logo

मेलम्चीमा चुनावी माहोल बढ्दो

      5/6/2017 गते 00 00 मा प्रकाशित     1247   पटक पढिएको

मेलम्ची, २४ वैशाख । स्थानीय तहको निर्वाचन आउन सात दिन बाँकी रहँदा सिन्धुपाल्चोक जिल्लाको मेलम्चीमा चुनावी माहोल बढेसँगै नेपाली काँग्रेस र नेकपा (एमाले)को ठूलो प्रतिस्पर्धा हुने देखिएको छ । पार्टीहरुले आ–आफ्ना विभिन्न पदको उम्मेदवारको निर्णय गरेसँगै चुनाव आफ्नो पक्षमा बनाउनका लागि पार्टीका नेतादेखि कार्यकर्तासम्म अहोरात्र लागिपरेका छन् ।


मेलम्ची नगरपालिकामा मुख्य दुई दल नेपाली काँग्रेस र नेकपा ९एमाले०को नगर प्रमुखका लागि निकै प्रतिस्पर्धा हुने देखिएको छ भने राप्रपा र माओवादी केन्द्रले पनि माहोल आफ्नो पक्षमा पार्न पछ्याइरहेका छन् ।


जिल्लाको पश्चिम मुख्य नगरपालिका रहेकाले यसलाई विभिन्न दलले आफ्नो पक्षमा पार्न लागिपरेका छन् । एघार गाविस मिलेर बनेको मेलम्ची नगरपालिकामा जिल्लाभरका नौ गाउँपालिका र तीन नगरपालिकाको तुलनामा मेलम्चीमा चुनावी चहलपहल निकै बढेको छ ।


मेलम्ची नगरपालिकामा मुख्य चार दलबाट क्रमशः प्रमुख तथा उपप्रमुखमा नेपाली काँग्रेसका तर्फबाट आइतमान तामाङ र सविता गुरुङ, नेकपा ९एमाले०का तर्फबाट डम्बर अर्याल र भगवती नेपाल, राप्रपाका तर्फबाट फणीन्द्र दाहाल र कुमारी तामाङ, माओवादी केन्द्रबाट श्याम खड्का र मुनादेवी ढकाल उम्मेदवार रहेका छन् ।
आफ्नो दललाई बलियोे बनाउनका लागि भेला, घरदैलो अभियान, ¥याली तथा कार्यकर्ता भेटघाटलाई सबैले बाक्लो बनाउन थालेका छन् ।


अहिले जिल्लाभरि नै विभिन्न पार्टी परित्याग गरेर नयाँ पार्टीमा प्रवेश गर्ने होड नै चलेको छ भने पार्टी प्रवेश कार्यलाई नै जोड दिइएको पाइन्छ । विशेष गरेर ठूला दलहरु काँग्रेस, नेकपा ९एमाले०, माओवादी केन्द्र र राप्रपाका नेतालाई चुनावी चटारोले छोपेको छ । मतदाता सङ्ख्या हेरेर दलहरुले मतदाता नामावलीमा नाम भएकाहरुको हिसाब गरी समीकरण बनाउनसमेत सुरु गरिसकेका छन् ।


पहिलाको स्थानीय निकायको निर्वाचनको तुलनामा यसपटकको स्थानीय तहको निर्वाचनमा निकै राम्रो नतिजा आउनेमा मुख्य सबै दलले आशा राखेका छन् । नगरपालिकाभित्र नेपाली काँग्रेस र नेकपा ९एमाले०को प्रतिस्पर्धा हुने देखिए पनि केही समयअघि शक्तिशाली पार्टीका रुपमा उदाएको नेकपा ९माओवादी केन्द्र०ले माहोल बढाएको छ ।


मेलम्ची नगरपालिकाभित्र १३ वडाको १४ स्थानमा मतदान केन्द्र तोकिएको छ । नगरपालिकाभित्र जम्मा ३१ हजार ९८७ मतदाता रहेका छन् ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

समाज

वीरगंजमा सुनकाण्डः व्यवसायी अभिषेक सर्राफको घरमा संयुक्त टोलीको छापा, करोडौँको स्रोत नखुलेको सुन बरामद

वीरगंज ।  वीरगंजस्थित एक सुन व्यवसायी अभिषेक सर्राफको घरमा  छापामारी गरी बहुल्य सुन चाँदी नियन्त्रणमा लिएको छ ।

एनजिओको नाममा फर्जी बिल बनाएर लाखौको भूक्तानी, कर्मचारीको खातामा पैसा हालेको केवटको स्वीकारोक्ती

वीरगंज ।  छिपहरमाई गाउँपालिका संभौता २ का स्थायी बासिन्दा अमोद केवट माथि लाखौं रुपैयाँ अनियमितता गरेको गम्भीर आरोप लागेको छ।

खेलकुद

उराव फुटबल क्लब बन्कुललाई रङपुर नकआउट फुटबलको उपाधि

रंगपुर ।  पटेर्वा सुगौली गाउँपालिका–२ मा रङपुर युवा समाजद्वारा आयोजित नकआउट फुटबल प्रतियोगिताको उपाधि उराव फुटबल क्लब बन्कुलले हात पारेको छ।

स्व. समाजसेवी रामबहादुर श्रेष्ठको स्मृतिमा  फुलपातिको दिनदेखि ‘ठोरी गोल्ड कप’ सुरु हुने

वीरगञ्ज ।  स्व. समाजसेवी रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजना हुने ठोरी गोल्ड कप फुटबल प्रतियोगिता आश्विन १३ गते (फुलपाति) बाट सुरु हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.