logo

कांग्रेस भित्रको गुटबन्दी छताछुल्ल,हिंसामा उत्रिए नेताहरु,महानगर सभापतिले भकुरे प्रदेश सभा सदस्य

      11/20/2019 गते 00 00 मा प्रकाशित     1195   पटक पढिएको

वीरगन्ज, ५ मंसिर । प्रदेशसभा सदस्य ओमप्रकाश शर्मामाथि बुधबार बिहानै कुटपिट भएको छ । बिहानी पख वीरगन्जको आदर्शनगरमा प्रभातीय यात्रामा निस्किएका प्रदेश सांसद शर्मालाई उनकै पार्टीको नगर सभापति भोला कलवारले कुटपीट गरेका हुन ।

 

कलवारले आफना मान्छेहर बोलाएर कुटन लगाएको साँसद शर्माले बताउनु भयो ।  प्रभातीय यात्रामा निस्किएका शर्मा र भोला कलवारको आदर्शनगर स्थित बब्लु चिया पसलमा भेट भएको हो । उनीहरुबीच सामान्य विवादपछि हात हालाहाल समेत भएको थियो । प्रदेशसभा सदस्यको मर्यादामा रहेका शर्मालाई नगरसभापति भोला कलवारले सार्वजनिक स्थानमा गालीगलौज गरेपछि दुवैजनाबीच कुटाकुट भएको हो ।

 

त्यसपछि फेरी कलवारले आफ्ना मान्छे बोलाएर शर्मामाथि आक्रमण गरेको प्रत्यक्षदर्शीले बताए । उनीहरुबीच भनाभन भएको भिडियो समेत सामाजिक सञ्जालमा भाइरल भएको छ । दुवैजनाबीच कुटपिट हुँदा घाईते भई दुवैजना नारायणी अस्पतालमा भर्ना भएर उपचार गराई शर्मा घर फर्किएका छन् । भोला कलवार भने थप उपचारका लागि काठामाडौं गएका छन् ।


के हो विवादको चुरो ?


भोला कलवार नेपाली कांग्रेसको नगरसभापति हुन् । उनी वीरगन्ज महानगरपालिकाको नगरसभा गृह भाडामा लिएर चलाई रहेका छन् । ओमप्रकाश शर्मा पनि नेपाली कांग्रेसबाटै प्रदेशसभा सदस्यमा मनोनित भएका व्यक्ति हुन् । दुवैजना एउटै पार्टीको भएपनि पार्टीको जिल्ला अधिवेशनदेखि मनमुटाव रहँदै आएको थियो । पार्टीको आन्तरिक राजनीतिमा पनि एउटै गुटका हुन ।

 

पार्टीको जिल्ला अधिवेशनमा अजय द्विवेदीलाई सभापति बनाउन दुबै एउटै सुमहमा रहेका थिए । कार्यकर्ताको भात भान्साको बयवस्थापन भोलाको थियो भने रकमको जोहो शर्माले गरेका थिए । त्यतीबेला भएको खाना खर्चको बिषयमा साह र शर्मावीच असहमती बढेको थियो । साहले १५ लाखको हिसाव देखाएका थिए भने शर्माले त्यती खर्च नहुने जिकीर गरेका थिए । बिवादको चुरो यही थियो ।

 

पार्टी सभापतिमा निर्वाचित अजय द्विवेदीले १० लाख रुपैया भूक्तानी दिलाएर यो बिषयलाई मिलाएका थिए तर मन त्यतीबेला देखी भाँच्चिएको थियो । त्यसपछि ओमप्रकाश शर्मा प्रदेशसभा सदस्यमा मनोनित भएपछि उनले नगरसभा गृह सार्वजनिक सम्पत्तिमा भएको आर्थिक अनियमितताको विरोधमा बोल्दै आईरहेका थिए । सोही कुराले नगरसभापति समेत रहेका भोला कलवार चिढीएका थिए ।

 

उनले शर्मालाई सार्वजनिक स्थानमा गाली गलौज गर्दै आएका थिए । शर्मालाई गाली गलौज गर्ने कुरा राम्रो नभएको र पार्टीले कारवाही गर्नुपर्ने आवाज पनि उठाउदै आएका थिए । नेपाली कांग्रेसका केन्द्र उपसभापति विलेन्द्र निधी, केन्द्रीय सदस्यदेखि पर्सा जिल्ला सभापति अजय द्विवेदीसम्मलाई शर्माले भन्दै आएका थिए । तर, पार्टीको नियन्त्रण भन्दा बाहिर कलवार रहेका थिए । त्यसैले बुधबार यो घटना हुन पुगेको ओम प्रकाश शर्माको बुझाई छ ।

 

नगरसभागृहको विषयमा ओमप्रकाश शर्माले कुरा उठाउनु भन्दा अघि नै अख्तियारले छानविनका लागि महानगरपालिकालाई पत्राचार गरेको थियो । तर, महानगरपालिकाले भने अख्तियारको पत्रलाई ढाकछोप गरेर राखेको छ । नगरसभागृह संचालनमा कांग्रेस नगरसभापति भोला कलवार र समाजवादी पार्टी  निकटका विश्वामित्र प्रसाद कलवारको साझेदारी छ ।

