logo

साना दललाई झट्का, ३ प्रतिशत थ्रेसहोल्ड राख्ने विधेयक पारित

      3/22/2017 गते 00 00 मा प्रकाशित     1263   पटक पढिएको

काठमाडौं ९ चैत, । व्यवस्थापिका संसदको आजको बैठकले राजनीतिक दल सम्बन्धी बिधयेक बहुमतले पारित गरेको छ । तीन प्रतिशत थ्रेस होल्ड राख्ने व्यवस्थासहित राजनीतिक दलसम्वन्धी विधेयक बहुमतले पारित भएको हो । बैठकमा बिधयेकका बिपक्षमा मधेसी मोर्चा र साना दलहरु रहेका थिए । उनीहरुको विरोधका बीच संसदको बुधबारको दोस्रो बैठकले विधेयक बहुमतले पास गरेको हो ।

राज्य व्यवस्था समितिले बुधबार मात्रै थ्रेसहोल्डबारे सहमति जुटाउँदै विधेयक संसदमा पेश गरेको थियो । निर्वाचन आयोगले बनाएको मस्यौदामा तीन प्रतिशत थ्रेस होल्ड राख्ने प्रस्ताव गरेपछि विवाद भएको थियो । त्यही बिवादका कारण विधेयक लामो समयदेखि लामो राज्य व्यवस्थामा अड्किएको थियो । तर, बुधबार विहान उपसमितिले एकाएक प्रतिनिधिसभामा राष्ट्रिय दलको मान्यता पाउन समानतुपातिकतर्फ ३ प्रतिशत मत पाउनु पर्ने थ्रेसहोल्डका साथै प्रत्यक्षतर्फ एक सिट जित्नु पर्ने प्रस्ताव अघि सार्‍यो । साना दलहरुको विरोधका बीच आएको प्रस्ताव राज्य व्यवस्था समितिले अघि मात्र बढाएन, बुधबार नै संसदले विधेयक अनुमोदन गरेको छ ।

यो विधेयकलाई रोक्न माग गर्दै सत्तारुढ साना दलहरुले प्रधानमन्त्री प्रचण्डलाई दबाव दिए । विपक्षमा भएका साना दलहरुले एमाले नेतृत्वलाई ९ दलीय गठवन्धनबाट अलग हुने चेतावनी दिए । तर, सुनुवाई भएन । आफ्नो माग सुनुवाई नभएपछि मधेसी मोर्चाका साथै साना दलका सांसदहरुले संसद बहिस्कार गरेका थिए । नेमकिपाका ३ सांसदले भने संसदमै बसेर विधेयकको विरोध गरे र ध्वनीमतका आधारमा निर्णय हुँदा विपक्षमा मत दिए ।

राजनीतिक दलसम्वन्धी विधेयकमा राखिएको ३ प्रतिशतको थ्रेसहोल्ड र प्रत्यक्षमा कम्तिमा एक सिट जित्नै पर्ने व्यवस्था राष्ट्रिय दलको मान्यता पाउन हो । यदि कुनै पनि दलका उम्मेदवारले प्रत्यक्षमा जित्यो तर, समानुपातिकमा ३ प्रतिशत मत पाएन भने उक्त दलले प्रतिनिधिसभामा राष्ट्रिय दलको मान्यता पाउँदैन । प्रत्यक्षमा जितेका सांसदले प्रतिनिधिसभामा स्वतन्त्र सांसदको हैसियत मात्र पाउँछन् । साथै कुनै दलले प्रत्यक्षमा एक सिट पनि जितेन तर, समानुपातिकमा ३ प्रतिशतको थ्रेसहोल्ड पास गर्‍यो भने पनि प्रतिनिधिसभामामा उपस्थिति हुन्छ तर, दलीय होइन, स्वतन्त्रको हैसियतमा ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको अप्रेशन  सिन्दुर,पाकिस्तान नियन्त्रित नौ स्थानमा मिसाइल आक्रमण

वीरगंज।  भारतले बुधबार  पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मीर (पीओके) मा रहेको ‘आतङ्कवादी केन्द्रहरु’ नौ स्थानमा हमला गरेको  घोषणा गरेको छ  ।

अमेरिकाको टेक्सस राज्य संसदद्वारा १३ मार्चलाई ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ घोषणा

टेक्सस ।  अमेरिकाको टेक्सस राज्य संसद्ले १३ मार्चलाई ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ घोषणा गरेको छ ।

समाज

होटल तथा  पर्यटन ब्यबसायीलाई करको दायरामा आउन महानगर प्रमुखको अपिल

वीरगंज ।  वीरगंज महानगरका प्रमुखले महानगरमा संचालित सम्पुर्ण होटल तथा पर्यटन ब्यबसायीहलाइ करको दायरामा आउन आग्रह गरेका छन ।

मानव बेचबिखन आरोपमा धादिङको गल्छीका भूजेल पक्राउ

वीरगंज ।    मानव बेचबिखन तथा ओसार पसार कार्यमा सलंग्न रहेको आरोपमा पर्सा प्रहरीले २४ वर्षिय राजन भूजेललाई पक्राउ गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.