logo

चुनाव नभए संघीयता संकटमा

      1/29/2017 गते 00 00 मा प्रकाशित     1911   पटक पढिएको

 

माघ १६ बीरगंज
बीरगंजमा समाजका बिभिन्न समुदायमा रहेका बुद्धिजीवीहरु एउटै थलोमा बसेर नेपालको बर्तमान राजनीतिक अवस्थामा सम्वाद गरेका छन । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले आयोजना गरेको मधेशका समस्या,प्रान्त सीमा र स्वायत्तताको सवाल बिषयक अन्तरक्रियामा यस्तो सम्वाद भएको हो । बीरगंजका नागरिक समाजाका बिभिन्न सरोकार समुहका अगुवाहरुको कार्यक्रममा सहभागिता रहेको थियो । लामो समय सम्म मधेशका समस्याको बिषयमा सम्वादहिनता रहेको अवस्थामा आयोजना गरिएको कार्यक्रममा मधेशी र गैर मधेशी समुदायका बिद्वानहरुले खुलेर बौद्धिक बिमर्श गरेका हुन । कार्यक्रममा  सम्बैधानिक  कानूनका  ज्ञाता डा सुरेन्द्र भण्डारीले आधार पत्र प्रस्तुत गर्दै संघीयताको श्रेय मधेशी जनतलाई जाने बताए । उनले मधेशी जनताको आन्दोलनबाट आएको संघीयतामाथि प्रश्न उठने बतावरण आएको प्रति बुद्धिजीवीहरुलाई सचेत हुन समेत आग्रह गरे । उनले मधेशी जनताको बलीदानीपूर्ण सघर्षबाट प्राप्त भएको संघीयतामाथि सम्बिैधानिक रुपमा तोकेको मितिमा निर्वाचन नहुदा प्रश्न उठने बताएका हुन । उनले राजनीतिक नेतृत्वले समस्याको हल निकाल्न नसकेर अस्तब्यस्त अवस्था बनाएको चर्चा गर्दै  अव अर्को शासन पद्धतीको आवश्यकता छ भन्दै मुलुकलाई निरंकुशता तर्फ लैजानेर त्यतीबेला गणतन्त्र पनि समाप्त हुने अवस्था आउने आशंका ब्यक्त गरे ।

 

मुलुकको राजनीतिक नेतृत्व प्रदेशको सीमाकंनका बिषयमा एक मतका साथ सहमत नभएकोले समस्या आएको उनले तर्क गरे । तर मुलुकमा निर्वाचन भएमा समस्याहरु समाधानकालागि प्रक्रिया शुरु हुने बताए । उनले लोकतन्त्रको सबैभन्दा सुन्दर पक्ष भनेको समस्याको समाधानकालागि सम्बैधानिक प्रक्रियाबाट छिनोफानो गर्नु नै हो । उनले हाम्रो राजनीतिक नेतृत्वले समस्या त सृजना ग¥यो तर त्यसको हल निकाल्ने ल्याकत नराखेको उहाँको भनाई छ । कार्यक्रममा कार्यपत्र माथि टिप्पणी गर्दै बीरगंजका अधिवक्ताहरु पन्नालाल गुप्ता,बीरेन्द्र यादव रामाशिषम यादव प्राध्यापकहरु सुरेश कुशवाहा,प्रा.डा.बीरेन्द्र मिश्र, डा.सुष्मा तिवारी,प्राध्यापक उमा मिश्र बीरगंज उधोग वणिज्य संघका अध्यक्ष ओमप्रकाश शर्मा उपाध्यक्ष सुवोध गुप्ता पत्रकार पवन तिवारी  बैद्यनाथ ठाकुर लगायतले मधेशका समस्याहरुको हल गरिनु पर्नेमा जोड दिएका थिए । त्यसैगरि प्राध्यापक बीरेन्द्र मिश्र,अधिवक्ता रामेश्वर सेढाईलगायतले लोकतान्त्रिक बिधिका माध्यमले समस्याको हल खोज्नु पर्नेमा जोड दिए ।