 

त्यसैले महानगरपालिकामा समाजवादी पार्टीको दबावले पत्र ढाकछोप गरेको हुनसक्ने अनुमान गरिएको छ । नगर सभापति कलवार भने शर्माले भने जस्तो बिषयमा शर्मासंग आफनो कुनै असन्तुष्टि रहेको छैन भन्छन । नेपाली कांग्रेसको तर्फबाट सम्बिधान सभाको  सदस्य भएका प्रदेश सभाको सदस्य रहेका शर्माले ब्यापारीको माल समात्न र छोड्न लगाउने त्यसो गर्दा कमिशन खाने गर्छन भन्ने भोला साहको आरोप छ ।मलाई शर्माको दलाली गर्ने प्रवृति मन पर्दैन आज बिहान पनि मैलै यही कुरा भनेको र यही बिषयमा भलगडा भएको हो  । नगरसभाको बिषयमा धेरैले बिरोध गरेका छन मुद्धा हालेका त्यसका बिषयमा शर्मासंग झगडा नभएको साहको भनाई छ ।

काठमाण्डौ किन लागे कलवार ?


प्रदेशसभा सदस्य ओमप्रकाश शर्मा र भोला कलवारबीचको कुटाकुटपछि अस्पताल भर्ना भएका शर्मा उपचारपछि घर फर्किएका छन् । भोला कलवार भने प्रहरीले पक्राउ गर्ने डरले थप उपचारको लागि भन्दै काठमाडौं लागे। जनताको जनप्रतिनिधिलाई रिसिवीले मान्छे लगाएर कुटपिट गराउने कलवारमाथि कानुनी कारवाही गर्नुपर्ने दबाव बढेको छ ।

 

त्यसैले पनि उनी प्रहरीले पक्राउ गर्ने भयले उपचारको बाहानामा काठमाडौं लागेको अड्कलबाजी गर्न थालिएको छ । सार्वजनिक व्यक्तिमाथि सार्वजनिक स्थलमा हातपात र गालीगलौज गर्नेलाई मुलकी अपराध संहिता अनुसार कारवाही हुने कानुनी व्यावस्था रहेको छ ।

 

 तर कलवारले भने रक्तचाप तथा दम बढेकोले तप उपचारकोलागि आफू काठमाण्डौ गएको बताउनु भयो । बीरगंज गुणस्तीय उपचार सेवा नभएकोले रेफर भएर काठमाण्डौ आए उहाँले भन्नु भयो ।


प्रहरीको उदासिनता   


प्रदेशसभा सदस्य शर्मा र नगरसभापति कलवारबीचको झगडामा पर्सा प्रहरीले उदासिनता देखाएको छ । कलवार र शर्माबीच एकपटक झगडा भईसकेपछि कलवारले मान्छे बोलाउन लगाए  लगत्तै प्रदेशसभा सदस्य शर्माले पर्साका प्रहरी उपरीक्षक सोन्द्रसिंह राठौरलाई घटनाको बारेमा जानकारी गराईसकेका थिए ।

फेरी दोश्रो पटक फोन गरेर जानकारी गराएपनि पछिल्लो पटक घटना हुँदा समेत प्रहरी घटनास्थलमा आई नपुगेपछि प्रहरीले पनि यस घटनामा उदासिनता देखाएको प्रदेशसभा सदस्य शर्माको गुनासो छ । उनलाई कलवारका मान्छे आएर कुटपिट गर्छ भन्ने विश्वास नलागे पनि सुरक्षाको दृष्टिले प्रहरीलाई खबर गर्न उपयुक्त देखिएपछि खबर गरेका थिए ।

तर, घटना भएको आधाघण्टामा पनि प्रहरी घटनास्थलमा पुग्न सकेन । तर पर्सा प्रहरी प्रमुख सोमेन्द्र सिहं राठौरले प्रहरी उदासिन नरहेको प्रष्ट पार्नु भयो । सासदले कतिखेर फोन गर्नु भयो मैले कतिखेर गरे र प्रहरी घटनास्थलमा कतिखेर पुग्यो सबै कुरा लिखित रेकर्ड गरिएको छ छानविन भयो भने सबै कुरा देखिने उहाँको भनाई छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

पर्सागढीबाट जुवाडे पक्राउ सार्बजनिक शान्ति विरुद्दको कसुरमा मुद्धा चल्ने

वीरगंज । पर्सागढीको विरुवागुठीमा दिलमाया तामाङले सञ्चालन गरेकी गौरो कटेज खाजा पसलबाट चार जना ब्यक्तिहरु जुवा खेलीरहेको अवस्थामा पक्राउ परेका छन ।

महोत्तरीमा मोटरसाइकल दुर्घटनामा परि एसइ परिक्षा दिएर फर्किएका बिद्यार्थीको मृत्यु

बर्दिवास । महोत्तरीको जलेश्वर बर्दिबास सडकखण्डको बथनाहा मा मोटरसाइकल दुर्घटनामा परि तीन जना बिद्यार्थीको मृत्यु भएको छ ।

खेलकुद

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.