logo

काँग्रेस, माओवादी केन्द्र झडपमा चौध घाइते

      5/6/2017 गते 00 00 मा प्रकाशित     1461   पटक पढिएको


रुकुम, २३ वैशाख । शनिबार जिल्लाका विभिन्न तीन ठाउँमा नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) का कार्यकर्ताबीच झडप भएको छ । चुनावी प्रचारप्रसारका क्रममा जिल्लाको मुसिकोट नगरपालिकाको एक ठाउँमा र चौरजहारी नगरपालिकाको दुई ठाउँमा दुई दलका कार्यकर्ताबीच झडप भएको जिल्ला प्रहरी कार्यालय, रुकुमले जानकारी दिएको छ ।


मुसिकोट नगरपालिका–२ र चौरजहारी नगरपालिका– १२ र १४ मा छुट्टाछुट्टै झडप भएको प्रहरीको भनाइ छ । दुवै स्थानमा भएको झडपमा परी माओवादी केन्द्रका नौजना र नेपाली काँग्रेसका तीनजना कार्यकर्ताका साथै दुईजना सरकारी कर्मचारी घाइते भएको जिप्रका, रुकुमका प्रहरी नायब निरीक्षक सुरेन्द्रकुमार स्वाँरले जानकारी दिनुभयो ।


मुसिकोट नगरपालिकाको झडपमा परी माओवादी केन्द्रका वडा सदस्यका उम्मेदवार रमेश खड्कासहित जीवन खड्का, डम्बर विक, अनिल पुन मगर, दलबहादुर खड्का र सुभास खड्का घाइते भएका छन् । चौरजहारीमा भएको झडपमा माओवादीका लीलाधर ओली, मोहन कँुवर र वीरेन्द्र राणा घाइते भएको प्रहरीले बताएको छ ।


घाइतेहरुको टाउको, खुट्टालगायतका ठाउँमा चोट लागेको छ । घाइतेको उपचार जिल्ला अस्पताल, सल्लेमा भइरहेको छ । यस्तै, दुई पार्टीको झडपमा आफ्नो कामको सिलसिलामा हिँड्दै गर्दा चौरजहारी नगरपालिका–१२ का भीमबहादुर ओली र मुसिकोट नगरपालिकामा भएको झडपमा भोगबहादुर खड्का गम्भीर घाइते भएको प्रहरीको भनाइ छ ।


उनीहरु दुवैको टाउकोमा गहिरो चोट लागेको प्रहरीको भनाइ छ । ओलीलाई जिल्लामा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगन्ज पठाइएको छ भने खड्काको जिल्ला अस्पताल सल्लेमा उपचार भइरहेको छ ।


ओली आधारभूत विद्यालय, जुम्लिपोखरीका प्रधानाध्यापक हुनुहुन्छ भने खड्का जिल्ला कृषि विकास कार्यालयका प्राविधिक सहायक हुनुहुन्छ ।


घटनाका बारेमा थप अनुसन्धान गर्ने भन्दै प्रहरीले मुसिकोट नगरपालिकाबाट चार र चौरजहारीबाट चार गरी आठजनालाई नियन्त्रणमा लिएको छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेकाले नियन्त्रणमा लिएकाहरुको नाम सार्वजनिक गरिएको छैन ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

वीरगंजमा मालपाेत कर अब वडामै संकलन गरिने

वीरगंजमा मालपाेत कर अब वडामै संकलन गरिने

२५ वर्षे शैक्षिक सेवा पूरा गरेका प्रधानाध्यापक भोजराज गौतमको सम्मानसहित बिदाइ

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ रंगपुरस्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयले करिब २५ वर्ष लामो शैक्षिक सेवा पूरा गरेका प्रधानाध्यापक भोजराज गौतमलाई सम्मानसहित बिदाइ गरेको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.