logo

पर्सागढीको पहिलो सार्वजनिक सुनुवाई सम्पन्न

      7/13/2018 गते 00 00 मा प्रकाशित     997   पटक पढिएको

पर्सागढि, २९असार  ।   पर्सा जिल्लाको पर्सागढी नगरपालिकामा सार्वजनिक सुनुवाई कार्यक्रम समपन्न भएको छ । सहयोगी नेपाल पर्साको आयोजना तथा पर्सागढी नगरपालिकाको सहयोगमा भएको कार्यक्रममा स्थानीयहरुले बाढी पहिरोको विषयलाई प्राथमिकताका साथ उठाएका थिए । वर्षातको समयमा डुबान भएका क्षेत्रहरुमा नगरपालिकाले बाध बनाउनुपर्ने र भत्केका सडक, पुल, सार्वजनिक संरचनाहरुमा मर्मत सम्भारका कामहरु गनुपर्ने नगरपालिका समक्ष स्थानीयहरुले माग राखेका थिए । 

 

वडा नम्बर ८ का वडा अध्यक्ष किसुनदेव प्रसाद यादवको अध्यक्षतामा विहिबार भएको कार्यक्रममा पर्सागढीको पर्यटकीय क्षेत्र जिल्लाकै लागी गर्वगर्न सक्ने खालको भएकाले यहाँको मठ, मन्दिरको सहि व्यवस्थापन गर्नुपर्ने र भौतिक पुर्वाधारको विकास गरी आन्तरीक तथा बाहय पर्यटक भित्रायाउनुपर्नेमा स्थानीय देवप्रसाद निरौलाले जोड दिएका थिए । खासगरी कृषि कर्ममा अधारीत रहेको यस नगरपालिकामा कृष्कका लागी दिर्घकालिन योजनाहरु कार्यन्यवन गराउन सबै एकजुट हुनुपर्नेमा अर्का स्थानीय कृष्क योगेन्द्र साहले जोड दिएका थिए ।

 

पर्सागढीका नगर प्रमुख लोकनारायण यादवको प्रमुख अतिथ्यमा समपन्न कार्यक्रममा स्थानीयवासिको जवाफदिदैँ उनले सबै क्षेत्रको विकासका लागी नगरपालिका प्रतिबद्ध रहेको बताएका थिए । उनले नेपाल सरकारको सिमित बजेटले सबै क्षेत्र एकैपल्ट विकास गर्न सम्भाव नरहेको भन्दै क्रमशः सडक, कृषि, पर्यटन र भौतिक पुर्वाधारको अवस्थामा पनी सुध्रिदै जाने बताएका थिए । दैवि प्रकोपका लागी नगरपालिकाले तत्काल र दिर्घकालिन गर्न सक्ने कामहरु गर्दै आएको मेयर यादवले जानकारी समेत गराएका थिए । 

 

कार्यक्रममा उप प्रमुख अर्चना चौधरी, नेपाल पत्रकार महासंघ प्रदेश नम्बर २ का अध्यक्ष दिपेन्द्र चौहान, उपाध्यक्ष के.सी. लामिछाने, पर्सागढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद लमसाल लगायतकाले सार्वजनिक सुनुवाईमा मन्त्व्य व्यक्त गरेका थिए ।

 

कार्यक्रममा सञ्चारकर्मी तथा आर्थिक पत्रकार संघका संस्थापक अध्यक्ष रितेश त्रिपाठी, आशु सरार्फ, नगरपालिकाका ९ वटै वडाका वडा अध्यक्ष, स्थानीय, कर्मचारी, शिक्षक, बुद्धिजिवि, राजनितिक दलका नेता तथा कार्यकर्ता लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको संयोजन सहयोगी नेपालका अध्यक्ष तबरेज अहमदले गरेका थिए ।  

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

सेस्मी इन्टरनेशनल स्कुलको एसईई परिक्षामा सहभागि सबै बिद्यार्थी सफल

वीरगञ्ज। सेस्मी इन्टरनेशनल स्कुलले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा शतप्रतिशत  नतिजा हासिल गर्दै उत्कृष्ट शैक्षिक उपलब्धि प्राप्त गरेको छ।

सुशासन र पारदर्शीता नचाहने प्रमुख प्रशासकीय अधिकृत यादवलाई बिभागीय कारवाहीको सिफारिश सहित आयोगले डाम्यो

वीरगञ्ज । पारदर्शीताको पक्षमा नरहेका सुशासनको प्रत्याभूती गर्न नचाहने एक जना अधिकृतलाई  राष्ट्रिय सूचना आयोगले डामेको छ । पर्साको जगन्नाथपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्देशकुमार यादवलाई १६ हजार जरिवाना गरेर आयोगले डामेको हो ।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.