 

कार्यक्रममा आधारपत्रका प्रमुख टिप्पणीकार डा.राजेश अहिराजले मधेशीसंग नेपालमा बिभेद कहिल्यै नभएको बताए । उनले मधेशीसंग रंगभेद भएको बताए । उनले रंगभेद र अखण्डता फेरी संगै नजाने बताए । रंगभेद अन्त्य गर्नकालागि सोही अनुसारको काम हुनु पर्नेमा जोड दिए । उनले नागरिक समाजले समाजको रंग फेर्न सक्छ भन्दै नागरिक समाजले समाजमा आत्मीय एकिकरण गर्नु पर्ने बिचार ब्यक्त गरे । उनले भूगोल प्रथामिकताको क्रममा रहोस र शासन साझा होस भन्ने मुद्धा नै आजको मुदा हो । नेपाललाई दुई राष्ट्रको अवधारणामा लादै छौ यसले मुलुकलाई अन्तत बिभाजनमा लान्छ त्यसैले बुद्धिजीवीहरु यो कुरामा सचेत हुनु पर्छ । दुई राष्ट्रको अवधारणाले संसारमा धेरै मुलुक बिभाजनमा गएको उनले बताए ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकका अध्यक्ष सुवोध प्याकु¥यालले नेपाली माटोमा बसोबास गर्ने सबै नेपाली भएको बताए ।

 

मैले तपाईको बारेमा तपाईले मेरो अधिकारको बारेमा कुरा गर्नु नै मानव अधिकार हो उनले भने“ तपाई आफनो मात्रै कुरा गर्नुहुन्छ  भने त्यो माग दावी हो ” । उनले सत्ताले गरेको बिभेद सत्ताको प्रतिनिधिको रुपमा स्थानीय प्रशासनले गरेको बिभेद राजनीतिक नेताले गरेको बिभेदलाई अन्त्य गर्नकालागि सोही  अनुसारको उपचार खोज्नु पर्नेमा जोड दिए । उनले सम्विधान त दर्शन हो त्यसलाई लागू गर्न कानून बनाउनु पछर्् भन्दै कानून र राजनीतिलाई छ्यासम्यास गर्न नहुने बताए । कार्यक्रममा इन्सेक मध्यमाञ्चल क्षेत्रीय संयोजक कृष्ण गौतमले स्वागत गरेको कार्यक्रमको संचालन इन्सेक जिल्ला प्रतिनिधि के.सी.लामिछाने र धन्यवाद ज्ञापन मानव अधिकार जिल्ला संजालका अध्यक्ष तवरेज अहमदले गरेका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

खाद्य स्वच्छता मापदण्ड उल्लंघन गरे वीरगंजका तीनवटा मिठाई पसललाई २०/२० हजार जरिवाना

वीरगञ्ज । खाद्य स्वच्छता सम्बन्धी मापदण्ड उल्लङ्घन गरेका तीनवटा पसललाई २०/२० हजार रुपैया जरिवाना गरिएको छ । वीरगञ्ज महानगरपालिका–६ माईस्थानस्थित सञ्जय खोवा भण्डार, गणेश मिष्ठान भण्डार तथा वीरगञ्ज महानगरपालिका–११ रानीघाटस्थित सम्भु लड्डु तथा मिष्ठान भण्डार लाई जरिवाना गरिएको हो ।

सेस्मी इन्टरनेशनल स्कुलको एसईई परिक्षामा सहभागि सबै बिद्यार्थी सफल

वीरगञ्ज। सेस्मी इन्टरनेशनल स्कुलले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा शतप्रतिशत  नतिजा हासिल गर्दै उत्कृष्ट शैक्षिक उपलब्धि प्राप्त गरेको छ।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.