logo

एमाले पर्साको पनि अधिवेशन हुने 

      2/16/2017 गते 00 00 मा प्रकाशित     1421   पटक पढिएको


फाल्गून ५ बीरगन्ज ।

नेकपा एमाले पर्साको आठौ जिल्ला अधिवेशन चैत २५ र २६ गते हुने भएको छ । विहिवार एमाले पार्टी कार्यालय मनमोहन नगर रामगढवामा  बसेको जिल्ला कमिटी बैठकले अधिवेशन भव्यताका साथ सफल पार्ने निर्णय गरेको एमाले पर्साका संयोजक चीरन्जीवी आचार्यले बताए । 
लामो समय देखी नभएको अधिवेशन आम कार्यकर्ताको माग रहदै आएको थियो । अधिवेशनप्रति  कार्यकर्तामा उत्साह देखिएको बताउदै आचार्यले हाल सम्म २ हजार ५ सय पार्टी सदस्यले  सदस्यले सदस्यता नविकरण गरिसकेको बताए  । बाकी रहेका सदस्यहरुकालागि बैठकले फागुन १५ गते सम्म नविकरणको अन्तिम समय सीमा तोकिदिएको छ । 
 संयोजक चिरंजिवी अचार्यको अध्यक्षतामा बसेको बैठकले अधिवेशनलाई भव्यताका साथ सफल बनाउन विभिन्न उपसमिति बनाएको पार्टी प्रवक्ता डा.बिश्वम्भर शार्माले बताए  । बैठकले संयोजक चीरंजीवी अचार्यलाई राजनैतिक तथा गंगा खड्कालाई आर्थिक प्रतिवेदन तयार पार्न जिम्मा दिएको छ । अधिवेशनको प्रचार प्रसार संयोजकमा डा.विश्वम्भर शर्मा, स्वंमसेवक परिचालन कमिटीको संयोजकमा मनोज चौधरी, प्रतिनिधि समस्या समाधानको संयोजकमा पुरेन्द्र किशोर लाभ, मञ्च व्यवस्थापन संयोजकमा हरेन्द्र हजरा ,खाद्यासंयोजकमा विक्रम चौरसियालाई जिम्मेवारी तोकिएको छ । 
बैठकले वीउमनपा अन्तर्गतको ३० वटा वडाका एमाले अध्यक्षहरु पदेन सदस्य हुने गरि नगर कमिटीलाई पूर्णता प्रदान गरेको तथा मेची महाकाली अभियानमा पर्साबाट उल्लेखनीय सहभागिता गराउने निर्णय भएको नगर संयोजक मनोज चौधरीले बताए  । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

समाज

सखुवा प्रसौनी–२ मा भोलि बिहानदेखि मल वितरण हुने

वीरगंज । सखुवा प्रसौनी गाउँपालिका–२ का किसानहरूलाई लक्षित गरी भोलि बिहान ७ बजेबाट गाउँपालिका कार्यालय परिसरमा मल (खाद) वितरण कार्यक्रम सुरु हुने भएको छ।

भूमि समस्या समाधान आयोग पर्सा लालपूर्जा बितरणको चरणमा

वीरगंज। भूमि समस्या समाधान आयोग पर्साले पर्सा जिल्लामा भूमिहीन दलित र सुकुम्बासीलाई भूमिको स्वामित्व दिने ऐतिहासिक निर्णय गरेको छ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.