logo

मरिच तस्करीको आरोपमा बीरगंजका उधोगी संजय अग्रवाल थुनामा,अनुसन्धानमा अरु पनि तानीने

      6/21/2018 गते 00 00 मा प्रकाशित     1466   पटक पढिएको

बीरगंज ७ असार । 
ग्लोबल लेदर टेनिङ इण्डष्ट्रिज प्रालिका सञ्चालक अग्रवाललाई राजस्व बिभाग काठमाण्डौले थुनामा पठाएको छ । मरिचको अवैध कारोवारको बिषयमा बयान दिन काठमाण्डौ गएका अग्रवालसंग बिभागले धरौटी माग गरे पछि उनी थुनामा पुगेका हुन । बिभागले अग्रवालसंग ३ करोड ७६ लाख ८० हजार रुपैयाँ घरौटी मागेको थियो । धरौटी रकम तिर्न नसकेपछि बिभागले उनलाई थुनामा पाठाएको हो ।


अनधिकृत तरिकाबाट बीरगंज नाका हुदै मरिच भारततर्फ निकासी गर्न खोजेको आरोपमा बिभागले अग्रवाललाई अनुसन्धानकोलागि काठमाण्डौ झिकाएको थियो ।  अग्रवालले बिभागले माग गरेको धरौटी रकम बुझाउन नसकेपछि थुनामा पठाएको अनुसन्धान अधिकृत ध्रुव पोख्रेलले बताए ।


ग्लोबल लेदर टेनिङ इण्डष्ट्रिज प्रालिका सञ्चालक अग्रवालसित विभागले  यो प्रकरणमा थप अनुसन्धान भइरहेको  बताएको छ । गत जेठ २१ गते वीरगञ्जको मूल नाका  भएर भारततर्फ जान लागेको भारतीय नम्बरको ट्रकमा १२ मेट्रिकटन मरीच बरामद भएको थियो । 

अग्रवाल मुख्य सञ्चालक रहेको ग्लोबल लेदरले भारतको कानपुरस्थित मेरिट एक्जिमलाई छाला पठाउने भनिएको ट्रकमा मरीच फेला परेको थियो ।

 

प्रज्ञापनमा उल्लेख भएको युपी ७८ बीटी ३८०४ नम्बरको ट्रकमा मरीच बरामद भएको थियो । अग्रवालले मरीच तस्करीमा आफ्नो संलग्नता अस्वीकार गरेका छन् । प्रज्ञापनमा २ ओटा ट्रक नम्बर उल्लेख गरिएको छ । तीमध्ये एचआर ५५ यु ४०६८ नम्बरको ट्रकमा छाला निकासी भएको बताइएको छ । अर्को ट्रकमा मरीच फेला परेको थियो ।

भन्सारको प्रज्ञापनमा २ ओटा ट्रकमा २५ मेट्रिकटन वेट ब्लु छाला रहेको उल्लेख छ । तर, बीलमा २० मेट्रिकटन छ । गाडीको तौल भने २६ मेट्रिकटनभन्दा बढी देखाइएको छ । प्रज्ञापनमा केरमेट गरी ट्रक नम्बर सच्याइएको छ । 

 

प्रज्ञापनमा युपी १५ डीटी २५ नम्बरलाई कलमले काटेर त्यसमाथि एचआर ५५ यु ४०६८ नम्बर चढाइएको छ । ढुवानी साधनको नम्बर गल्ती भएमा भन्सारको प्रक्रिया पु¥याएरमात्र सच्याउन मिल्नेमा छापमात्र लगाइएको छ ।

विभागले छाला उद्योगी, भन्सार कर्मचारी, भन्सार एजेण्ट र वीरगञ्जका अन्य व्यवसायीलाई अनुसन्धानको घेरामा राखिएको बताएको छ ।

तर, भन्सारका कर्मचारीलाई अहिलेसम्म विभागमा उपस्थित गराइएको छैन् । प्रक्रिया नपु¥याइएको प्रज्ञापनपत्रमा वीरगञ्ज भन्सारका अधिकृत उद्धव ढुङ्गानाको हस्ताक्षर छ । मरीच बोकेको ट्रकका चालक र भन्सार एजेण्ट दिलीप श्रीवास्तवलाई पनि हिरासतमा लिएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.