वीरगञ्ज । भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंह बुधबार पुनः कार्यालय फर्किएका छन्।
बिहान करिब १० बजे निवासमा पूजाआजा गरेर सिंह महानगरपालिका कार्यालय पुगे। उनको स्वागतका लागि कार्यालय परिसरमा समर्थकहरूको बाक्लो उपस्थिति थियो।
कार्यालय पुगेपछि सिंहले आफ्ना गुरुको तस्बिरमा माल्यार्पण गरे। त्यसपछि पूजा गर्दै औपचारिक रूपमा महानगर प्रमुखको पदभार सम्हाले।
पदभार ग्रहण गर्न सिंहसँगै पूर्वमन्त्री प्रदीप यादव पनि महानगरपालिका कार्यालय पुगेका थिए।
भ्रष्टाचारसम्बन्धी मुद्दा दायर भएपछि सिंह निलम्बनमा परेका थिए। विशेष अदालतले मुद्दामा सफाइ दिएपछि उनको निलम्बन अन्त्य भएको हो।
निलम्बन अन्त्य भएसँगै सिंह अब पुनः महानगरपालिकाको नियमित प्रशासनिक काममा फर्किएका छन्।
तपाईको प्रतिक्रिया