logo

सङ्घीय लिम्बुवान निर्वाचनमा जाने

      5/6/2017 गते 00 00 मा प्रकाशित     1225   पटक पढिएको

दमक, २३ वैशाख । पूर्वमा आन्दोलनरत सङ्घीय लिम्बुवान पार्टी नेपालले स्थानीय तहको निर्वाचनमा भाग लिने भएको छ । पार्टीले लिम्बुवान प्राप्तिका लागि निर्वाचनलाई आन्दोलनका रुपमा उपयोग गर्ने जनाएको छ । आज झापाको दमकमा पार्टीले पत्रकार सम्मेलन गरी निर्वाचनमा एकल वा मुद्दा मिल्ने अन्य दलसँग तालमेल गरी चुनाव लड्ने बताएको हो ।


पार्टी केन्द्रीय कार्यसमितिको दमकमा आज सम्पन्न बैठकका निर्णय सार्वजनिक गर्दै पार्टीका सहअध्यक्ष खगेन्द्र माखिमले निर्वाचनलाई लिम्बुवान राज्य प्राप्तिका लागि रणनीतिका साथ उपयोग गरिने बताउनुभयो । उहाँले निर्वाचनबाट नै लिम्बुवानको आन्दोलनलाई सशक्त बनाउन तथा पहिचानवादीहरुसँग मिलेर आफ्नो मुद्दा स्थापित गर्ने दाबी गर्नुभयो ।


यसैबीच बैठकले पार्टी अध्यक्ष सञ्जुहाङ पालुङ्वा र महासचिव सूर्यबहादुर माखिमलाई पार्टी हित विपरीत गतिविधि गरेको १३ बुँदे आरोप लगाउँदै पार्टीबाट निलम्बन गरेको जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।


सहअध्यक्ष माखिमले द्वय नेतृत्वलाई मतियार भएको आरोप लगाउँदै पार्टीको विधान बमोजिम आगामी छ महिनासम्म कारबाही गरिएको बताउनुभयो । बैठकले निर्वाचनमा अन्य दलहरुसँग तालमेल गर्न पार्टी सहअध्यक्ष माखिमको संयोजकत्वमा दीपक मेन्याङ्वो र सरस्वता सिंगक रहेको एक वार्ता टोलीसमेत गठन गरिएको जनाएको छ ।


त्यस्तै विभिन्न २५ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गर्नुका साथै जिल्ला तहमा सङ्गठन विस्तार गर्न पूर्वका नौ जिल्लामा संयोजकसमेत तोकिएको पार्टीका प्रवक्ता केदार धिमालले बताउनुभयो ।


विसं २०७३ असोज ४ देखि ८ गतेसम्म दमकमा लिम्बुवान एकताको प्रथम महाधिवेशनले पालुङ्वालाई अध्यक्षमा चयन गरेको थियो । पालुङ्वासहित महासचिव माखिमले महाधिवेशनपछि पार्टीको जिम्मेवारी पालना नगरेको आरोप लगाएका छन् ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

समाज

वीरगंजमा सुनकाण्डः व्यवसायी अभिषेक सर्राफको घरमा संयुक्त टोलीको छापा, करोडौँको स्रोत नखुलेको सुन बरामद

वीरगंज ।  वीरगंजस्थित एक सुन व्यवसायी अभिषेक सर्राफको घरमा  छापामारी गरी बहुल्य सुन चाँदी नियन्त्रणमा लिएको छ ।

एनजिओको नाममा फर्जी बिल बनाएर लाखौको भूक्तानी, कर्मचारीको खातामा पैसा हालेको केवटको स्वीकारोक्ती

वीरगंज ।  छिपहरमाई गाउँपालिका संभौता २ का स्थायी बासिन्दा अमोद केवट माथि लाखौं रुपैयाँ अनियमितता गरेको गम्भीर आरोप लागेको छ।

खेलकुद

उराव फुटबल क्लब बन्कुललाई रङपुर नकआउट फुटबलको उपाधि

रंगपुर ।  पटेर्वा सुगौली गाउँपालिका–२ मा रङपुर युवा समाजद्वारा आयोजित नकआउट फुटबल प्रतियोगिताको उपाधि उराव फुटबल क्लब बन्कुलले हात पारेको छ।

स्व. समाजसेवी रामबहादुर श्रेष्ठको स्मृतिमा  फुलपातिको दिनदेखि ‘ठोरी गोल्ड कप’ सुरु हुने

वीरगञ्ज ।  स्व. समाजसेवी रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजना हुने ठोरी गोल्ड कप फुटबल प्रतियोगिता आश्विन १३ गते (फुलपाति) बाट सुरु हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.