logo

राजनीतिका नाममा जनतलाई भ्रममा पार्दैछन दलहरु ः नेता यादव

      3/22/2017 गते 00 00 मा प्रकाशित     1473   पटक पढिएको


पोखरिया ९ चैत ।
अधिकार र पहिचान विरोधी नेताहरूको हानीकारक राजनीतिक तस्विर जनताले हेरीसकेको नेपाल संघीय समाजवादी पार्टीका उपाध्यक्ष राजकुमार यादवले बताएका छन  । पर्साको पोखरिया नगर पालिकामा आज नेपाल संघीय समाजवदी पार्टीको वडा स्तरीय पार्टी भेला र पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । पार्टीका केन्द्रीय उपाध्यक्ष राजकुमार यादवले जनता बिरोधी र भ्रष्टनेताहरू आफ्नो ब्यक्तिगत स्वार्थको लागी जनतालाई भ्रममा पार्न प्रयासरत रहेको बताए । उनले नेताहरुको नक्कली बिचार जनताको बिचमा लाने प्रयासमा लागेको आरोप लगाएका छन । त्यसको मुल्याकंन जनताले गरी बहिष्कार गर्नु पर्नेमा उनले जोड दिएका छन । समानता र सम्मानका लागी दलित आन्दोलन अगाडी बढी रहेको बताउदै उनले दलित आन्दोलन प्रजातांत्रिक आन्दोलन जतिकै पुरानो रहेको  जिकिर गरे । नेता यादवले ००७ सालको राजनितिक परिर्वतन भएता पनि गरिब, दलित, मुसलिम , असाय र उत्पिडनमा परेक जनताहरूको लागी खासै परिर्वतन नआएको दावी गरे । दलितहरूको आन्दोलन आठौ चरणमा अगाडी बढी रहेको बताउदै उनले प्रथम २०२९ सालमा राष्ट्रिय दलित परिषद गठन भएको , आरक्षण छुवाछुतलाई दण्डनिय बनाउने निति २०४७ सालको संविधानमा उलेख भएको बताउदै उनले २०६८ सालमा छुवाछुत कसुर सजाय तोकेको बताए । अव आठौ चरणमा समानताकालागि र सम्मानपूर्ण पहिचानकालागि लडाई हुने बताए ।  कार्यक्रमलाईसंबोधन गर्दै राजनितिलाई सपिङ सेन्टर र पार्क बनाउने निति जनता बिरोधी भएको नेता दिप नारायण रौनियारले बताए । कार्यक्रमको सभापति अदालत मियाँले गरेका थिए  । कार्यक्रममा  प्रसाद कुशवाहा ,  अजय मिश्र , योगेन्द्र चौरसीया लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।   सो कार्यक्रममा नेपाली काँगेस ,एमाले लगायत पार्टी परित्याग गरि बिभिन ब्यक्तिहरू नेपाल संघिय समाजवादि पार्टीमा  प्रवेश गरेका थिए । प्रवेश गर्नेहरूमा हिरामन महतो , बालाझी राम , बिरेन्द्र महतो , अदालत मिया , बिशाल महतो, राजकिशोर चौहान , श्रीराम चौहान , चन्द्रदेव चौहान , शिवनाथ राम यसै गरी डमरापुर टोल बाट अयोध्या प्र। कुर्मीको नेतृत्वमा प्रभु पासवान , देवनारायण पासवान लगायत  नेपाल संघिय समाजवादी पार्टीमा प्रवेश गरेका छन ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको अप्रेशन  सिन्दुर,पाकिस्तान नियन्त्रित नौ स्थानमा मिसाइल आक्रमण

वीरगंज।  भारतले बुधबार  पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मीर (पीओके) मा रहेको ‘आतङ्कवादी केन्द्रहरु’ नौ स्थानमा हमला गरेको  घोषणा गरेको छ  ।

अमेरिकाको टेक्सस राज्य संसदद्वारा १३ मार्चलाई ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ घोषणा

टेक्सस ।  अमेरिकाको टेक्सस राज्य संसद्ले १३ मार्चलाई ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ घोषणा गरेको छ ।

समाज

होटल तथा  पर्यटन ब्यबसायीलाई करको दायरामा आउन महानगर प्रमुखको अपिल

वीरगंज ।  वीरगंज महानगरका प्रमुखले महानगरमा संचालित सम्पुर्ण होटल तथा पर्यटन ब्यबसायीहलाइ करको दायरामा आउन आग्रह गरेका छन ।

मानव बेचबिखन आरोपमा धादिङको गल्छीका भूजेल पक्राउ

वीरगंज ।    मानव बेचबिखन तथा ओसार पसार कार्यमा सलंग्न रहेको आरोपमा पर्सा प्रहरीले २४ वर्षिय राजन भूजेललाई पक्राउ गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.