logo

सप्तरीका दुई दुर्घटनामा ११ जना घाइते

      5/9/2017 गते 00 00 मा प्रकाशित     1269   पटक पढिएको

राजविराज, २७ वैशाख । सप्तरीका दुई छुट्टाछुट्टै स्थानमा मङ्गलबार भएका सवारी दर्घटनामा परी ११ जना यात्रु घाइते भएका छन् ।


पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको कञ्चनरुप नगरपालिका–२ मा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा ४ ख ८२३ नंको हाइस माइक्रोबस अनियन्त्रित भई दुर्घटना हुँदा त्यसमा सवार पाँचजना घाइते भएको प्रहरीले जनाएको छ । घाइते हुनेमा काठमाडौँ कोटेश्वर–४ बस्ने ४० वर्षीया कल्पना सुवेदी, झापा धुलाबारी–८ बस्ने ३९ वर्षीया कौशिला शेर्पा, झापाकै भद्रपुर–८ बस्ने ५ वर्षीया राधिका पौडेल, ५५ वर्षीय मुकुन्द पौडेल, रसुवा लहरे पौवा–२ बस्ने ४० वर्षीय बलराम पौडेल रहेका छन् ।


उनीहरुको ठेलियास्थित धर्मेश्वर अस्पतालमा उपचार भइरहेको छ भने गाडी र त्यसका चालकलाई इलाका प्रहरी कार्यालय कञ्चनपुरले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।


यस्तै, पूर्व–पश्चिम राजमार्गमै पर्ने शम्भुनाथ नगरपालिका–८ मा हिलेबाट काठमाडाँै जाँदै गरेको बा ४ ख ५१८३ नंको हाइस माइक्रोबस अनियन्त्रित भई दुर्घटना हुँदा चालकसहित छजना यात्रु घाइते भएका छन् ।


घाइते हुनेमा भोजपुर चरम्बी–६ बस्ने २१ वर्षीया प्रमिला चौलागार्इं, सोही ठाउँका ४७ वर्षीय रबिलाल विश्वकर्मा, धनकुटाको धनकुटा नगरपालिका–१ बस्ने ४६ वर्षीय दिलबहादुर नेपाली, चालक रामेछाप लखनपुर–७ बस्ने ३९ वर्षीय राम तामाङ, भोजपुर देउराली–९ बस्ने ३६ वर्षीया तुलसी राई र दोलखा सहरे–६ बस्ने ३४ वर्षीय सन्तोष नेपाल रहेका छन् ।


घाइतेमध्ये प्रमिला, रबिलाल र दिल बहादुरको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ भने अन्यको स्थानीय मेडिकलमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मुस्ताङमा अनुमति बिना मानवरहित ड्रोन क्यामरा उडाउँदै  गरेका भारतीय पर्यटकको क्यामरा नियन्त्रणमा

मुस्ताङ । अन्नपूर्ण संरक्षित क्षेत्र मुस्ताङमा अनुमति बिना मानवरहित ड्रोन क्यामेरा उडाउँदै गरेको अवस्थामा प्रहरीले एक भारतीय पर्यटकको ड्रोन क्यामरा नियन्त्रणमा लिएको छ ।

राजनीतिकर्मी साहको पहलमा बिद्यालयको भवन बन्दै, एक कार्यक्रमका वीच गरियो शुरुवात

वीरगंज । पकाहा मैनपुर गाउँपालिकाको वडा नं ४ मा रहेको नेपाल राष्ट्रिय आधारभूत बिद्यालय श्यामपुर भेलाहमा नयाँ भवनको बिहिवार एक कार्यक्रमकावीच शिलान्यास गरिएको छ ।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.