logo

जातीय कुरा गर्नेहरुलाई बहिष्कार गरौ ः नेता यादव

      3/15/2017 गते 00 00 मा प्रकाशित     1510   पटक पढिएको

चैत २ पोखरिया
नेपाल संघीय समाजवदी पार्टीको बृहत पार्टी प्रवेश र कार्यकर्ता भेला पर्सा जिल्लाको पोखरीया नगरपालिकाको लमरीया डमरापुरमा सम्पन भएको छ । कार्यक्रममा नेपाल संघीय समाजवदी पार्टी का केन्द्रीय उपाध्यक्ष राजकुमार यादवले जातिय भोट बैक बनाउनु पर्साको जनता माथि अन्याय भएको बताउनु भयो । उहाँले भोटको लोभमा जातीय नारा लगाएर सामाजिक एकता तोडन चाहने नेता र पार्टीहरुका कारण जनताले दुः पाउने बताउनु भयो । नेता यादवले  जातिय नाराले गर्दा  पर्साका जनताले चाहेको आर्थिक राजनीतिक समाजिक र सांस्कृतिक बिकास संम्भव नभएकोले  त्यस्ता नारा दिने र  भेदभाव गर्ने नेतालाई बहिष्कार गर्नु पर्ने बताउनु भयो । स्थानीयतहको निर्वाचनबाट गरिब , दलित , मुस्लिम , पिछडावर्गको निर्वाचन नभई शोषक , सामान्ती ,भ्रष्टाचार र  दमन गर्ने बहुसंख्यक ब्यक्तिहरू निवार्चनमा भाग लिने र बहुसंख्यक पार्टीहरूले  त्यस्ता ब्यक्तिलाई टिकट दिनमा लागेको ठोकुवा गर्नु भयो । उहाँले  त्यस्ता ब्यक्तिबाट सचेत रहन आग्रह गर्नु भयो । मधेश नेपालको एउटा अंग मात्रै होइन एउटा सशक्त  बिचार पनि हो भन्दै नेता यादवले मधेशको स्वच्छ बिचारलाई अपमान गर्ने ब्यक्तिलाई मधेशको जनताले बहिष्कार गर्नु पर्ने कुरामा जोड दिनु भयो । कार्यक्रमको सभापतित्तव बिश्वनाथ महतोले गर्नु भएको थियो । कार्यक्रममा नथुनि प्रसाद कुशवाहा  अकिलेश यादव , भिष्म सिंह , लालबाबु राम , फैयाज अहमद , दिपनारायण रौनियार , धानु शर्मा , दिनेश पटेल , देवनारायण चौधरी , बिनोद प्रजापति , ध्रुव साह , महेन्द्र यादव , लगायतले बिचार ब्यक्त गर्नु भएको थियो ।  सोही कार्यक्रममा एमाले पार्टी परित्याग  गरि बैजनाथ साह , रामाशिष यादव , दिपलाल साह , नरेन्द्र , राजेश यादव,  कपिल  शेषनाथ यादव , भरोसी मुखीया , सुर्दसन गिरि , साहेब साह, पारस चौहान , भोला कंकड , महेन्द्र साह , महेन्द्र यादव लगायत दर्जनौको  संख्यामा बिभिन्न  परित्याग गरि पार्टी प्रवेश गरेका छन । यसै गरि पोखरीया नगरपालिकाको लमरीया डमरापुरमा हिरालाल प्रसाद यादवको अध्यक्षतामा ५१ सदस्यीय वडा ईकाई कमिटि पनि गठन गरिएको छ । उपाध्यक्षमा शेषनाथ राउत अहिर , सचिवमा अशोक चौहान , कोषाध्यक्षमा दुर्गा महरा सहसचिवमा जितन यादव लगायत रहेका छन।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

खेलकुद

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.