स्थानिय निकायको निर्वाचन अघि संविधान संशोधन हुन्छ ः सभापति देउवा
स्थानिय निकायको निर्वाचन अघि संविधान संशोधन हुन्छ ः सभापति देउवा
1/22/2017 गते 00 00 मा प्रकाशित
1595 पटक पढिएको
रौतहट, ९ माघ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कुनैपनि हालतमा बैशाख महिना भित्रै स्थानिय निकायको निर्वाचन हुने बताएका छन् । रौतहटमा देउवाले आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै सरकार बाहिर रहेका दलहरुसँग सहमतीकै आधारमा वैशाख भित्रै निर्वाचन गर्ने बताए । उनले नेपाली काँग्रेसले स्थानिय निकायको निर्वाचन पुरानै संरचनामा गर्ने धारणा रहेको भए पनि सबै दलको सहमतिमा फेरबदल हुन सक्ने जानकारी गराए ।
स्थानिय निकायको निर्वाचन अघि संविधान संशोधन हुनुपर्ने कुरामा जोड दिँदै देउवाले संशोधन प्रक्रियामा मधेसवादी नभई एमाले बाधक रहेको दावी गरे । नेपाली काँगे्रस रौतहटका सभापति कृष्ण यादवकी छोरीको विवाह कार्यक्रममा सहभागित हुन पार्टी सभापति देउवा सहित उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधी, संस्कृति तथा पर्यटन राज्यमन्त्री ईन्द्र बानिया, लगायतका पार्टीका केन्द्रिय तथा स्थानीय नेताहरु उपस्थिती रहेको थियो ।
तपाईं हामीसंग फेसबुक र ट्वीटर
मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको छ । १ सय भन्दा बढी घाइते भएका छन, जसको उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।
बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।
तपाईको प्रतिक्रिया