प्रवेश कार्यलाई नै जोड दिइएको पाइन्छ । विशेष गरेर ठूला दलहरु काँग्रेस, नेकपा ९एमाले०, माओवादी केन्द्र र राप्रपाका नेतालाई चुनावी चटारोले छोपेको छ । मतदाता सङ्ख्या हेरेर दलहरुले मतदाता नामावलीमा नाम भएकाहरुको हिसाब गरी समीकरण बनाउनसमेत सुरु गरिसकेका छन् ।


पहिलाको स्थानीय निकायको निर्वाचनको तुलनामा यसपटकको स्थानीय तहको निर्वाचनमा निकै राम्रो नतिजा आउनेमा मुख्य सबै दलले आशा राखेका छन् । नगरपालिकाभित्र नेपाली काँग्रेस र नेकपा ९एमाले०को प्रतिस्पर्धा हुने देखिए पनि केही समयअघि शक्तिशाली पार्टीका रुपमा उदाएको नेकपा ९माओवादी केन्द्र०ले माहोल बढाएको छ ।


मेलम्ची नगरपालिकाभित्र १३ वडाको १४ स्थानमा मतदान केन्द्र तोकिएको छ । नगरपालिकाभित्र जम्मा ३१ हजार ९८७ मतदाता रहेका छन् ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

वीरगंजमा मालपाेत कर अब वडामै संकलन गरिने

वीरगंजमा मालपाेत कर अब वडामै संकलन गरिने

२५ वर्षे शैक्षिक सेवा पूरा गरेका प्रधानाध्यापक भोजराज गौतमको सम्मानसहित बिदाइ

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ रंगपुरस्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयले करिब २५ वर्ष लामो शैक्षिक सेवा पूरा गरेका प्रधानाध्यापक भोजराज गौतमलाई सम्मानसहित बिदाइ गरेको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.