वीरगंज । वीरगंज महानगरपालिकाको वडा नं २३ प्रसौनीमा भोली आइतवार बिहान क्षमा पुजा सहितको अन्य देवी देवताको समेत पूजा गरिने भएको छ ।
प्रसौनी गाउँको छठ पूजा हुने स्थाललाई भब्य बनाइएको छ । मार्वल टायल लगाएर बनाइएको छठी घाटमा क्षमा पुजा गर्न लागिएको संबिधान सभाका सदस्य बिचारी यादवले जानकारी दिए ।
बिचारी पथसंगै जोडिएको छठघाटलाई करिब १७ लाख रुपैयाको लागतमा भब्य बनाइएको छ ।
पहिला सोही स्थानमा तास खेल्ने, पान गुटखा खाएर त्यसका खोलहरु फालेर त्यस ठाउँलाई कुरुप बनाइएको र धान तथा गहु बालीको दाई समेत गर्ने गरिएको स्मरण गर्दै संबिधान सभा सदस्य यादवले अहिले त्यही ठाउँमा टायल मार्वल लगाएर फलामको बार लगाएर संरक्षण गरिएको बताए ।

उनले गाउँलेहरुबाट बिगतमा केही भूल भयो होला, गर्न नहुने काम भएका होला जान अन्जानमा भएका त्यस्ताकामकालागि माफी माग्न क्षमा पुजा आयोजना गरिएको उनले बताए ।
भूलबाट क्षमा र समाजको राष्ट्रको शान्ति र समृद्धिको कामना सहितको पुजा गरिने उनले बताए ।
क्षमा पूजामा यादव दम्पती बसेर बिधि पुरा गर्ने गरि तयारी भएको छ । पुजा कार्यकालागि स्थानीयहरु आवश्यक तयारीम जुटेका छन । सबै तिर निम्ता पठाईसकिएको छ ।
गाउँका महिला पुरुष युवा वालवालिका सबैको सहभागिता रहने र पुजालाई उत्सवको रुपमा मनाउने तयारी गरिएको समाजसेवी जमुना यादवले जानकारी दिए ।
सजावटको काममा ब्यस्त रहेका वडा नं २३ वडापालिकाका सदस्य लालबाबु यादवले अन्यदेवी देवतालाई पनि सम्झेर पुजा गर्ने गरि तयारी भएको बताए ।
तपाईको प्रतिक्रिया