logo

राप्रपाद्वारा आयोग बिरद्ध आन्दोलनको घोषणा

      3/18/2017 गते 00 00 मा प्रकाशित     1571   पटक पढिएको

बीरगंज ५ चैत ÷ आज राप्रपाले पत्रकार सम्मेलनको आयोजना गरि आऊँदा निर्बाचन प्रयोजनको लागि चुनाव चिन्हको रुपमा गाइ रहेको कुरा सार्वजानीक गरेको छ । पार्टीका केन्द्रीय उपाध्याक्ष राजिव पराजुलीको प्रमुख आथित्यमा सम्पन्न भएको कार्यक्रममा गत मंसीर महिनाको भएको एकताको अधिबेशन पछि राप्रपा एक भएकाले संबैधानीक राजसंस्थार हिन्दु राष्ट्र आफ्नो पार्टीको बटम लाइन भएको कुरा नेता पराजुलीले बताउनुहुँदै निर्बाचन आयोगले आफ्नो बिधानबाट हिन्दु राष्ट्र र राजसंस्था भन्ने शब्द हटाएकोमा आपत्ति प्रकट गर्नुहुँदै नेपालको संबिधानले दिएको अधिकार आयोगलाई काट्न अधिकार नभएकोले यसको बिरुद्धमा देशब्यापि आन्दोलन गर्ने घोषणा समेत गर्नुभयो । उहाँले आज बसेको आकाष्मिक केन्द्रिय कार्य समितीको बैठकले आन्दोलनको कार्यक्रम तय गरेको समेत जनाउनुभयो । उहाँले आफ्नो पार्टी बर्तमान सरकार गठन हुँदा देखि नै सरकारमा रहेकोले त्यसको अनुभुति हुने गरि ब्यबहार प्रमुख दल अर्थात सरकारको नेतृत् गर्ने दलले नगरेकोमा आपत्ति समेत प्रकट गर्नुभयो । कार्यक्रममा आउँदो सात गते जिल्लाभरिका निर्बाचन कार्यालयहारुमा ज्ञापन पत्र बुझाउने र धर्ना दिने, काठमाण्डौंमा निर्बाचन आयोग भवनमा समेत ज्ञापन पत्र बुझाउने र धर्ना दिने, आयोगको निर्णयको कारण संबैधानीक हक खोसिएकोले यसका लागि कानून उपचार खोजिने, चैतको तेस्रो सातादेखि देशब्यापी रुपमा शान्तिपूर्ण सडक आन्दोलन गर्ने र धर्मनिरपेक्षताको खारेजी र हिन्दुराष्ट्र पुन स्थापनाको लागिु संसदमा संबिधान संशोधन प्रस्ताव पेश गर्ने निर्णय समेत पार्टीको बैठकले गरेको कुरा आज आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो । कार्यक्रममा माननीय सांसद श्यामसुन्दर टिबडेवालले बडामहाराजधिराज पृथ्वीनारायण शाहको तश्वीरका माल्र्यापर्ण गरि गर्नुभएको थियो । कार्यक्रममा राप्रपाका अध्यक्ष रामचन्द्र चतुर्बेदी, नेताहरु रामबहादुर थापा, श्रीमति मिरा यादब, प्रदिप सुबेदी, अजय पौडेल लगायतको सहभागिता रहेको थियो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

खेलकुद

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.