logo

‘गेट वे अफ नेपाल’ सफाईले स्थानीयबासी दंग 

      11/23/2019 गते 00 00 मा प्रकाशित     2578   पटक पढिएको

७ मंसिर, वीरगञ्ज
नेपाल प्रवेश गर्ने मुख्यद्वार  ‘गेट वे अफ नेपाल’ भनिरे चिनिने शंकराचार्य प्रवेशद्वारमा शनीवार भब्य सफाई कार्यक्रम सम्पन्न भएको छ । बीरगंज रक्सौल वीचमा रहेको मितेरी पुल नजिक शंकराचार्य गेट र आसपासको क्षेत्रमा शनिबार बिहान सरसफाई गरिएको हो । 


‘भोलुन्टर’ नामक वीरगञ्जका सचेत तन्नेरी आवद्ध समूहको आव्हानमा सरसफाई कार्यक्रम राखिएको थियो । सरसफाईमा जुटेका तन्नेरी अभियानकर्मीलाई वीरगञ्ज महानगरपालिकाले समेत साथ दिएको थियो ।

 


महानगरपालिकाको सफाई साझेदार एनके इन्टरनेशनल र महानगरले नाका क्षेत्र सफाईका लागि बु्रमर, दमकल सहित केहि सरसफाईकर्मी पठाएको अभियन्ताले बताएका छन् । सरसफाईका क्रममा सडकमा जथाभावी फालिएको प्लाष्टिक टिपिएको छ । ब्रुमर लगाएर धुलो टिप्नुको साथै पानी हालेर धुलो नउड्ने बनाईएको छ । 
समूहमा वीरगञ्जका १८ जना तन्नेरी आवद्ध छन् । उनीहरुले गत साता पनि नाका सफाई कार्यक्रम राखेका थिए ।

भ्रमणवर्षलाई गिज्याउनेगरी यसअघि नाका प्रदुषित र दुर्गन्धित थियो 


शंकराचार्य गेटदेखि मितेरी पुलसम्मको सडक जीर्ण हुनुको साथै वीरगञ्ज महानगरपालिकाले सडक र सिर्सिया नदीको किनारमा फोहोर फाल्दै आएको थियो । जसले गर्दा नाका हुँदै नेपाल आउने पाहुनालाई धुलो र दुर्गन्धले स्वागत गर्ने गरेको छ । 

 


भोलुन्टर ग्रुपका संयोजक राजन श्रीवास्तवले दुई साताको मेहनत पछि नाकाको अवस्थामा केहि सुधार आएको बताउनु भयो । “भ्रमण वर्ष २०२०  पूर्व सन्ध्यामा छौं, विश्व प्रसिद्ध गढीमाई मेला शुरु भईसकेको छ । लाखौं धार्मिक पर्यटक अब यही नाकाबाट आउँछन् ।

 

तर नाकाको अवस्था प्रदुषणले नाजुक थियो । श्रीवास्तवले भन्नुभयो  ‘ त्यसैले सरसफाई अभियान शुरु गरेका हौं, दुई सातामा आउँदा सबै पक्षबाट राम्रो सहयोग मिलेको छ । नाकाको सफाईमा सुधार आएको भन्दै स्थानीय दंग छन् ।’ 


महागरपालिकाले सडकको दायाँ बाँया किनारमा फोहोर नगर्ने र नियमित सफाई गर्ने आश्वासन दिएको उनको भनाई छ । ‘महानगरपालिकाका जिम्मेवार अधिकारीले नियमित सफाई गर्छौ, फोहोर फाल्दैनौं भनेका छन् । निरन्तर फलोअप गर्छौ ।’ श्रीवास्तवले अगाडी भने ‘ बिहान बाहिरबाट भ्रमणका लागि आएका विद्यार्थी र अन्य पाहुना खुशी भएर गएका छन् ।’


नुवाकोटबाट वीरगञ्ज आएका शंकर न्यौपानेले ‘गेट वे अफ नेपाल’ सफा हुनु गौरबको विषय भएको बताए । ‘ अति नै गौरबको कुरा हो, सन २०२० लाई सरकारले भ्रमण वर्षको घोषणा गरेको छ । यो सीमा नाका हो । ईज्जतको सवाल छ । ’ न्यौपानेले भने ‘ पहिला आउँदा सफा थिएन, अहिले निकै राम्रो देखे । ’

 


नेपाल भित्रिने पर्यटकलाई नाकादेखि नै मनमोहित बनाउन नका क्षेत्र सफा र मनोरम हुनुपर्ने तर्क उनको छ ।
सो समुहमा श्याम सरार्फ, करण यादव, राजा रौनियार, बिनय गुप्ता, कम्लेश कुश्ववाहा, नुतन सरावगी, सुशिला पौडेल, देवेस गुप्ता, अनिल हजरा, सेशकुमार हजरा, बिक्की सरार्फ, अनिस कुश्वाहा, किस्सु सरार्फ लगायत १८ जनाको सक्रियता रहेको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

प्रधानमन्त्री राहत कोषमा हरिखेतान बहुमुख क्याम्पसको ५ लाखको योगदान

वीरगञ्ज ।  वीरगञ्जस्थित  हरिखेतान बहुमुखी कलेजले बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ लाख रुपैयाँ सहयोग गरेको छ।

प्रधानमन्त्री राहतकोषमा बिभन्न बैक, मधेश प्रदेशका पदाधिकारी र ब्यक्तिद्वारा सहयोग रकम उपलब्ध गराइदै

वीररगंज ।ग्लोबल आइएमई बैंकले भोटेकोशी नदीको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.