logo

लागू औाष्धसहित दुई जना प्रहरीको नियन्त्रणमा

      6/17/2018 गते 00 00 मा प्रकाशित     1045   पटक पढिएको

वीरगंज ३ असार  ।
 प्रहरीले बारा जिल्ला  निजगढ नगरपालीका वडा नम्बर ३ सिंगोल बस्ने वर्ष २३ को देव प्रसाद सापकोटा र जिल्ला धनुषा गनेशमान चारनाथ नगरपालीका वडा नम्बर ६ बस्ने शेर बहादुर थोकरलाई पक्राउ गरेको छ ।


उनीहरुलाई वीरगंज महानगरपालीका वडा नम्बर १६ रजत जयन्ती चौकबाट प्रतीबन्धीत लागुऔषध एम्पुल सहित पक्राउ गरेको हो ।

सिमावर्ती भारतीय शहर रक्सौलबाट वीरगंज तर्फ पैदल आइरहेका युवाहरुलाई शंका लागी चेकजाच गर्ने क्रममा  उनीहरुको साथबाट १ सय ७९ पिस नुर्फिन र १ सय ७९ पिस फेनारगन सहित गरी ५ सय ३७ पिस लागुऔषध एम्पुल बरामद भएको छ ।

 

प्रहरीले  निजहरुले बोकी राखेको कालो झोला भित्र पेपरमा बेरेर राखीएको अवस्थामा २ एमएलको १ सय ७९ पिस डाइजिल्याब, १ सय ७९ पिस नुर्फिन र १ सय ७९ पिस फेनारगन सहित गरी ५ सय ३७ पिस लागुऔषध एम्पुल सहित पक्राउ गरिएको पर्साका एसपी रेवती ढकालले बताए ।

सिमा प्रहरी चौकी ईनर्वा र सशस्त्र प्रहरी बल नेपाल राजश्व तथा भन्सार सुरक्षा गुल्मबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।


पक्राउ परेका दुवैजनालाई थप आवश्यक कार्यवाहीका लागी जिल्ला प्रहरी कार्यालय पर्सामा राखीएको पर्सा प्रहरीले जनाएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.