logo

सीमाको विषयमा कुनै किसिमको सम्झौता हुदैनः नेकपा स्थायी कमिटी सदस्य पाण्डे 

      11/25/2019 गते 00 00 मा प्रकाशित     902   पटक पढिएको

वीरगन्ज, १० मंसिर । नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटि सदस्य सुरेन्द्र पाण्डेले जिम्मेवार तहमा बसेका मान्छेहरुले सामाजिक संजालमा जे पाए त्यही लेख्न नहुने बताउनु भएको छ ।

 

एकले अर्काको नाम सुन्न नचाहने पार्टीहरु एक भएको ऐतिहासिक बिषयलाई स्मरण गर्दै नेता पाण्डेले फेसबुके पारमा पार्टी एकता नभएको कुरा बुझन आग्रह गर्नु भयोे । उहाँले बिषय त्यस्तै भएपनि त्यसलाई उठाउन बिधि र प्रक्रियालाई अवलम्बन गर्नु पर्नेमा जोड दिनु भयो ।

 

प्रेस संगठन पर्साले आयोजना गरेको पत्रकार सम्मेलनमा सम्वाददाताले पार्टीको प्रदेश २ का अध्यक्ष प्रभू साहले भर्खरमात्र बिस्तार भएको मंत्रीमण्डलका सन्र्दभमा राखेको जिज्ञासामा उहाँले यस्तो बताउनु भएको हो । राष्ट्रीय राजनीतिको बिषयमा चर्चा गर्दै नेता पाण्डेले नेपालको भूमि कहिल्यै कसैले पनि एक इन्चपनि छोड्न नसक्ने बताउनुभयो  ।

 

उहाँले पछिल्लो समयमा नेपाल भारतको सिमा विवादलाई  लिएर राजनीतिक वृत्तमा चर्चा चलेको बताउदै सबै राजनीतिक दल, नागरिक समाज संचारकर्मी सबै एक भए मात्रै राष्ट्रको सीमा रक्षा गर्न सकिने बताउनुभयो । अन्य देशहरुमा पनि यस्ता सीमा समस्याहरु धेरै  हुने गरेको बताउदै उहाँले उनीहरु राष्ट्रियताको सवालमा सबै  एक हुने गरेको बताउनुभयो ।

 

नेपालका राजनीतिक दलहरुले राष्ट्रियताको सवालमा पनि फरक फरक अभिव्यक्तिहरु दिने गर्दा राष्ट्रियता कमजोर भएको भन्दै सीमा रक्षाका लागि राष्ट्रिय एकता आवश्यक रहेको बताउनुभयो । भारतसँग भौतिक रुपमा युद्ध गर्न सकिने अवस्था नभएको र गर्न पनि नहुने बताउदै पूर्वमन्त्री पाण्डेले कुटनीतिक पनि एउटा युद्धको चरण नै भएकोले कुटनीतिक माध्यमबाट नै समस्याको समाधान गर्नुपर्ने धारणा राख्नुभयो ।

 

कुटनीतिक रुपमा नै समाधान हुन्छ भनेर  नेपाल सरकारले राखेको  धारणा सकारात्मक रहेको उहाँको भनाई थियो । उहाँले सीमाको विषयमा कुनै किसिमको सम्झौता हुदैन । उहाँले पर्नुगठन भएको सरकारको सामु देशलाई विकाशील राष्ट्रको रुपमा रुपान्तारणमा गर्ने चुनौती रहेको बताउदै पूर्वअर्थमन्त्री समेत रहनुभएका पाण्डेले सन् २१०० सम्ममा नेपाललाई धनी राष्ट्र बनाउन सरकारले ठोस आर्थिक नीति तयार गर्नुपर्नेमा जोड दिनुभयो । यसको साथै सबै राजनीतिक दल फेरीपनि एकठाउँमा उभिनुपर्ने बताउनुभयो ।

 

राष्ट्रिय स्वार्थमा सबै दल एक ठाउमा आउनु पर्ने उहाँको भनाई छ । राष्ट्र बिकासको यस्तो कार्यसूची बनाउन सरकार परिर्वतन भएपनि ति एजेण्डाहरुमा काम भइरहोस उहाँले भन्नुभयो, “जुनसुकै पार्टीको सरकार आएपनि राष्ट्रिय संकल्प भनेको अति कम विकसित राष्ट्रबाट हटाउने नै हो ।

 

यसको लागि सबै एकठाउँमा उभिनुपर्छ ।” आर्थिक विकासको विषयलाई लिएर अहिले निजीक्षेत्रबाट आएको केही गुनासाहरु पनि जायज नै रहेको बताउदै उहाँले सरकारले लागू गरेको विभिन्न किसिमका करप्रणालीहरु चरणवद्ध रुपमा लगाएको भए व्यवहारिक हुने थियो भन्ने विचार व्यक्त गर्नुभयो ।

 

उहाँले आर्थिक बृद्धिदरको जस्तो तथ्याकं देखिएको छ त्यसले अर्थतन्त्र ठिक दिशामा छ भन्ने त्यो सूचक सकारात्म छ भन्नु भयो ।उहाँले सरकारले तोकेको भन्दा बढी शुल्क लिएका मेडिकल कलेजहरुलाई कारवाहीको दायरामा ल्याउनुपर्ने बताउदै बढी शुल्क लिएको विरोधमा विद्यार्थीहरुले गरेको आन्दोलन जायज भएको पनि बताउनुभयो ।

 

प्रेस संगठन नेपाल पर्साका संयोजक नीरज पिठाकोटेको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा नेकपाका प्रदेश नम्बर २ इन्चार्ज नागेन्द्र चौधरी, खेलकुद महासंघका अध्यक्ष एवं पूर्व मन्त्री पूरुषोत्तम पौडेल, नेकपा प्रदेश नम्बर २ का सदस्य बालगोपाल थापा,  महानगर कमिटिका सचिव डा.विश्वम्भर शर्मा, युवा नेता अरविन्द सिंह, नेपाल पत्रकार महासंघ प्रदेश नम्बर २ का कार्यवाहक अध्यक्ष के.सी. लामिछाने, पर्सा अध्यक्ष श्याम बञ्जरा, प्रेस संगठनका केन्द्रीय सदस्य वृजलाल पासवान लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण प्रेस संगठनका पर्सा सहसंयोजक अनुप तिवारीले गर्नुभएको थियो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

सशस्त्र प्रहरी बलपर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सम्पन्न

वीरगंज । सशस्त्र प्रहरी बल, नेपाल पर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सोमबार सम्पन्न भएको छ।

हरिऔनकी ९३ वर्षको उमेरमा नागरिकता पाउने आश

हरिऔन  । उमेरले नौ दशक काट्नुभएकी वृद्धा सुनमाया सुनुवारको अहिले एउटै आश मर्ने बेलामा एक थान नागरिकता र त्यसले दिने सामाजिक सुरक्षा भत्ता पाउने छ ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.