logo

१० महिनामा पनि कांग्रेस अपूर्ण

१० महिनामा पनि कांग्रेस अपूर्ण

      1/22/2017 गते 00 00 मा प्रकाशित     1910   पटक पढिएको

माघ १० । कांग्रेस सभापति शेरबहादुर देउवाले पदाधिकारी मनोनयनको विषय उठाउँदा पार्टीकै नेता तथा कार्यकर्ताले अचेल पत्याउँदैनन् । देउवा सार्वजनिक ठाउँमा जब यो विषय उठाउँछन्, आकांक्षीहरू केही समय सलबलाउँछन् । आफू हुन र कसैलाई बनाउन दबाब समूहहरू सक्रियसमेत बन्छन् । तर, विस्तारै उनीहरू पनि हार खाएर थन्किन्छन् । कान्तिपुर दैनिकमा खबर छ ।

नेतृत्व सम्हालेलगत्तैदेखि पदाधिकारी र केन्द्रीय कार्यसमितिलाई पूर्णता दिने भन्दै आएका देउवाले दस महिनामा पनि त्यो काम गर्न सकेका छैनन् । यतिबेला उनले पदाधिकारी होइन, कार्यसम्पादन समिति र विभाग गठनको चर्चा चलाएका छन् । यो कुरा गरेको पनि महिना दिन बित्न लाग्यो । तर, साइत अझै जुरेको छैन । ‘कर्ममा भन्दा भाग्यवादमा विश्वास गर्ने नेताको चरित्र यस्तै हुन्छ कि क्या हो रु’ देउवालाई नजिकबाट चिन्ने कांग्रेसका एक नेता भन्छन्, ‘हाम्रो सभापतिमा पनि कर्ममा कम र भाग्यमा बढी विश्वास देख्छु । त्यसैको परिणाम कांग्रेस गतिशील हुन सकिरहेको छैन ।’
 
पार्टी्भित्र सभापतिका आलोचकहरू उनलाई संगठनभन्दा सत्ता राजनीतिमा बढी रुचि राख्ने देख्छन् । पार्टीको अपूर्णतामा कतै न कतै सत्ता राजनीति जोडिएको उनीहरूको तर्क छ । ‘सुरुमा कांग्रेस र माओवादी गठबन्धनको सरकार निर्माणपछि पदाधिकारी बनाउँछु भन्नुहुन्थ्यो । त्यसपछि नेविसंघको अधिवेशनपछि भनियो । महिला संघ र तरुण दलको अधिवेशन पनि सकियो । अब संविधान संशोधनको टुंगो लागेपछि भन्ने सुनिन्छ,’ वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षीय एक नेताले टिप्पणी गरे, ‘अब विस्तारै कांग्रेसको हातमा सरकारको नेतृत्व आएपछि बनाउँला भन्ने होला ।’

कांग्रेस विधानको विविध खण्डको १९ नम्बरमा ‘पार्टीका सबै तहमा गठन गर्ने भनिएका विभाग, समिति, विभिन्न निकायहरू, महाधिवेशन सम्पन्न भएको दुई महिनाभित्र गठन गरिसक्नुपर्ने छ’ भन्ने छ । तर, दस महिनामा १२ केन्द्रीय सदस्य मनोनयन गर्नेबाहेक विभाग र समिति बन्न सकेका छैनन् ।

उनै देउवाले तत्कालीन पार्टी सभापति सुशील कोइरालाले विभाग र समितिहरूलाई पूर्णता दिन नसक्दा निर्णय क्षमता नभएको भन्दै कडा आलोचना गरेका थिए । त्यसैलाई उनले १३ आंै महाधिवेशनमा मुद्दा पनि बनाए । गिरिजाप्रसाद कोइरालाको जस्तो निर्णय क्षमता भएको भनेर उनले आफूलाई अघि सारे । तर, दस महिनाको कार्यकालमा पार्टी गतिमा होइन, मुस्किलले घस्रिरहेको प्रतिक्रिया दिन्छन् कांग्रेस नेता शेखर कोइराला । ‘पार्टी मुस्किलले घस्रिरहेको छ, गतिशील त हुनै सकेको छैन,’ उनले भने, ‘पार्टीका पदाधिकारी, विभाग र समितिहरू चाँडै बनाएर गति दिनुहोस् भन्दाभन्दै हामी पनि थाक्यौं ।’

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

पञ्चगावामा दुई महिलासहित २५ जना स्थानीय युवाले रक्तदान गरे

पचगावा । पर्साको सखुवा प्रसौनी गाउँपालिका–२ पञ्चगावामा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले रक्तदान गरेका छन्।

पर्यटन प्रर्वद्धनमा हिडेका  बाइक राइडरलाई ठोरीमा भव्य स्वागत

ठोरी । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ठोरी आइपुगेका बाइक राइडरहरूलाई ठोरीमा भव्य स्वागत गरिएको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.