logo

लोकतान्त्रिक फोरमको घोषणापत्रः स्थानीय निकाय उच्च प्रविधियुक्त

      5/7/2017 गते 00 00 मा प्रकाशित     1401   पटक पढिएको

काठमाडौँ, २४ वैशाख । नेपाल लोकतान्त्रिक फोरमले स्थानीय निकायलाई भौतिक सुविधासम्पन्न, आत्मनिर्भर र उच्च प्रविधियुक्त बनाउने अवधारणा ल्याएको छ । स्थानीय तह निर्वाचन–२०७४ को घोषणापत्र आज सार्वजनिक गर्दै लोकतान्त्रिक फोरमले गाउँपालिका, नगरपालिका र जिल्ला समन्वय समितिलाई शासनमुखी नभई सेवामुखी बनाउने प्रतिबद्धता जनाएको हो ।


विश्व प्रविधिमा आएको परिवर्तनसँगै स्थानीय तहलाई उच्च प्राविधिक सुविधा सम्पन्न बनाई जनताका सेवा चुुस्त र दुरुस्त बनाउने नीति लिएको फोरमले स्थानीय तहको कर्मचारी प्रशासनलाई समानुपातिक, समावेशी बनाउने घोषणापत्रमा उल्लेख छ ।


लोकतान्त्रिक समाजवादलाई मूल राजनीतिक दर्शन मानेर सङ्घीय र प्रदेशको जातीय जनसङ्ख्याको अनुपातमा समानुपातिक समावेशी शासन प्रणाली अवलम्बन गर्दै समानतामा आधारित समृद्ध आधुनिक नेपालको निर्माण गर्ने अठोट लिएको छ ।


“सङ्घीय र समानुपातिक समावेशी लोकतन्त्रको सुनिश्चितता–अधिकार, विकास र भ्रष्टाचारमुक्त प्रशासन हाम्रो प्रतिबद्धता” भन्ने मूल नारासहित ल्याइएको घोषणापत्रमा तराई, मधेस, महाड र हिमाललाई जोड्न र भावनात्मक एकतालाई अझ बलियो र विश्वासिलो बनाउने तथा भ्रष्टाचारमुक्त जनमुखी प्रशासन बनाउने लक्ष्य लिइएको छ ।


सत्ताइस बुँदे घोषणापत्रमा उत्पादनमूलक विकास गरी रोजगारीको सिर्जना गर्ने, विदेश पलायनलाई निरुत्साहन, विप्रेषणलाई उत्पादनमूलक क्षेत्रमा प्रवाह, वैदेशिक लगानीको प्रोत्साहन, शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटन क्षेत्रको विकासका लागि अवधारणा समेटिएको छ ।


त्यस्तै सडक सुविधा नपुगेको हिमाली र पहाडी क्षेत्रमा रञ्जुमार्ग, पूर्व–पश्चिम र उत्तर–दक्षिण जोड्ने सुरुङमार्ग निर्माणका लागि स्थानीय पूर्वाधार निर्माणमा लोकतान्त्रिक फोरमले प्रतिबद्धता जनाएको छ ।


उक्त घोषणापत्र सार्वजनिक गर्दै लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदारले तीन ठूला राजनीतिक दलले मुलुकको राजनीतिलाई बिगारेको भन्दै निर्वाचनबाट आफ्नो पार्टी ठूलो बनेर नेतृत्वदायी भूमिका खेल्ने दाबी गर्नुभयो ।


मुलुकको राष्ट्रिय राजनीतिलाई सही दिशा दिन आफ्नो पार्टीको नेतृत्वको आवश्यकता औँल्याउँदै उहाँले लोकतान्त्रिक फोरमले कुनै एउटा क्षेत्र, भू–भाग, जाति विशेष नभई तराई–मधेस, पहाड र हिमालका सबै जनताको आस्था बोक्ने पार्टीका रुपमा उदाउने बताउनुभयो ।


सो अवसरमा राष्ट्रिय जनता पार्टी, नेपाल पिपल्स पार्टी, युनाइटेड नेपाल रिपब्लिकन पिपुल्स पार्टी र शान्ति पार्टी नेपालका अध्यक्ष, पदाधिकारीसहितका नेता कार्यकर्ता नेपाल लोकतान्त्रिक फोरममा प्रवेश गरेका थिए ।


चारवटै पार्टीका अध्यक्ष क्रमशः नेत्रबहादुर लिम्बू, शेरबहादुर कार्की, धीरेन्द्र झा र देवीप्रसाद आचार्यले एकल जातीय अभिजात्य वर्गको एकाधिकार समाप्त गर्ने लक्ष्य लिएर गरिएको पार्टी एकीकरणले हिमाल, पहाड र तराईलाई एक सूत्रमा बाँध्ने अठोट लिएको बताउनुभयो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

वडाध्यक्ष मुखियाको घोषणा अनुसार उत्कृष्ट विद्यार्थीलाई ल्यापटप वितरण

वीरगंज। विगत वर्षको एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई पटेर्वा सगौली गाउँपालिका वडा नं.  ५ ले निचुटाले ल्यापटप पुरस्कार वितरण गरेको छ।

वीरगंजमा पचास प्रतिशत अनुदानमा गहुँको बिउ वितरण सुरु, भोलि पनि जारी रहने

वीरगंज । वीरगंज महानगरपालिकाको कृषि तथा पशुपन्छी व्यवसाय प्रवर्द्धन शाखाले ५० प्रतिशत अनुदानमा गहुँको बिउ वितरण सुरु गरेको छ। शाखाका अनुसार हिजोदेखि प्रारम्भ गरिएको वितरण कार्यक्रम भोलि पनि निरन्तर रहनेछ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.