logo

सुन तस्करीको आरोपमा बाराका रामबाबु सिंह पक्राउ

      7/14/2018 गते 00 00 मा प्रकाशित     2687   पटक पढिएको

बीरगंज  ३० असार ।
 बीरगंजको   लिंक रोडस्थित कुमु प्यालेस होटल नजिकै रहेको सुनचाँदी पसलका संचालक रामबाबु सिंह पक्राउ परेका छन्।

उनलाई शनीवार राजश्व अनुसन्धान कार्यालय पथलैयाको टोलीले पक्राउ गरेर जीतपुर स्थित इलाका प्रहरी कार्यायको हिरासतमा राखिएको मध्यमाञ्चल राजश्व अनुसन्धान कार्यालय पथलैयाका प्रमुख दिव्यराज पोखरेलले बताए । 
सिंहलाई सुनको तस्करी आरोपमा पक्राउ गरिएको हो । 
‘असार १५ गते वीरगंजको इनर्वाबाट पक्राउ परेका सर्लाहीको हरिपुर नगरपालिकाका ३८ वर्षीय सन्तोष साह कलवारलाई केरकार गर्दा रामबाबु सिंहको नाम आएको हो । 

कलवारको बयान र जफत सुनको घटनामा उनको संलग्नता रहेको देखिएपछि नियन्त्रणमा लिइएको हो,’ पोख्रेलले भने, ‘आइतवार बिहान १० बजे पर्सा जिल्ला अदालतमा पेश गर्दैछौं।’

 वीरगंज घण्टाघरस्थित श्रीराम मनी चेन्जरका सञ्चालकसमेत रहेका रामबाबुलाई १ किलो सुन तस्करीको घटनाको प्रारम्भीक अनुसन्धानमा दोषी देखिएकाले आवश्यक कारावाही अगाडि बढाइएको कार्यालयका सूचना अधिकारी भीमबहादुर देवकोटाले बताए ।

बारा गम्हरियाका पुराना बासिन्दा रामबाबु   हाल जीतपुर बजारमा बस्दै आएका उनी सुन तस्करीमा सक्रिय रहेको दावी सुरक्षा निकायको छ।

असार १५ गते बीरगंजको इनर्वाबाट सर्लाही हरिपुरका सन्तोष साहलाई  ना ४२ प ३७७४ नं को मोटरसाइकलको सिट मुनिको एयर फिल्टरमा सुन राखेर रक्सौलतर्फ गइरहेको अवस्थामा इनार्वा प्रहरी चौकीको टोलीले  पक्राउ गरेको थियो। 

१ किलो सुनलाई गलाएर २ सय ग्रामको ५ वटा टुक्रा बनाई तस्करी हुँदै थियो। ५ हजार पाउने लोभमा तस्करीमा लागेको पक्राउ परेका भरिया सन्तोषले प्रहरीमा बयान दिएका थिए।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

सशस्त्र प्रहरी बलपर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सम्पन्न

वीरगंज । सशस्त्र प्रहरी बल, नेपाल पर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सोमबार सम्पन्न भएको छ।

हरिऔनकी ९३ वर्षको उमेरमा नागरिकता पाउने आश

हरिऔन  । उमेरले नौ दशक काट्नुभएकी वृद्धा सुनमाया सुनुवारको अहिले एउटै आश मर्ने बेलामा एक थान नागरिकता र त्यसले दिने सामाजिक सुरक्षा भत्ता पाउने छ ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.