logo

बिधुत प्राधिकरण बीरगंज बितरण केन्द्र प्रमुख ठाकुर बिरुद्ध अनुसन्धान शुरु

      7/15/2018 गते 00 00 मा प्रकाशित     3400   पटक पढिएको

बीरगंज ३१ असारनेपाल बिधुत प्राधिकरण बितरण केन्द्र बीरगंजका प्रमुख मुनिन्द्र ठाकुरले प्राधिकरणलाई घाटा पु¥याएर उधोगी पोस्न थालेको भन्दै बिधुत प्राधिकरणले छानवीन शुरु गरेको छ । 

 


प्राधिकरणका प्रवन्ध निर्देशकलाई चिल्लो घसेर बिश्वासप्राप्त गरेका ठाकुरले त्यही सम्बन्धको आधारमा प्राधिकरणलाई घाटा पु¥याएर आफू कमाउ धन्दामा लागेका हुन । ठाकुरले आफनो धन्दामा अवरोध हुने देखे पछि केही कर्मचारीलाई सरुवा समेत गराएका छन ।

 

सरुवा गराइएका कर्मचारीहरुले ठाकुरको योजनालाई सफल हुन दिएका थिएनन । ठाकुरले औधोगिक करिडोरको त्रिवेणी सिम्प्याक्समा प्राधिकरणलाई घाटा पु¥याएर नयाँ ट्रान्सर्फमर जडान गरेका थिए ।

 

उधोगमा १हजार के.भि.ए.११०००/४०० भोल्टेजको ट्रान्सफर जडान भइरहेकोमा कार्यलयप्रमुखको रुपमा ठाकुर बीरगंज आएको केही दिनमै १६ सय ५० के.भी.ए ११०००/४३३ भोल्टेजको ट्रान्सफर सर्टडाउन चार्ज बिना जडान गरेको भन्दै उनी बिरुद्ध कर्मचारीहरुले नै उजुरी गरेका हुन ।

 


त्यती मात्र हैन बीरगंज बितरण केन्द्रले औधोगि करीडोरका उधोगहरुलाई आफनै खर्चमा सिंगल फिडर निर्माण गरिदिएको छ । यसो गर्दा प्राधिकरणलाई लाखौ घाटा समेत लागेको छ । उधोगहरु आफैले फिडर लगाउदा लाग्ने खर्च ब्यहोर्नु पर्ने भएपनि ठाकुरले भने उधोगलाई उन्मुक्ति दिएर प्राधिकरणलाई दोहन गरेका छन । 


उनको यो कामको बिरुद्ध कर्मचारी युनियनले नै केन्द्रमा उजुरी गरेपछि छानविन शुरु भएको हो । केन्द्रले इनर्जी इफिसिएन्सी तथा चुहावट नियन्त्रण बिभागका निर्देशक रामजी भण्डारीको नेतृत्वमा ३ सदस्यीय छानविन टोली गठन गरेको छ । टोलीले आफनो काम शुरु गरेको भण्डारीले बताएका छन । उनले अनुसन्धानबाट वास्तविक बिषयको पत्तो लगाउने बताए । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

मलखाद नपाएपछि बहुदरमाईमा जनआक्रोश, नगर कार्यालयमा तालाबन्दी

वीरगञ्ज । खेतीपातीको मुख्य समयमा मलखादको अभावका कारण आक्रोशीत भएका  बहुदरमाई नगरपालिका–४ का स्थानीय बासिन्दाले कार्यालयमा तालाबन्दी गरेका छन ।

बाघको आक्रमणबाट ७० वर्षिय थारुको ज्यान गयो

सेढवा । पर्साको जिराभवानी गाउँपालिकामा बाघको आक्रमणबाट जिराभवानी गाउँपालिका–२ काठमाडौं टोल निवासी ७० वर्षीय नथुनी मिर्दाहा थारुको मृत्यु भएको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.