logo

अचानक मंत्री यादव बीरगंजको एक उधोगमा 

      8/8/2018 गते 00 00 मा प्रकाशित     1738   पटक पढिएको


वीरगन्ज २३ साउन ।
उधोग बाणिज्य तथा आपूर्तीमंत्री मातृका यादवले निम्बस ग्रुप अन्र्तगतको प्रो बायोटेक इण्डष्ट्रीजमा अनुगमन गरेका छन । 

 वीरगन्जको गण्डक चोक नजिकै रहेको  निम्बस ग्रुपको  प्रो बायोटेक इण्डष्ट्रिज प्रालि उद्योगमा बुधबार मन्त्री यादवले अनुगमन गरेका हुने । प्रो बायोटेक इण्डष्ट्रिज प्रालि उद्योगले खाने रिफाइन तेल, सोयाबिन र भटमासको तेल उत्पादन गर्दै आएको छ ।

 

वीरगन्जमा मंगलबार आयोजित नेपाल उद्योग वाणिज्य महासंघको राष्ट्रिय भेलामा सहभागी भएर बुधबार काठमाडौं फर्कने क्रममा वीरगन्जबाट सिमरा विमनस्थलमा जाने क्रममा मंत्री यादव उधोगमा पुगेका हुन । 

मंत्रीको टोलीमा नापतौल तथा गुणस्तर विभागको क्षेत्रीय कार्यालयबाट आएका प्राविधिक, जिल्ला प्रशासन कार्यालय पर्साका प्रतिनिधि र सुरक्षाकर्मीका साथ उद्योगमा पुगेका मंत्री यादवले उधोगका उत्पादन परिक्षणकोलागि काठमाण्डौ लिएर गएको उधोगका प्रशासन प्रमुख प्रकाशकान्त बैठाले जानकारी दिए भयो ।

 

प्रो बायोटेक इण्डष्ट्रिज प्रालिले क्रुड आयल निर्यात गर्न मंत्रालयसंग अनुमती मागेको बैठाले बताए  । सोही बिषयमा अनुगन गर्न मंत्री उधोगमा पुगेको बैठको भनाई छ । निम्बस ग्रुपका अध्यक्ष जगदीश अग्रवालले मंत्री यादवले उधोगको अनुगमन गरेको र उधोगमा रहेको समस्याहरुको बारेमा जानकारी लिएका थिए  ।

उधोगले क्रुड आयलको निर्यातका लागि दिएको निवेदनको आधारमा उधोगमा अनुगमन भएको र यसैको आधारमा उधोगको मागका बिषयमा निर्णय हुने बिश्वास रहेको बैठाले बताए  । यता मंत्रीले ब्यापक गुनसोहरु आएपछि उधोगमा छापामारेको चर्चा पनि उत्तिकै चलेको छ । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

प्रधानमन्त्री राहत कोषमा हरिखेतान बहुमुख क्याम्पसको ५ लाखको योगदान

वीरगञ्ज ।  वीरगञ्जस्थित  हरिखेतान बहुमुखी कलेजले बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ लाख रुपैयाँ सहयोग गरेको छ।

प्रधानमन्त्री राहतकोषमा बिभन्न बैक, मधेश प्रदेशका पदाधिकारी र ब्यक्तिद्वारा सहयोग रकम उपलब्ध गराइदै

वीररगंज ।ग्लोबल आइएमई बैंकले भोटेकोशी नदीको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.