logo

सप्तरीका दुई दुर्घटनामा ११ जना घाइते

      5/9/2017 गते 00 00 मा प्रकाशित     1115   पटक पढिएको

राजविराज, २७ वैशाख । सप्तरीका दुई छुट्टाछुट्टै स्थानमा मङ्गलबार भएका सवारी दर्घटनामा परी ११ जना यात्रु घाइते भएका छन् ।


पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको कञ्चनरुप नगरपालिका–२ मा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा ४ ख ८२३ नंको हाइस माइक्रोबस अनियन्त्रित भई दुर्घटना हुँदा त्यसमा सवार पाँचजना घाइते भएको प्रहरीले जनाएको छ । घाइते हुनेमा काठमाडौँ कोटेश्वर–४ बस्ने ४० वर्षीया कल्पना सुवेदी, झापा धुलाबारी–८ बस्ने ३९ वर्षीया कौशिला शेर्पा, झापाकै भद्रपुर–८ बस्ने ५ वर्षीया राधिका पौडेल, ५५ वर्षीय मुकुन्द पौडेल, रसुवा लहरे पौवा–२ बस्ने ४० वर्षीय बलराम पौडेल रहेका छन् ।


उनीहरुको ठेलियास्थित धर्मेश्वर अस्पतालमा उपचार भइरहेको छ भने गाडी र त्यसका चालकलाई इलाका प्रहरी कार्यालय कञ्चनपुरले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।


यस्तै, पूर्व–पश्चिम राजमार्गमै पर्ने शम्भुनाथ नगरपालिका–८ मा हिलेबाट काठमाडाँै जाँदै गरेको बा ४ ख ५१८३ नंको हाइस माइक्रोबस अनियन्त्रित भई दुर्घटना हुँदा चालकसहित छजना यात्रु घाइते भएका छन् ।


घाइते हुनेमा भोजपुर चरम्बी–६ बस्ने २१ वर्षीया प्रमिला चौलागार्इं, सोही ठाउँका ४७ वर्षीय रबिलाल विश्वकर्मा, धनकुटाको धनकुटा नगरपालिका–१ बस्ने ४६ वर्षीय दिलबहादुर नेपाली, चालक रामेछाप लखनपुर–७ बस्ने ३९ वर्षीय राम तामाङ, भोजपुर देउराली–९ बस्ने ३६ वर्षीया तुलसी राई र दोलखा सहरे–६ बस्ने ३४ वर्षीय सन्तोष नेपाल रहेका छन् ।


घाइतेमध्ये प्रमिला, रबिलाल र दिल बहादुरको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ भने अन्यको स्थानीय मेडिकलमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

समाज

पर्साका युवा नेता जाकिर हुसैन नेपाल हज समितिको सदस्यमा मनोनित

वीरगंज । नेपाली कांग्रेस पर्साका युवा नेता एवम् नेपाल मुस्लिम संघका केन्द्रीय सदस्य जाकिर हुसैन नेपाल हज समितिको सदस्य पदमा मनोनित भएका छन्।

मधेस बनाउनको लागि मधेस प्रदेश र मधेसका स्थानीय तहमा एमाले नेतृत्वको सरकार आवश्यकः एमाले महासचिव  पोख्रेल

बर्दिवास । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीको पुरै ध्यान विधान महाधिवेशनमा केन्द्रित भएको बताएका छन  ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.