logo

 चिनियाँ रेल केरुङ हुँदै चाँडै काठमाडौं पुग्नेमा चिनियाँ राष्ट्रपति सी जिनफिङ बिश्वस्त

      6/20/2018 गते 00 00 मा प्रकाशित     899   पटक पढिएको

काठमाण्डौ ६ असार । 
नेपालको प्रधानमन्त्रीमा पाँच वर्षका लागि चयन भएकोमा केपी शर्मा ओलीलाई बधाई दिँदै चीनका राष्ट्रपति सी जिनफिङले चीन नेपाल सम्बन्ध अब नयाँ आधारमा अगाडि बढ्ने बताएका छन्।

चीन भ्रमणको दोस्रो दिन बुधवार  चिनियाँ राष्ट्रपति सी जिनपिङसँग शिष्टाचार भेटवार्ता गरी ओलीले नेपाल भ्रमणका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले पठाएको निमन्त्रणापत्र हस्तान्तरण गरेका छन्।

बेइजिङस्थित ग्रेट हल अफ पिपलमा उहाँहरुबीच भएको भेटवार्तामा प्रधानमन्त्री ओलीले राष्ट्रपति भण्डारीले नेपाल भ्रमणका लागि गर्नुभएको निमन्त्रणापत्र हस्तान्तरण गरेका हुन्।

राष्ट्रपति भण्डारीको निमन्त्रणापत्र स्वीकार गर्दै चिनियाँ राष्ट्रपति सीले उपयुक्त समयमा नेपाल भ्रमण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

राष्ट्रपति सी र प्रधानमन्त्री ओलीबीच आधा घण्टा छुट्टाछुट्टै भेटवार्ता भएको थियो। भेटमा सहभागी परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीका अनुसार राष्ट्रपति सीले नेपालको सार्वभौमसत्ता, अखण्डतालाई सम्मान गर्दै सबै प्रकारको सहयोग उपलब्ध गराउने बताए।

चिनियाँ राष्ट्रपति सीले चिनियाँ रेल केरुङ हुँदै चाँडै काठमाडौं पुग्नेमा आफू विश्वस्त रहेको बताएको मन्त्री ज्ञवालीले खुलाए।

चीनका राष्ट्रपति सीले अधिकारीहरूलाई केरुङ–काठमाडौं रेलमार्गको संभाव्यता अध्ययन  छिटो सक्न निर्देशन दिइसकेको बताएको मन्त्री ज्ञवालीले सञ्चारकर्मीसँग बताए।

बुधबार दिउँसो ग्रेट हल अफ पिपुलमा छुट्टै भेटपछि ४५ मिनेट दुई देशका प्रतिनिधिमण्डलस्तरीय प्रतिनिधि मण्डलसहित भेटवार्ता भएको छ।

नेपालको विकास र समृद्धिमा चीनको तर्फबाट सहयोग उपलब्ध हुने बताउँदै सीले दुई देशबीचको सम्बन्धलाई नयाँ आधारमा अगाडि बढाउन आफूहरु तयार रहेको धारणा राखेका छन्।

राष्ट्रपति सीले असल छिमेकीका रुपमा नेपाललाई चीनले सधैँ सम्मान र सहयोग गर्दै आएको स्मरण गरे।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको अप्रेशन  सिन्दुर,पाकिस्तान नियन्त्रित नौ स्थानमा मिसाइल आक्रमण

वीरगंज।  भारतले बुधबार  पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मीर (पीओके) मा रहेको ‘आतङ्कवादी केन्द्रहरु’ नौ स्थानमा हमला गरेको  घोषणा गरेको छ  ।

अमेरिकाको टेक्सस राज्य संसदद्वारा १३ मार्चलाई ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ घोषणा

टेक्सस ।  अमेरिकाको टेक्सस राज्य संसद्ले १३ मार्चलाई ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ घोषणा गरेको छ ।

समाज

पार्टीलाई जनताकावीचमा स्थापित गर्न एक ढिक्का भएर लाग्न इन्चार्ज हजराको अपिल

वीरगंज । नेकपा एमालेका केन्द्रीय सदस्य एवं पर्सा इन्चार्ज प्रभू हजराले पार्टीलाई जनताको वीचमा स्थापित गर्नकालागि जनसरोकारका मुद्धालाई नेतृत्व गर्नु पर्ने बताएका छन ।

खयर लोड गरिएको ट्रक नियन्त्रणमा, निकुञ्जले चेकजाँच गर्दै, रक्षकहरु नै भक्षक भएको आरोप

वीरगंज । छुटपूर्जी भन्दा बढी काठका गोलिया लोड गरेको आशंकामा सशस्त्र प्रहरीले एउटा ट्रक नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिएको ट्रक भित्र भएको काठको बिषयमा चितवन राष्ट्रीय निकुञ्जबाट आएको टोलीले छानविन गर्ने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.