logo

‘मधेशमा मार्क्सवाद’

      8/7/2018 गते 00 00 मा प्रकाशित     1340   पटक पढिएको

बीरगंज २२ साउन ।
बैज्ञानीक साम्यवादका प्रर्वतक सर्वहारा वर्गका महान नेता  कार्लमार्क्सको द्विशतावार्षिकी समारोह बीरगंजमा भब्यता पूर्वक मनाइने भएको छ । शतावार्षिकी मुल समारोह समितिले मंगलवार बीरगंजमा आयोजना गरेको पत्रकार सम्मेलनमा यस्तो जानकारी दिइएको हो । समितिले भाद्र १ र २ गते बीरगंजमा “मधेशमा माक्र्सवाद” शिर्षकमा माक्र्सवादका बारेमा बैचारिक बहस गर्ने भएको हो । 

 


कार्यक्रममा नेकापाका शिर्ष नेताहरु,अन्यवाम घटकका नेता तथा स्वतन्त्र बुद्धिजीवीहरुले समेत मार्क्सवादका बिभिन्न पक्ष र आयामाका बारेमा सोच दृष्टिकोण र बिचारहरु राख्ने कार्यक्रम रहेको पत्रकार सम्मेलनमा जानकारी गराइएयो ।


पत्रकार सम्मेलनमा द्विशतवार्षिकी मुल समारोह समितिका संयोजक घनश्याम भूषालले मधेशमा मार्क्सवादको ज्यादा आवश्कयता रहेको बताए । 
मार्क्सवादले समाजभित्रको वर्गीय अन्तरसर्घर्षको अवस्थालाई बैज्ञानिक रुपमा हल गर्ने भएकोले मधेशमा त्यसको सार्थकता झनै रहेको भूषालेको भनाई छ ।

मधेशमा अनेकौ समस्याहरु छन उनले भने “मधेशको भोक रोग शोक अज्ञानता पछौटेपनको अनत्यकोलागि पनि मार्क्सवाद जरुरी रहेको बताए ।

मधेशमा जातिय रुपमा दुरी बढाउन खोजिएको र राजनीतिलाई साम्प्रदायीक रंग दिन खोजिएको अवस्थाको चर्चा गर्दै नेता भूषालले जातीय र साम्प्रदायीक सोच भन्दा माथि उठनकालागि मार्क्सवाद आवश्यक  रहेको बताए । 


मार्क्सवादले नै नेपाली जनताको बलीदानीपूर्ण सर्घषबाट प्राप्त संघीय लोकतानत्रक गणतन्त्रलाई सुदृढ बनाउने  नेता भूषालले बताए । 
कार्यक्रममा शतवार्षिकी मुल समारोह समितिका सह संयोजक राम कार्कीले मधेशको अहिलेको समस्याको हल खोज्ने हो भने मार्क्सवाद बुझ्न जरुरी रहेको बताए । उनले मधेशको गाँठो फूकाउनु पर्नेमा जोड दिए ।

 

मधेशको गाँठो नफूकाउदा सम्म मुलुकले निकास नपाउने कुरा हेक्का राख्न आग्रह गर्दै नेता कार्कीले भने मधेशले कुनै दललाई सत्तामा पु¥याएको छ ठुला ठुला आन्दोलन गरेको छ बलीदानी दिएको छ तर पनि मधेश माथि किन उठन सकेन ? यो प्रश्नको उत्तर अव मार्क्सवादी  ज्ञानको प्रकाशमा खोज्नु पर्छ ।

 

 
 मार्क्सवादको आलोकमा मधेशले त्यही भित्रको बिभेद बुझ्ने छ र त्यसको अन्त्यकालागि मधेशले आफै अग्रसरता लिने छ नेता कार्कीले भने यसो गर्दा मात्रख मधेशको गाँठो फूकाउन सकिन्छ र प्रणालीको बिकास हुन्छ ।

 

शतवार्षिकी समारोह सफल बनाउनकालागि पूर्वमंत्री तथा नेकपा नेता पुरुषोत्तम पौडेलको संयोजकत्वामा ब्यवस्थापन समितिको निर्माण भएको छ । त्यस्तै गोविन्द देवकोटाको संयोजकत्वमा  प्रचार उप समिति  बनेको छ ।

 

समितिको सदस्यहरुमा के.सी.लामिछाने,महेश दास, लालबाबु शेख,श्याम बन्जारा,कमल उपाध्याय,अनुप तिवारी,निरज पिठाकोटे,रामबाबु मेहता र दिवारक भण्डारी लगायतका रहेका छन । त्यस्तै के.सी.लामिछानेको संयोजकत्वमा अवास उपसमिति निर्माण भएको छ । समितिमा उमेश गुप्ता,शिवजी गुप्ता रामबाबु यादव लगायतका रहेका छन ।

 

त्यस्तै बीरेन्द्र शाहको संयोजकत्वमा अभिलेख उपसमिति वालगोपाल थापाको संयोजकत्वमा खाना तथा खाजा ब्यवसथपन उपसमिति निर्माण भएको छ । पुरुषोतम पौडेलको संयोजकत्वमा आर्थिक उपसमिति र सचिवालय निर्माण भएको छ । 

 


भाद्र १ र २ गते बीरगंजको नगर सभागृहमा हुने “मधेशमा मार्क्सवाद”बैचारिक बहस कार्यक्रममा प्रदेश नम्बर २ का आठवटै जिल्लाबाट १ हजार नेता तथा कार्यकर्ताहरुको सहभागिता रहने आयोजकले जनाएका छन । कार्यक्रममा मार्क्सवाद प्रति रुची भएका तर नेकपा तथा अन्य कम्युनिष्ट घटक भन्दा  बाहिर रहेका युवाहरुले पनि भाग लिन पाउने आयोजकले बताए छन । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

सशस्त्र प्रहरी बलपर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सम्पन्न

वीरगंज । सशस्त्र प्रहरी बल, नेपाल पर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सोमबार सम्पन्न भएको छ।

हरिऔनकी ९३ वर्षको उमेरमा नागरिकता पाउने आश

हरिऔन  । उमेरले नौ दशक काट्नुभएकी वृद्धा सुनमाया सुनुवारको अहिले एउटै आश मर्ने बेलामा एक थान नागरिकता र त्यसले दिने सामाजिक सुरक्षा भत्ता पाउने छ ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.