logo

काँग्रेस, माओवादी केन्द्र झडपमा चौध घाइते

      5/6/2017 गते 00 00 मा प्रकाशित     1261   पटक पढिएको


रुकुम, २३ वैशाख । शनिबार जिल्लाका विभिन्न तीन ठाउँमा नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) का कार्यकर्ताबीच झडप भएको छ । चुनावी प्रचारप्रसारका क्रममा जिल्लाको मुसिकोट नगरपालिकाको एक ठाउँमा र चौरजहारी नगरपालिकाको दुई ठाउँमा दुई दलका कार्यकर्ताबीच झडप भएको जिल्ला प्रहरी कार्यालय, रुकुमले जानकारी दिएको छ ।


मुसिकोट नगरपालिका–२ र चौरजहारी नगरपालिका– १२ र १४ मा छुट्टाछुट्टै झडप भएको प्रहरीको भनाइ छ । दुवै स्थानमा भएको झडपमा परी माओवादी केन्द्रका नौजना र नेपाली काँग्रेसका तीनजना कार्यकर्ताका साथै दुईजना सरकारी कर्मचारी घाइते भएको जिप्रका, रुकुमका प्रहरी नायब निरीक्षक सुरेन्द्रकुमार स्वाँरले जानकारी दिनुभयो ।


मुसिकोट नगरपालिकाको झडपमा परी माओवादी केन्द्रका वडा सदस्यका उम्मेदवार रमेश खड्कासहित जीवन खड्का, डम्बर विक, अनिल पुन मगर, दलबहादुर खड्का र सुभास खड्का घाइते भएका छन् । चौरजहारीमा भएको झडपमा माओवादीका लीलाधर ओली, मोहन कँुवर र वीरेन्द्र राणा घाइते भएको प्रहरीले बताएको छ ।


घाइतेहरुको टाउको, खुट्टालगायतका ठाउँमा चोट लागेको छ । घाइतेको उपचार जिल्ला अस्पताल, सल्लेमा भइरहेको छ । यस्तै, दुई पार्टीको झडपमा आफ्नो कामको सिलसिलामा हिँड्दै गर्दा चौरजहारी नगरपालिका–१२ का भीमबहादुर ओली र मुसिकोट नगरपालिकामा भएको झडपमा भोगबहादुर खड्का गम्भीर घाइते भएको प्रहरीको भनाइ छ ।


उनीहरु दुवैको टाउकोमा गहिरो चोट लागेको प्रहरीको भनाइ छ । ओलीलाई जिल्लामा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगन्ज पठाइएको छ भने खड्काको जिल्ला अस्पताल सल्लेमा उपचार भइरहेको छ ।


ओली आधारभूत विद्यालय, जुम्लिपोखरीका प्रधानाध्यापक हुनुहुन्छ भने खड्का जिल्ला कृषि विकास कार्यालयका प्राविधिक सहायक हुनुहुन्छ ।


घटनाका बारेमा थप अनुसन्धान गर्ने भन्दै प्रहरीले मुसिकोट नगरपालिकाबाट चार र चौरजहारीबाट चार गरी आठजनालाई नियन्त्रणमा लिएको छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेकाले नियन्त्रणमा लिएकाहरुको नाम सार्वजनिक गरिएको छैन ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

समाज

वीरगंजमा सुनकाण्डः व्यवसायी अभिषेक सर्राफको घरमा संयुक्त टोलीको छापा, करोडौँको स्रोत नखुलेको सुन बरामद

वीरगंज ।  वीरगंजस्थित एक सुन व्यवसायी अभिषेक सर्राफको घरमा  छापामारी गरी बहुल्य सुन चाँदी नियन्त्रणमा लिएको छ ।

एनजिओको नाममा फर्जी बिल बनाएर लाखौको भूक्तानी, कर्मचारीको खातामा पैसा हालेको केवटको स्वीकारोक्ती

वीरगंज ।  छिपहरमाई गाउँपालिका संभौता २ का स्थायी बासिन्दा अमोद केवट माथि लाखौं रुपैयाँ अनियमितता गरेको गम्भीर आरोप लागेको छ।

खेलकुद

उराव फुटबल क्लब बन्कुललाई रङपुर नकआउट फुटबलको उपाधि

रंगपुर ।  पटेर्वा सुगौली गाउँपालिका–२ मा रङपुर युवा समाजद्वारा आयोजित नकआउट फुटबल प्रतियोगिताको उपाधि उराव फुटबल क्लब बन्कुलले हात पारेको छ।

स्व. समाजसेवी रामबहादुर श्रेष्ठको स्मृतिमा  फुलपातिको दिनदेखि ‘ठोरी गोल्ड कप’ सुरु हुने

वीरगञ्ज ।  स्व. समाजसेवी रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजना हुने ठोरी गोल्ड कप फुटबल प्रतियोगिता आश्विन १३ गते (फुलपाति) बाट सुरु हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.