logo

स्थानीय तहको सीमा मिलाउन माग गर्दै प्रजिअलाई ज्ञापन

      3/22/2017 गते 00 00 मा प्रकाशित     1615   पटक पढिएको

वीरगंज ९, चैत्र ।
     राष्ट्रिय मधेश समाजवादी पार्टी पर्साले स्थानिय तहको पुनः संरचना गर्दा विभेद भएको भन्दै जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएर विरोध जनाएको छ ।
     
रा.म.स.पा.पर्साका अध्यक्ष प्रेम बाबु पटेलको नेतृत्वमा टोलीले पर्साका प्रमुख जिल्ला अधिकारी केशज राज घिमिरे समक्ष ज्ञापन पत्र बुझाउँदै स्थानीय तहको पुनः संरचना गर्दा पर्साका गा.वि.स.हरुलाई गाउपालिका घोषणा गरिएको र वीरगंज उप–महानगरपालिकाको साविक ३० वटालाई घटाएर २७ वडा कायम गर्ने क्रममा नगरको सर्वाधिक ठूला वडा १३, १६, १७, १८ र १९ लाई न्यायोचित ढंगले विभाजन गरी समान रुपमा कायम गर्न माग गर्दै त्यसो नगरिए वडाहरुमा कुनैपनि किसिमको काम हुन नदिने समेत चेतावनी दिइएको छ ।

केन्द्रयी सदस्य राजेशमान सिंह, महाविर शर्मा, डा.सुरेन्द्र तिवारी, युवा लिगको अध्यक्ष सुशिल पटेल, जिल्ला सचिव उमेश सहनी, वकिल हवारी, राहुल तुलस्याङ, लगायतका नेताहरु ज्ञापन पत्र बुझाउन गएका थिए ।    त्यसै गरि रा.म.स.पा.को भातृ संगठन युवा लिग पर्साका अध्यक्ष सुशिल पटेलको नेतृत्वमा करिब ५० जनाको संख्यामा रहेको युवा टोलीले वीरगंज उप–महानगरपालिका वडा नं. ६ को वडा कार्यालयको वार्डमा कालोदली मधेश सरकार लेखेको राष्ट्रिय पत्रकार संघका केन्द्रीय अध्यक्ष विरेन्द्र साह (हिटलर) ले जानकारी दिनु भएको छ । 
 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

वीरगंजमा मालपाेत कर अब वडामै संकलन गरिने

वीरगंजमा मालपाेत कर अब वडामै संकलन गरिने

२५ वर्षे शैक्षिक सेवा पूरा गरेका प्रधानाध्यापक भोजराज गौतमको सम्मानसहित बिदाइ

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ रंगपुरस्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयले करिब २५ वर्ष लामो शैक्षिक सेवा पूरा गरेका प्रधानाध्यापक भोजराज गौतमलाई सम्मानसहित बिदाइ गरेको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.