logo

महाअभियोग अगाडि बढ्छ - दलका नेताहरू

      5/6/2017 गते 00 00 मा प्रकाशित     1140   पटक पढिएको

काठमाडौँ, २३ वैशाख । विभिन्न राजनीतिक दलका नेताहरूले प्रधानन्यायाधीश सुशीला कार्कीविरूद्धको महाभियोग अगाडि बढ्ने बताएका छन् ।


व्यवस्थापिका–संसद्मा आइतबार दर्ता भएको महाअभियोगको प्रस्ताव र व्यवस्थापिका–संसद्ले जारी गरेको पत्रलाई यथास्थितिमा राख्नु, साथै, प्रधानन्यायाधीश कार्कीलाई यथावत्रुपमा आफ्नो पदमा काम गर्नु भनी सर्वोच्च अदालतले शुक्रबार अन्तरिम आदेश जारी गरेपनि दलका नेताहरूले महाभियोग अगाडि बढ्ने बताएका हुन् ।


रिपोर्टर्स क्लबद्वारा यहाँ आज आयोजित साक्षात्कारमा नेताहरूले महाभियोग अघि नबढाउन सर्वोच्चले दिएको अन्तरिम आदेशलाई संविधान विपरीत भएको टिप्पणी गरे । नेकपा ९माओवादी केन्द्र० का नेता मणि थापाले न्यायालयले कार्यपालिकामाथि हस्तक्षेप गरेको आरोप लगाउनुभयो । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एनपी साउदले सर्वोच्च अदालतको अन्तरिम आदेश लोकतन्त्र माथिको ठाडो प्रहार हो भन्नुभयो ।


नेकपा (एमाले) का सचिव प्रदीप ज्ञवालीले कार्यपालिका, न्यायपालिका, कार्यपालिका र व्यवस्थापिकाबीच दूरी बढाउन नहुने भन्दै प्रस्ताव फिर्ता लिनुपर्ने धारणा राख्नुभयो । राष्ट्रिय जनता पार्टी नेपालका नेता जीतेन्द्र सोनालले शुक्रबारको सर्वोच्च अदालतकोे अन्तरिम आदेश संसद्माथिको हस्तक्षेप भएको जिकिर गर्नुभयो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको अप्रेशन  सिन्दुर,पाकिस्तान नियन्त्रित नौ स्थानमा मिसाइल आक्रमण

वीरगंज।  भारतले बुधबार  पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मीर (पीओके) मा रहेको ‘आतङ्कवादी केन्द्रहरु’ नौ स्थानमा हमला गरेको  घोषणा गरेको छ  ।

अमेरिकाको टेक्सस राज्य संसदद्वारा १३ मार्चलाई ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ घोषणा

टेक्सस ।  अमेरिकाको टेक्सस राज्य संसद्ले १३ मार्चलाई ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ घोषणा गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.