logo

मधेशी दलपनि चुनावमा सहभागी हुन्छन ः सभासद आलम 

      3/18/2017 गते 00 00 मा प्रकाशित     1341   पटक पढिएको

जीतपुर ५ चैत्र
जीतपुर सिमरा उपमहानगरपालिका वडा नं. १० को नेकपा एमालेको वडा अधिवेशन नितनपुरमा संपन्न भएको छ । कार्यक्रममा नेकपा एमाले बारका  अध्यक्ष सुन्दर विश्वकर्माले  एमाले अबको निर्वाचनमा पहिलो पार्टी हुने दाबी गरे । अध्यक्ष विश्वकर्माले सरकारमा रहेका दलहरुको भूमिका प्रतिपक्ष को जस्तो भएकोले देश दुर्घटना तीर उन्मुख भएको भन्दै चिन्ता ब्यक्त गरे । बारा ४ का सभासद नेजमा आलमले मधेशवादी दलहरुले एमाले प्रति गरिरहेको निषेधको राजनीतीले लामो आंदोलनबाट  प्राप्त लोकतन्त्र माथिनै आँच आएको भन्दै दुःख ब्यक्त गरिन । लोकतन्त्रमा सबैले जनमतको कदर गर्नु पर्ने र नयाँ जनमत प्राप्तिको लागी सबै दलहरु मिलेर तिनै तह को निर्वाचन मा सहभागी हुनु पर्ने उनको आग्ह थियो । बाहिर चुनावमा सहभागी हुँदैनौ भन्दै आएको मधेशवादी दलहरुले पनि स्थानीय स्तरमा उम्मेदवारहरुको छनौट प्रक्रिया थालिसकेकोले मधेशवादी दलहरुपनि स्थानीय निर्वाचन मा सहभागी हुने पक्का भएको उनको दावी थियो । जग्गू महतो को अध्यक्षतामा संपन्न भएको कार्यक्रममा देवनारायण चौधरी, रफीक हवारी, ईश्वर ढकाल, तारा कार्की, भूदेव चौधरी, रामछेत्री पटेल, संजय पटेल, ई. मोबिन आलम, जगिंदर महतो लगायत  ले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए । आजै सम्पन्न बन्द सत्रले जग्गु महताकोे अध्यक्षतामा नयाँ कमिटी गठन गरेको छ । कमिटीको  उपाध्यक्षमा टैट महतो, सचिवमा बिजय मल्ल , सह सचिवमा जंग बहादुर शाह, सदस्यमा लक्ष्मी महतो, जयनारायण महतो लगायतलाई चयन गरेको छ ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको अप्रेशन  सिन्दुर,पाकिस्तान नियन्त्रित नौ स्थानमा मिसाइल आक्रमण

वीरगंज।  भारतले बुधबार  पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मीर (पीओके) मा रहेको ‘आतङ्कवादी केन्द्रहरु’ नौ स्थानमा हमला गरेको  घोषणा गरेको छ  ।

अमेरिकाको टेक्सस राज्य संसदद्वारा १३ मार्चलाई ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ घोषणा

टेक्सस ।  अमेरिकाको टेक्सस राज्य संसद्ले १३ मार्चलाई ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ घोषणा गरेको छ ।

समाज

होटल तथा  पर्यटन ब्यबसायीलाई करको दायरामा आउन महानगर प्रमुखको अपिल

वीरगंज ।  वीरगंज महानगरका प्रमुखले महानगरमा संचालित सम्पुर्ण होटल तथा पर्यटन ब्यबसायीहलाइ करको दायरामा आउन आग्रह गरेका छन ।

मानव बेचबिखन आरोपमा धादिङको गल्छीका भूजेल पक्राउ

वीरगंज ।    मानव बेचबिखन तथा ओसार पसार कार्यमा सलंग्न रहेको आरोपमा पर्सा प्रहरीले २४ वर्षिय राजन भूजेललाई पक्राउ गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.