logo

साना दललाई झट्का, ३ प्रतिशत थ्रेसहोल्ड राख्ने विधेयक पारित

      3/22/2017 गते 00 00 मा प्रकाशित     1756   पटक पढिएको

काठमाडौं ९ चैत, । व्यवस्थापिका संसदको आजको बैठकले राजनीतिक दल सम्बन्धी बिधयेक बहुमतले पारित गरेको छ । तीन प्रतिशत थ्रेस होल्ड राख्ने व्यवस्थासहित राजनीतिक दलसम्वन्धी विधेयक बहुमतले पारित भएको हो । बैठकमा बिधयेकका बिपक्षमा मधेसी मोर्चा र साना दलहरु रहेका थिए । उनीहरुको विरोधका बीच संसदको बुधबारको दोस्रो बैठकले विधेयक बहुमतले पास गरेको हो ।

राज्य व्यवस्था समितिले बुधबार मात्रै थ्रेसहोल्डबारे सहमति जुटाउँदै विधेयक संसदमा पेश गरेको थियो । निर्वाचन आयोगले बनाएको मस्यौदामा तीन प्रतिशत थ्रेस होल्ड राख्ने प्रस्ताव गरेपछि विवाद भएको थियो । त्यही बिवादका कारण विधेयक लामो समयदेखि लामो राज्य व्यवस्थामा अड्किएको थियो । तर, बुधबार विहान उपसमितिले एकाएक प्रतिनिधिसभामा राष्ट्रिय दलको मान्यता पाउन समानतुपातिकतर्फ ३ प्रतिशत मत पाउनु पर्ने थ्रेसहोल्डका साथै प्रत्यक्षतर्फ एक सिट जित्नु पर्ने प्रस्ताव अघि सार्‍यो । साना दलहरुको विरोधका बीच आएको प्रस्ताव राज्य व्यवस्था समितिले अघि मात्र बढाएन, बुधबार नै संसदले विधेयक अनुमोदन गरेको छ ।

यो विधेयकलाई रोक्न माग गर्दै सत्तारुढ साना दलहरुले प्रधानमन्त्री प्रचण्डलाई दबाव दिए । विपक्षमा भएका साना दलहरुले एमाले नेतृत्वलाई ९ दलीय गठवन्धनबाट अलग हुने चेतावनी दिए । तर, सुनुवाई भएन । आफ्नो माग सुनुवाई नभएपछि मधेसी मोर्चाका साथै साना दलका सांसदहरुले संसद बहिस्कार गरेका थिए । नेमकिपाका ३ सांसदले भने संसदमै बसेर विधेयकको विरोध गरे र ध्वनीमतका आधारमा निर्णय हुँदा विपक्षमा मत दिए ।

राजनीतिक दलसम्वन्धी विधेयकमा राखिएको ३ प्रतिशतको थ्रेसहोल्ड र प्रत्यक्षमा कम्तिमा एक सिट जित्नै पर्ने व्यवस्था राष्ट्रिय दलको मान्यता पाउन हो । यदि कुनै पनि दलका उम्मेदवारले प्रत्यक्षमा जित्यो तर, समानुपातिकमा ३ प्रतिशत मत पाएन भने उक्त दलले प्रतिनिधिसभामा राष्ट्रिय दलको मान्यता पाउँदैन । प्रत्यक्षमा जितेका सांसदले प्रतिनिधिसभामा स्वतन्त्र सांसदको हैसियत मात्र पाउँछन् । साथै कुनै दलले प्रत्यक्षमा एक सिट पनि जितेन तर, समानुपातिकमा ३ प्रतिशतको थ्रेसहोल्ड पास गर्‍यो भने पनि प्रतिनिधिसभामामा उपस्थिति हुन्छ तर, दलीय होइन, स्वतन्त्रको हैसियतमा ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

अधिवक्ता गुप्ताको परिवारले बुवाको सम्झनामा आमाको माया छात्रावासका बिद्यार्थीलाई खाना र छात्रावासलाई  सहयोग हस्तान्तरण

वीरगंज । वीरगञ्ज कपडा बैंकका संस्थापक सल्लाहकार एवं नेपाल बार एसोसिएसन पर्साका पूर्वअध्यक्ष समाजसेवी अधिवक्ता पन्नालाल गुप्ताले आफ्ना स्वर्गीय बुवा रघुनाथ साह कानुको स्मृतिमा ‘आमाको माया छात्रावास, वीरगञ्जका विद्यार्थीलाई  भोजन गराएका छन ।

वीरगंजको वडा नं २३ मा भब्य क्षमा पूजाको तयारी,समाज र राष्ट्र समृद्धि शान्तिकालागि पूजा

वीरगंज । वीरगंज महानगरपालिकाको वडा नं २३ प्रसौनीमा भोली आइतवार बिहान क्षमा पुजा सहितको अन्य देवी देवताको समेत पूजा गरिने भएको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.