logo

संचार क्षेत्र आग्रह र पूर्वाग्रहमुक्त हुनु पर्छ - मुख्यमंत्री राउत

      6/22/2018 गते 00 00 मा प्रकाशित     1110   पटक पढिएको

वीरगंज ८ असार। जनता टेलिभिजनको प्रदेश नम्बर २ को प्रदेश कार्यालयको उद्घाटन गरिएकोे छ। कार्यालयको उद्घाटन प्रदेश नम्बर २ का मुख्यमन्त्री मोहमद लालबाबु राउत गद्धीले गरेका हुन । 

 

जतना प्रशारण तथा प्रकाशन लिमिटेडका  डा.रमेश पौडेलको अध्यक्षतामा उद्घाटन  समारोह भएको हो  । वीरगञ्जमा व्यूरोको उद्घाटन गर्नुहुँदै प्रदेश नम्बर २ का मुख्यमन्त्री राउतले जनतालाई सूचुचित बनाउन जनता टेलिभिजनले खेलेको भुमिकाको प्रशंसा गरे ।


 उनले आउने दिनमा कुने खास जाती भाषा सम्प्रदायको मात्र नभई नाम अनुसारको वास्तविक रुपमा जनताको टेलीभिजन बन्नकालागि जनतालाई सफलता मिलोस भन्दै मुख्यमंत्री राउतले शुभेच्छा ब्यक्त गरे । मुख्यमंत्री राउतले संचारकर्म व.जहिले पनि आग्रह र पूर्वाग्रह मुक्त हुनु पर्नेमा जोड दिए । 

मुख्यमंत्री राउतले निष्पक्ष, खोजमूलक र निडरताका साथ खबर सम्प्रेषण गर्नमा उर्जा मिलोस् भन्दै जनता टेलिभिजनलाई प्रदेश नम्बर २ ले गर्नुपर्ने सहकार्य र सहयोगमा प्रतिबद्धता व्यक्त गरे।

 

कार्यक्रममा बोल्दै जनता प्रकाशन तथा प्रशारण लिमिटेडका अध्यक्ष  बिजय पौडेलले नागरिकहरुमा सूचनाको हकको प्रत्याभुत गराउँदै टेलिभिजन सदैव केन्द्रमुखी मात्र नभई राज्यका विभिन्न क्षेत्रमा भए गरेका कामकारवाही, अन्याय, भ्रष्ट्राचारका विरुद्ध सहि, गलत पहिल्याउँदै अगाडी जाने विश्वास व्यक्त गरे  ।

 

भोजपुरी भाषामा आफनो मन्तब्य राखेका अध्यक्ष पौडेलले   जिल्लामा रहेका संवाददातालाई निडरताका साथ निष्पक्ष खबरमा प्रतिबद्ध हुन आग्रह गरे ।

 

कार्यक्रममा संघीय ससदका सदस्य हरिनारायण रौनीयार, पूर्व मंत्री एवं नेकपा का नेता नोगेन्द्र चोधरी  टेलीभिजनका संचालक नारायण सुवेदी महाप्रवन्धक लक्ष्मण हुमागाई ले मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रममा  विभिन्न दलका नेता, बुद्धिजिवि, समाजसेवी, पत्रकारलगायतकाको उपस्थिति रहेको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.