logo

नेपाल विद्वत परिषदको राष्ट्रिय प्रशिक्षण सम्पन्न

      3/28/2017 गते 00 00 मा प्रकाशित     1709   पटक पढिएको

वीरगंज, १५ चैत्र 
मेची महाकाली भ्रमण अभियान २०७३ अन्तगर्तत वीरगंज आइपुगेको नेपाल विद्वत परिषदको टोलीले मंगलवार वीरगंजमा राष्ट्रिय प्रशिक्षण एवं भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । 
    विद्वत परिषदमा आवद्ध विभिन्न तहका व्यक्तित्वहरूलाई परिषदका केन्द्रिय अध्यक्ष जितबहादुर अर्जेल, केन्द्रिय सदस्य बल्लभ दाहाल, नरेशराज गिरी, अध्यानन्द प्रसाद कलवार, पशुपति विक्रम शाह लगायतका टोलीले प्रशिक्षण दिएका हुन ।
    प्रशिक्षण कार्यक्रममा बोल्दै ं परिषदका केन्द्रिय अध्यक्ष जितबहादुर अर्जेलले इमान्दारिता भए सानो समुहले पनि देशमा आमूल परिवर्तन ल्याउन सक्ने बताए । इच्छाशक्ति र कार्यशक्ति प्रवल भएकै कारण एक्ला पृथ्वी नारायण अघि सरेर राष्ट्र एकीकरणमा सबै नेपालीलाई सरिक गराएर विशाल नेपालको निर्माण गरे भने राजा महेन्द्रले पनि इच्छाशक्ति, कार्यशक्तिकै कारण आप्mनो शासनकालको सानो अवधिमा नै नेपाललाई विश्वमाझ चिनाउन तीव्र गतिमा विकास गरे । त्यसैले हामी सबै नेपाली तीव्र इच्छाशक्ति लिएर अगाडि बढ्यौ भने देश विदेशीकरण हुनबाट जोगिन्छ ।
    अध्यक्ष अर्जेलले विदेशीलाई नागरिकता बा“ड्ने, विदेशी हस्तक्षेप, विदेशी धर्म निम्त्याउने तथा देशलाई परनिर्भर बनाएर आप्mनो दुनो सोझ्याउने दलीय व्यवस्था भन्दा पंचायती व्यवस्था नै नेपालको लागि उत्तम व्यवस्था भएको जिकीर गरे ।
उनले परिषद कुनै निश्चत दल, व्यक्ति वाद, वर्ग, क्षेत्र समुदाय विशेषको नभई सिंगो नेपालीको साझा आवाज एकता, राष्ट्रिय अखण्डताको रक्षा र राजसंस्थाको पुनस्र्थापनाको ऐजेण्डा  लिएर अगाडि बढेको बताए ।  कार्यक्रममा परिषदका केन्द्रिय सदस्य बल्लभ दाहाल पशुपति विक्रम शाह नरेश राज गिरी अध्यानन्द कलवार, जिल्ला अध्यक्ष राम नारायाण साह, अरुण विक्रम शाहलगायतले मन्तव्य ब्यक्त गरेका थिए । प्रशिक्षण कार्यक्रममा वीरगंज उपमहानगरपालिकाका पूर्व नगरप्रमुख विमल श्रीवास्तव, संजिव कुर्मी, प्रेम सर्राफ, सरजुग पंडित, कमरुल होदालगायतको सहभागिता रहेको थियो ।
     
 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

वीरगंजमा मालपाेत कर अब वडामै संकलन गरिने

वीरगंजमा मालपाेत कर अब वडामै संकलन गरिने

२५ वर्षे शैक्षिक सेवा पूरा गरेका प्रधानाध्यापक भोजराज गौतमको सम्मानसहित बिदाइ

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ रंगपुरस्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयले करिब २५ वर्ष लामो शैक्षिक सेवा पूरा गरेका प्रधानाध्यापक भोजराज गौतमलाई सम्मानसहित बिदाइ गरेको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.