logo

स्थानीय तहको सीमा मिलाउन माग गर्दै प्रजिअलाई ज्ञापन

      3/22/2017 गते 00 00 मा प्रकाशित     1289   पटक पढिएको

वीरगंज ९, चैत्र ।
     राष्ट्रिय मधेश समाजवादी पार्टी पर्साले स्थानिय तहको पुनः संरचना गर्दा विभेद भएको भन्दै जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएर विरोध जनाएको छ ।
     
रा.म.स.पा.पर्साका अध्यक्ष प्रेम बाबु पटेलको नेतृत्वमा टोलीले पर्साका प्रमुख जिल्ला अधिकारी केशज राज घिमिरे समक्ष ज्ञापन पत्र बुझाउँदै स्थानीय तहको पुनः संरचना गर्दा पर्साका गा.वि.स.हरुलाई गाउपालिका घोषणा गरिएको र वीरगंज उप–महानगरपालिकाको साविक ३० वटालाई घटाएर २७ वडा कायम गर्ने क्रममा नगरको सर्वाधिक ठूला वडा १३, १६, १७, १८ र १९ लाई न्यायोचित ढंगले विभाजन गरी समान रुपमा कायम गर्न माग गर्दै त्यसो नगरिए वडाहरुमा कुनैपनि किसिमको काम हुन नदिने समेत चेतावनी दिइएको छ ।

केन्द्रयी सदस्य राजेशमान सिंह, महाविर शर्मा, डा.सुरेन्द्र तिवारी, युवा लिगको अध्यक्ष सुशिल पटेल, जिल्ला सचिव उमेश सहनी, वकिल हवारी, राहुल तुलस्याङ, लगायतका नेताहरु ज्ञापन पत्र बुझाउन गएका थिए ।    त्यसै गरि रा.म.स.पा.को भातृ संगठन युवा लिग पर्साका अध्यक्ष सुशिल पटेलको नेतृत्वमा करिब ५० जनाको संख्यामा रहेको युवा टोलीले वीरगंज उप–महानगरपालिका वडा नं. ६ को वडा कार्यालयको वार्डमा कालोदली मधेश सरकार लेखेको राष्ट्रिय पत्रकार संघका केन्द्रीय अध्यक्ष विरेन्द्र साह (हिटलर) ले जानकारी दिनु भएको छ । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

समाज

सखुवा प्रसौनी–२ मा भोलि बिहानदेखि मल वितरण हुने

वीरगंज । सखुवा प्रसौनी गाउँपालिका–२ का किसानहरूलाई लक्षित गरी भोलि बिहान ७ बजेबाट गाउँपालिका कार्यालय परिसरमा मल (खाद) वितरण कार्यक्रम सुरु हुने भएको छ।

भूमि समस्या समाधान आयोग पर्सा लालपूर्जा बितरणको चरणमा

वीरगंज। भूमि समस्या समाधान आयोग पर्साले पर्सा जिल्लामा भूमिहीन दलित र सुकुम्बासीलाई भूमिको स्वामित्व दिने ऐतिहासिक निर्णय गरेको छ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.