logo

पर्साको हुम्ला जुम्ला ठानीने नवगाँवा अब टापु रहदैन बिकासमा नमुना बन्छः प्रमुख गुप्ता

      7/14/2018 गते 00 00 मा प्रकाशित     1469   पटक पढिएको

भिषूवा  ३० असार ।
छिपहरमाई गाउँपालिकाका प्रमुख मनोज गुप्ताले नवगाँवा भनिएको गाउँपालिकाको क्षेत्र आउदो ४ बर्षभित्रै बिकासमा नमुना बन्ने बताएका छन् ।

 

गाउँपालिकाले शनिवार वडा नम्बर २ टिहुकीस्थित विद्यालय परिसरमा आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै प्रमुख गुप्ताले यस्तो बताएका हुन । 


    ‘तपाईले अहिले हेर्नु भएको ९ किलोमिटर ग्राभेल बाटो, २६ सय मिटर ढलान सडक, ३६ सय मिटर पक्की नाला, एम्बुलेन्स, अनि एक्जाभेटर, सबै बिद्यालयमा छाना, शौचालय र पंखा जस्ता कुरा यो बर्षको सुरुवात हो,’ गुप्ताले भने, ‘यो ट्रेलर मात्र हो, फिल्म अझै बाकी छ ।’

 

बर्षायाममा भारतीय भुमी भएर सदरमुकाम पुग्नु पर्ने, एउटा र्औषधी किन्न पनि सिमापारी जानु पर्ने बाध्यता भएको नौगावा आउदो चार बर्षभित्र बिकासमा नमुना नै बन्ने उनले दावी गरे । 


    स्थानीय जनताले सडक बनेपछि ठाउँको मुहार फेरिएको प्रतिक्रिया दिए । स्थानीयले शिक्षा र स्वस्थ्यका सेवा प्रदान गर्ने विद्यालय र स्थानीय स्वास्थ्यसंस्थाको काम कारवाहीमा सुधार गर्नुपर्ने सुझाव दिए ।

 

वडा नम्बर २ बाट निर्वाचित गाउँ कार्यपालिका सदस्य मुक्तिनारायण साहको अध्यक्षतामा र सहयोगी नेपाल संस्थाको संयोजनमा सम्पन्न कार्यक्रममा पत्रकार महासंघ, प्रदेश २ का उपाध्यक्ष के.सी. लामिछानेले सार्वजनिक सुनुवाई सुशासनको औजार भएको भनी सराहना गर्दै २ बर्षअघि आफुले देखेको नवगाँवा क्षेत्र र अहिलेको अवस्था धेरै फेरिएको बताए । 


स्थानीय जगदीश साहले पहिला पानी पर्दा बाटो रोप्ने खेत जस्तो हुन्थ्यो अहिले खुट्टामा हिलो लाग्दैन भन्दै वास्तविक बिकास देख्न पाएको बताए ।


    कार्यक्रममा गाउँपालिका निमित्त प्रमुख प्रसाशकीय अधिकृत शिवपुजन साह, सहजकर्ता तबरेज अहमद, वडा नम्बर १ का राजबली यादव, ३ नं. वडाका अध्यक्ष बिनोद साह कानू, ४ नं. वडाका बालकराउत गद्दी, ५ नं. वडाका अध्यक्ष मौजीलाल साह कानू, स्थानीय अगुवाहरु र २ सय बढी सर्वसधारको उपस्थिति रहेको थियो । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

समाज

सखुवा प्रसौनी २ का किसानले पाए मल ,अध्यक्ष यादव आफै उत्रे सहजीकरणमा

वीरगञ्ज । पर्साको सखुवा प्रसौनी गाउँपालिका–२ मा लामो समयदेखि रासायनिक मलको अभाव झेल्दै आएका किसानहरूले अन्ततः राहत पाएका छन् ।

सखुवा प्रसौनी–२ मा भोलि बिहानदेखि मल वितरण हुने

वीरगंज । सखुवा प्रसौनी गाउँपालिका–२ का किसानहरूलाई लक्षित गरी भोलि बिहान ७ बजेबाट गाउँपालिका कार्यालय परिसरमा मल (खाद) वितरण कार्यक्रम सुरु हुने भएको छ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.