logo

‘मधेशमा मार्क्सवाद’

      8/7/2018 गते 00 00 मा प्रकाशित     1464   पटक पढिएको

बीरगंज २२ साउन ।
बैज्ञानीक साम्यवादका प्रर्वतक सर्वहारा वर्गका महान नेता  कार्लमार्क्सको द्विशतावार्षिकी समारोह बीरगंजमा भब्यता पूर्वक मनाइने भएको छ । शतावार्षिकी मुल समारोह समितिले मंगलवार बीरगंजमा आयोजना गरेको पत्रकार सम्मेलनमा यस्तो जानकारी दिइएको हो । समितिले भाद्र १ र २ गते बीरगंजमा “मधेशमा माक्र्सवाद” शिर्षकमा माक्र्सवादका बारेमा बैचारिक बहस गर्ने भएको हो । 

 


कार्यक्रममा नेकापाका शिर्ष नेताहरु,अन्यवाम घटकका नेता तथा स्वतन्त्र बुद्धिजीवीहरुले समेत मार्क्सवादका बिभिन्न पक्ष र आयामाका बारेमा सोच दृष्टिकोण र बिचारहरु राख्ने कार्यक्रम रहेको पत्रकार सम्मेलनमा जानकारी गराइएयो ।


पत्रकार सम्मेलनमा द्विशतवार्षिकी मुल समारोह समितिका संयोजक घनश्याम भूषालले मधेशमा मार्क्सवादको ज्यादा आवश्कयता रहेको बताए । 
मार्क्सवादले समाजभित्रको वर्गीय अन्तरसर्घर्षको अवस्थालाई बैज्ञानिक रुपमा हल गर्ने भएकोले मधेशमा त्यसको सार्थकता झनै रहेको भूषालेको भनाई छ ।

मधेशमा अनेकौ समस्याहरु छन उनले भने “मधेशको भोक रोग शोक अज्ञानता पछौटेपनको अनत्यकोलागि पनि मार्क्सवाद जरुरी रहेको बताए ।

मधेशमा जातिय रुपमा दुरी बढाउन खोजिएको र राजनीतिलाई साम्प्रदायीक रंग दिन खोजिएको अवस्थाको चर्चा गर्दै नेता भूषालले जातीय र साम्प्रदायीक सोच भन्दा माथि उठनकालागि मार्क्सवाद आवश्यक  रहेको बताए । 


मार्क्सवादले नै नेपाली जनताको बलीदानीपूर्ण सर्घषबाट प्राप्त संघीय लोकतानत्रक गणतन्त्रलाई सुदृढ बनाउने  नेता भूषालले बताए । 
कार्यक्रममा शतवार्षिकी मुल समारोह समितिका सह संयोजक राम कार्कीले मधेशको अहिलेको समस्याको हल खोज्ने हो भने मार्क्सवाद बुझ्न जरुरी रहेको बताए । उनले मधेशको गाँठो फूकाउनु पर्नेमा जोड दिए ।

 

मधेशको गाँठो नफूकाउदा सम्म मुलुकले निकास नपाउने कुरा हेक्का राख्न आग्रह गर्दै नेता कार्कीले भने मधेशले कुनै दललाई सत्तामा पु¥याएको छ ठुला ठुला आन्दोलन गरेको छ बलीदानी दिएको छ तर पनि मधेश माथि किन उठन सकेन ? यो प्रश्नको उत्तर अव मार्क्सवादी  ज्ञानको प्रकाशमा खोज्नु पर्छ ।

 

 
 मार्क्सवादको आलोकमा मधेशले त्यही भित्रको बिभेद बुझ्ने छ र त्यसको अन्त्यकालागि मधेशले आफै अग्रसरता लिने छ नेता कार्कीले भने यसो गर्दा मात्रख मधेशको गाँठो फूकाउन सकिन्छ र प्रणालीको बिकास हुन्छ ।

 

शतवार्षिकी समारोह सफल बनाउनकालागि पूर्वमंत्री तथा नेकपा नेता पुरुषोत्तम पौडेलको संयोजकत्वामा ब्यवस्थापन समितिको निर्माण भएको छ । त्यस्तै गोविन्द देवकोटाको संयोजकत्वमा  प्रचार उप समिति  बनेको छ ।

 

समितिको सदस्यहरुमा के.सी.लामिछाने,महेश दास, लालबाबु शेख,श्याम बन्जारा,कमल उपाध्याय,अनुप तिवारी,निरज पिठाकोटे,रामबाबु मेहता र दिवारक भण्डारी लगायतका रहेका छन । त्यस्तै के.सी.लामिछानेको संयोजकत्वमा अवास उपसमिति निर्माण भएको छ । समितिमा उमेश गुप्ता,शिवजी गुप्ता रामबाबु यादव लगायतका रहेका छन ।

 

त्यस्तै बीरेन्द्र शाहको संयोजकत्वमा अभिलेख उपसमिति वालगोपाल थापाको संयोजकत्वमा खाना तथा खाजा ब्यवसथपन उपसमिति निर्माण भएको छ । पुरुषोतम पौडेलको संयोजकत्वमा आर्थिक उपसमिति र सचिवालय निर्माण भएको छ । 

 


भाद्र १ र २ गते बीरगंजको नगर सभागृहमा हुने “मधेशमा मार्क्सवाद”बैचारिक बहस कार्यक्रममा प्रदेश नम्बर २ का आठवटै जिल्लाबाट १ हजार नेता तथा कार्यकर्ताहरुको सहभागिता रहने आयोजकले जनाएका छन । कार्यक्रममा मार्क्सवाद प्रति रुची भएका तर नेकपा तथा अन्य कम्युनिष्ट घटक भन्दा  बाहिर रहेका युवाहरुले पनि भाग लिन पाउने आयोजकले बताए छन । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

प्रधानमन्त्री राहत कोषमा हरिखेतान बहुमुख क्याम्पसको ५ लाखको योगदान

वीरगञ्ज ।  वीरगञ्जस्थित  हरिखेतान बहुमुखी कलेजले बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ लाख रुपैयाँ सहयोग गरेको छ।

प्रधानमन्त्री राहतकोषमा बिभन्न बैक, मधेश प्रदेशका पदाधिकारी र ब्यक्तिद्वारा सहयोग रकम उपलब्ध गराइदै

वीररगंज ।ग्लोबल आइएमई बैंकले भोटेकोशी नदीको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.