logo

मोर्चा द्वारा मधेश बन्दको आव्हान 

      2/21/2017 गते ००: ०० मा प्रकाशित     1448   पटक पढिएको

वीरगंज, १० फागुन । मन्त्रीपरिषद्को गत सोमबार साँझ बसेको बैठकले आउँदो बैशाख ३१ गतेका लागि स्थानीय तहको निर्वाचन गर्ने तिथि घोषणा गरेको विरोधमा मधेशी मोर्चाले मंगलवार बीरगंजमा मसाल जुलुस प्रदर्शन गरेको छ । मोर्चाले भोली बुधवार मधेश मधेश बन्दको आव्हान गरेको छ ।
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा पर्साले बन्दको आव्हान गर्दै मंगलवार संयुक्त रुपमा एक प्रेस विज्ञप्ति जारि गर्दै भोलि एक दिनका लागि बजार कलकारखाना बन्दको आव्हान गरेको छ ।

मोर्चको निर्णय अनुसार भोलि बुधवारका दिन तराई मधेशमा कुटनीतिक बिभागका गाडी, बिवाहका गाडी  ,शव वाहान, वारुण यन्त्र, दुध बोक्ने गाडी, संचारका गाडी, तथा सरसफाई गाडी बाहेक सम्पूर्ण यातायातका साधन, कलकारखाना, संस्था, पसल बिधलाय, क्याम्पसहरु बन्द रहने बिज्ञप्ति मार्फत जनाएको छ ।

राष्ट्रिय मधेश समाजवादी पार्टी, सद्भावना पार्टी, संघिय समाजवादी फोरम नेपाल, नेपाल सद्भावना पार्टी, मधेशी जानअधिकार फोरम गणतान्त्रिक द्वारा संयुक्त रुपमा निकालिएको उक्त विज्ञप्तिमा सपुर्ण मधेशवसीलाइ आन्दोलनमा सहयोग गर्न आग्रह गरिएको छ । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको अप्रेशन  सिन्दुर,पाकिस्तान नियन्त्रित नौ स्थानमा मिसाइल आक्रमण

वीरगंज।  भारतले बुधबार  पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मीर (पीओके) मा रहेको ‘आतङ्कवादी केन्द्रहरु’ नौ स्थानमा हमला गरेको  घोषणा गरेको छ  ।

अमेरिकाको टेक्सस राज्य संसदद्वारा १३ मार्चलाई ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ घोषणा

टेक्सस ।  अमेरिकाको टेक्सस राज्य संसद्ले १३ मार्चलाई ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ घोषणा गरेको छ ।

समाज

होटल तथा  पर्यटन ब्यबसायीलाई करको दायरामा आउन महानगर प्रमुखको अपिल

वीरगंज ।  वीरगंज महानगरका प्रमुखले महानगरमा संचालित सम्पुर्ण होटल तथा पर्यटन ब्यबसायीहलाइ करको दायरामा आउन आग्रह गरेका छन ।

मानव बेचबिखन आरोपमा धादिङको गल्छीका भूजेल पक्राउ

वीरगंज ।    मानव बेचबिखन तथा ओसार पसार कार्यमा सलंग्न रहेको आरोपमा पर्सा प्रहरीले २४ वर्षिय राजन भूजेललाई पक्राउ गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.