logo

पारदर्शी समाज बनाउनकालागि सूचना दिन सरोकारवालाई आग्रह 

      6/21/2018 गते 00 00 मा प्रकाशित     1022   पटक पढिएको

बीरगंज ७ असार । 
नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष विपुल पोखरेलले सूचनाको हक सम्बन्धी कानून निर्माणको अगुवाई नेपाली पत्रकारहरुले गरेको बताएका छन ।  

 

उनले सूचनाको हकबाट पत्रकारहरुले लाभ उठाउनु पर्ने बताउए  । नेपाल पत्रकार महासंघ पर्सा शाखाले बिहिवार वीरगन्जमा आयोजना गरेको ‘सूचनाको हक कार्यान्वयन र चूनौतीको सवाल’ विषयक गोष्ठीमा बोल्दै उपाध्यक्ष पोखरेलले गलत कार्य लुकाउनका लागि सरकारी कार्यालयहरुले सूचना दिन आनाकानी गर्ने गरेको बताए ।

 

उनले जनताबाट उठाउने करको खर्चको फाँटवारी  र जनमत प्राप्त क्षेत्रले गर्ने निर्णयको सम्बन्धमा आम जनताले समेत खोज्नु पर्ने बताए  । 


 पर्साका प्रमुख जिल्ला अधिकारी लोकनाथ पौड्यालले मूल्यवान सूचना भयो भने मात्रै सबैको आकर्षण हुने भन्दै अर्थशास्त्रमा मूल्य निर्धारण माग र पूर्तिको संयोजनमा भए जस्तै सूचनाको हकमा पनि माग पक्ष र पूर्ति पक्षको समन्वय आवश्यक रहेको बताए  ।

 

उनले संविधानले व्यवस्था गरे अनुसारको हक सबैले पाउनुपर्ने भन्दै  सूचना लिने पक्ष पनि जिम्मेवार हुनु जरुरी रहेको बताए  । वीरगन्ज महानगरपालिका कार्यालयका प्रमुख प्रशासकीय अधिकृत डाक्टर भीष्म प्रसाद भुसालले सुकार्यका लागि नै सूचना प्रयोग गर्ने भन्दै  सूचना माग्ने बाहानामा कर्मचारीहरुलाई दुख दिने प्रवृत्तिको विकास भएको बताए  ।

 

उनले  पारदर्शिता र जवाफदेहिता सुनिश्चित गर्ने अभ्यास भईरहेको जानकारी दिदै वीरगन्ज महानगरपालिकामा अभिलेखहरु अव्यवस्थित राखिएकोले आधारभूत सूचना समेत नागरिकले पाउन नसकेको बताए  । नेपाल पत्रकार महासंघ प्रदेश नम्बर २ का उपाध्यक्ष के.सी. लामिछानेले सूचना सम्पत्ति, शक्ति, ज्ञान र धन पनि भएकोले पत्रकारले यसलाई बुझ्नुपर्ने बताए  ।

 

नेपालमा सूचना गोप्य राख्ने संस्कृति, बन्द संस्कृति रहेको भन्दै उनले सूचना हुने व्यक्तिमा शक्ति पनि हुने बताए  । नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बञ्जाराको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव युवराज खडका र स्वागत भाषण उपाध्यक्ष अनुप तिवारीले गरेका थिए ।

 

कार्यक्रममा नेपाल पत्रकार महासंघ शंकर खतिवडा , नेपाल आदीवासी जनजाती पत्रकार महासंघका प्रदेश इन्चार्ज निरज पिठाकोटे मगर मधेशी पत्रकार संघका मनोज पटेल समाजका श्रवण साह लगायतको सहभागिता रहेको थियो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.