logo

मालीमस्ती नाकाबाट एक महिलाको उद्धार

      7/10/2018 गते 00 00 मा प्रकाशित     752   पटक पढिएको

कृष्णमोहन साह
सुवर्णपुर  २६ असार ।

ठोरीको एउटा नाका हुदै भारत जान लागेको अवस्थामा पर्साको ठोरी गाउँपालिका स्थानीयले असार २५ गते मकवानपु जिल्ला राक्सीराङ्ग गाउँपालिका वडा नं २ मनहरि निवासी ३० वर्षिया बिष्णुमाया पाख्रीनलाई  उद्धार गरि प्रहरीको जिम्मा लगाएका छन ।


ठोरी गाउँ पालिका वार्ड नम्बर ४ को मालिबस्ती नका बाट भारत तर्फ गइरहेको अवस्थामा शांकालागि सोधपुछ गर्दा पाख्रिनले आफू भारत हुदै कुवेत जान लागेको बताएपछि स्थानीयले उनलाई प्रहरीको जिम्मा लगाएको स्थानीय सनम श्रेष्ठले जनाकारी दिए ।


पाख्रिनका अनुसार उनीहरुको टोलीमा पाख्रिन सहित ७ जना थिए । चितवनको तर्फबाट माडी हुदै बसमा आएका उनीहरु मालीबस्ती नजिक रहेको बागमोर्चा पुलमा उत्रिएका थिए । टोलीमा भएका ३ जना पुरुष र ३ जना महिला मालीबस्ती हुदै भारत तर्फ गएको उनले बताइन ।

 

उनीहरुले प्रयोग गरेको बाटोको दुबै तर्फ प्रहरीको चेक पोष्ट छैन । मालीबस्तीबाट भारत तर्फ प्रवेश गर्न पैदल दश मिनेट मात्र लाग्छ । जंगलबाटो हुदै जानु पर्ने र प्रहरीको जेकजाँच नभएकै कारण यो नाका अनधिकृत कारोवारीहरुकोलागि सुरक्षीत नाका बनेको छ ।

 

पाख्रिनका अनुसार उनलाई कुवेत पठाईदिने भन्दै भारत तर्फ लैजाने ३७ वर्षिया सोही ठाउकी माया लामा भने भाग्न सफल भएको स्थानीयले बताए । उनी मोटर साइकल चढेर भागेको स्थानीयले बताए ।  

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

सशस्त्र प्रहरी बलपर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सम्पन्न

वीरगंज । सशस्त्र प्रहरी बल, नेपाल पर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सोमबार सम्पन्न भएको छ।

हरिऔनकी ९३ वर्षको उमेरमा नागरिकता पाउने आश

हरिऔन  । उमेरले नौ दशक काट्नुभएकी वृद्धा सुनमाया सुनुवारको अहिले एउटै आश मर्ने बेलामा एक थान नागरिकता र त्यसले दिने सामाजिक सुरक्षा भत्ता पाउने छ ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.