logo

सभापतिको निर्वाचन दोश्रो चरणमा गयो तेश्रो शाक्ति निर्णायक हुने

      2/9/2017 गते 00 00 मा प्रकाशित     1359   पटक पढिएको


वीरगन्ज २७ माघ । नेपाली काग्रेस पर्सा जिल्ला सभापतिको चुनवा दोश्रो चरणमा प्रवेश गरेको छ । नेपाली कांग्रेसको बैधानिक ब्यवस्था अनुसार सभापति पदमा बिजयी हुन ५१ प्रतिशत मत प्राप्त गर्नु पर्ने छ । पर्सा जिल्ला सभापतिकालागि बिहिवार सम्पन्न निर्वाचनमा कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत हासिल नगरे पछि दोश्रो चरणको निर्वाचन हुने भएको हो । पहलिो निर्वाचनमा परिणाम अनुसार पहिलो र दोश्रो हुनेले मात्र दोश्रो चरणको निर्वाचनमा प्रतिस्पर्धा गर्ने बैधानिक ब्यवस्था छ । बिहिवार भएको मतदानको परिणामा अनुसार  अध्यक्ष पदका लागि अजय कुमार द्विवेदीले क्षेत्र नं. १ मा ८० क्षे.नं.२ मा ९६ क्षे.न .३ मा १६६ क्षे.न ४ मा ४४ क्षे.न ५ ४६ मत सहित कुला ४ सय ३२ मत प्राप्त गरेका छन । त्यसैगरि जनार्दन सिंह क्षेत्रील क्षे.न १ मा ३८ क्षे.न २ मा १२ क्षे.न ३ मा २६ क्षे.न ४ मा ११२ क्षे.न ५ मा ६० मत सहित २ सय ४८ मत प्राप्त गरेका छन ।  वशिष्ठनारायण कुर्मी क्षे.न १ मा १९ क्षे.न २ मा १३ क्षे.न ३ मा १३ क्षे.न ४ मा ७४ क्षे.न ५ मा ११८ मत सहित कुला २ सय ३७ मत प्राप्त गरेको मतदान अधिकृत तिर्थराज यादवले जानकारी दिएकाछन । अर्का उम्मेदवार शान्ति कार्कीलाई ६ मत प्राप्त भएको छ । दोश्रो चरणको निर्वाचनमा तेश्रो हुनेले कसलाई समर्थन गनर्छन भन्ने कुरा निर्णायक हुने आककंलन गरिएको छ । बिहिवार रातभरिमा तेश्रो हुनेको सर्मथन पाउनकालागि छलफल हुने बताइएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

समाज

सखुवा प्रसौनी–२ मा भोलि बिहानदेखि मल वितरण हुने

वीरगंज । सखुवा प्रसौनी गाउँपालिका–२ का किसानहरूलाई लक्षित गरी भोलि बिहान ७ बजेबाट गाउँपालिका कार्यालय परिसरमा मल (खाद) वितरण कार्यक्रम सुरु हुने भएको छ।

भूमि समस्या समाधान आयोग पर्सा लालपूर्जा बितरणको चरणमा

वीरगंज। भूमि समस्या समाधान आयोग पर्साले पर्सा जिल्लामा भूमिहीन दलित र सुकुम्बासीलाई भूमिको स्वामित्व दिने ऐतिहासिक निर्णय गरेको छ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.