logo

राप्रपाद्वारा आयोग बिरद्ध आन्दोलनको घोषणा

      3/18/2017 गते 00 00 मा प्रकाशित     1333   पटक पढिएको

बीरगंज ५ चैत ÷ आज राप्रपाले पत्रकार सम्मेलनको आयोजना गरि आऊँदा निर्बाचन प्रयोजनको लागि चुनाव चिन्हको रुपमा गाइ रहेको कुरा सार्वजानीक गरेको छ । पार्टीका केन्द्रीय उपाध्याक्ष राजिव पराजुलीको प्रमुख आथित्यमा सम्पन्न भएको कार्यक्रममा गत मंसीर महिनाको भएको एकताको अधिबेशन पछि राप्रपा एक भएकाले संबैधानीक राजसंस्थार हिन्दु राष्ट्र आफ्नो पार्टीको बटम लाइन भएको कुरा नेता पराजुलीले बताउनुहुँदै निर्बाचन आयोगले आफ्नो बिधानबाट हिन्दु राष्ट्र र राजसंस्था भन्ने शब्द हटाएकोमा आपत्ति प्रकट गर्नुहुँदै नेपालको संबिधानले दिएको अधिकार आयोगलाई काट्न अधिकार नभएकोले यसको बिरुद्धमा देशब्यापि आन्दोलन गर्ने घोषणा समेत गर्नुभयो । उहाँले आज बसेको आकाष्मिक केन्द्रिय कार्य समितीको बैठकले आन्दोलनको कार्यक्रम तय गरेको समेत जनाउनुभयो । उहाँले आफ्नो पार्टी बर्तमान सरकार गठन हुँदा देखि नै सरकारमा रहेकोले त्यसको अनुभुति हुने गरि ब्यबहार प्रमुख दल अर्थात सरकारको नेतृत् गर्ने दलले नगरेकोमा आपत्ति समेत प्रकट गर्नुभयो । कार्यक्रममा आउँदो सात गते जिल्लाभरिका निर्बाचन कार्यालयहारुमा ज्ञापन पत्र बुझाउने र धर्ना दिने, काठमाण्डौंमा निर्बाचन आयोग भवनमा समेत ज्ञापन पत्र बुझाउने र धर्ना दिने, आयोगको निर्णयको कारण संबैधानीक हक खोसिएकोले यसका लागि कानून उपचार खोजिने, चैतको तेस्रो सातादेखि देशब्यापी रुपमा शान्तिपूर्ण सडक आन्दोलन गर्ने र धर्मनिरपेक्षताको खारेजी र हिन्दुराष्ट्र पुन स्थापनाको लागिु संसदमा संबिधान संशोधन प्रस्ताव पेश गर्ने निर्णय समेत पार्टीको बैठकले गरेको कुरा आज आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो । कार्यक्रममा माननीय सांसद श्यामसुन्दर टिबडेवालले बडामहाराजधिराज पृथ्वीनारायण शाहको तश्वीरका माल्र्यापर्ण गरि गर्नुभएको थियो । कार्यक्रममा राप्रपाका अध्यक्ष रामचन्द्र चतुर्बेदी, नेताहरु रामबहादुर थापा, श्रीमति मिरा यादब, प्रदिप सुबेदी, अजय पौडेल लगायतको सहभागिता रहेको थियो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको अप्रेशन  सिन्दुर,पाकिस्तान नियन्त्रित नौ स्थानमा मिसाइल आक्रमण

वीरगंज।  भारतले बुधबार  पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मीर (पीओके) मा रहेको ‘आतङ्कवादी केन्द्रहरु’ नौ स्थानमा हमला गरेको  घोषणा गरेको छ  ।

अमेरिकाको टेक्सस राज्य संसदद्वारा १३ मार्चलाई ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ घोषणा

टेक्सस ।  अमेरिकाको टेक्सस राज्य संसद्ले १३ मार्चलाई ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ घोषणा गरेको छ ।

समाज

होटल तथा  पर्यटन ब्यबसायीलाई करको दायरामा आउन महानगर प्रमुखको अपिल

वीरगंज ।  वीरगंज महानगरका प्रमुखले महानगरमा संचालित सम्पुर्ण होटल तथा पर्यटन ब्यबसायीहलाइ करको दायरामा आउन आग्रह गरेका छन ।

मानव बेचबिखन आरोपमा धादिङको गल्छीका भूजेल पक्राउ

वीरगंज ।    मानव बेचबिखन तथा ओसार पसार कार्यमा सलंग्न रहेको आरोपमा पर्सा प्रहरीले २४ वर्षिय राजन भूजेललाई पक्राउ गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.