logo

म्याद गुज्रिएका ३ हजार क्यान जुस बरामद दुई जना प्रहरी नियन्त्रणमा

      6/20/2018 गते 00 00 मा प्रकाशित     801   पटक पढिएको

वीरगञ्ज  ६ असार, ।  वीरगञ्ज महानगरपलिका वडा नम्बर ५ रेल्वे रोडमा कौशल कुमार श्रीवास्तवले सञ्चालन गरेको र्फम प्रहरीले छापामारी गरि म्याद गुज्रीएको कोरियन जुस बरामद गरेको छ । 

बीरगंज महानगरपालिकाको वडा नं ४ बीरगंज कारागार नजिक रहेको श्रीवास्तवको घरमा प्रहरीले बुधवार बिहान छापा मारेर डेलोस ब्रान्डको कोरियन क्यान जुस बारमद गरेको पर्साका एसपी रेवती ढकालले जनाए ।

 

  म्याद सकिएको जुस ल्याएर नयाँ मिति राखेर बजारमा सप्लाई गर्ने गरेको सूचनाको अधारमा प्रहरीले बुधबार बिहान छापा मारेको उनले बताए ।

छापामारीबाट ३ हजारभन्दा बढी क्यान जुस बरामद भएको छ,’ पर्साका प्रमुख प्रहरी उपरीक्षक ढकालले भने, ‘डेट हाल्न प्रयोग गरिने मेसिन, सरकारी कार्यालयका स्ट्याम्प पनि भेटिएका छन् । थप अनुसन्धान गर्दैछौं ।’

‘मेड ईन कोरिया’ लेखिएको डेलोस ब्रान्डका जुसको म्याद २०१८ मार्चमै सकिएको छ ।

 

तर त्यहाँ थिनरको प्रयोग गरेर क्यान बोतलको पछाडि रहेको पुरानो मिति मेटाएर प्रिन्ट मेसिनको सहायताले नयाँ मिति थप गर्ने गरिएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

 

प्रहरीले र्फमको रेखदेख गर्ने पर्साको सखुवा प्रसौनी गाउँपालिका वडा नम्बर १ शीतपुरका ५७ वर्षीय ओम बहादुर कार्की र प्रिन्टिङको काम गर्ने वीरगञ्ज महानगरपालिका वडा नम्बर ११ श्रीपुर बस्ने मुन्ना भनिने लक्ष्मी साह कानुलाई पक्राउ गरेको छ । उनीहरु दुवैले आफू निर्दोष रहेको बताएका छन् ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

बरिष्ठ पत्रकार गौतम स्व.पाण्डेको स्मृतिमा स्थापित पत्रकारिता पुरस्कारबाट पुरस्कृत हुदै

वीरगन्ज । वीरगन्जको पत्रकारिता क्षेत्रमा लामो समयदेखि योगदान पुर्‍याउँदै आउनु भएका वरिष्ठ पत्रकार ईश्वरचन्द्र गौतम लाई स्व. सुदर्शनराज पाण्डे स्मृति पत्रकारिता पुरस्कार–२०८२ प्रदान गर्ने निर्णय गरिएको छ।

सशस्त्र प्रहरी बलपर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सम्पन्न

वीरगंज । सशस्त्र प्रहरी बल, नेपाल पर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सोमबार सम्पन्न भएको छ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.