logo

बीस दिनको उपचारपछि घर फर्किदैँ राउटे कपिल, सभामुखलाई भने: हाम्रो भत्ता बढाइदिनुस्

      5/9/2017 गते 00 00 मा प्रकाशित     1350   पटक पढिएको

काठमाडौँ, २६ वैशाख । स्रोह महिनाअघि अछामको भैरवस्थान गाविसको जङ्गलमा सुतिरहेका बेला जलेर गम्भीर घाइते १८ वर्षीय कपिलबहादुर शाही (राउटे) को स्वास्थ्यमा सुधार आएपछि भोलि घर फर्किंदै छन् ।


उपचारका लागि ट्रमामा आउँदा जलेर शरीरमा भएका घाउमा किरा परेको र मासु कुहिएर दुर्घन्धित अवस्था रहेका कपिल आज भने सामान्य हिँड्डुल गर्न र बोल्न सक्ने भएका छन् । पूर्णरुपमा उपचार हुन अझ केही समय लाग्ने भए पनि १२ वर्षपछि हुन लागेको राउटेको कुल देवताको पूजाका लागि घर नगई नहुने भएपछि उनी भोलि घर फर्कन लागेका छन् ।


उनको स्वास्थ्य अवस्थाबारे बझ्न र बिदाइ गर्न आज ट्रमा सेन्टर पुग्नुभएकी सभामुख ओनसरी घर्तीले कपिलको उपचारका लागि सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभयो । उहाँले भन्नुभयो, “नेपालले नयाँ अनुहार फेर्दै छ । हामीले बनाएको संविधान कार्यान्वयन हुँदैछ । स्थानीय तहको निर्वाचनले धेरै विकासका ढोका खोल्नेछ । राउटेलाई पनि आधुनिक समाजको हिस्सा बनाउन काम गर्नेछ । उनीहरुका लागि आवश्यक नीतिगत व्यवस्था गर्न पनि मैले पहल गर्नुेछु ।”


सभामुखसँग कुरा गर्दै बिरामी कपिलले जङ्गलमा उपचार नपाउँदा धेरै पीडा भएको सुनाए । उनले भने, “मलाई धेरै खुसी लागेको छ । अहिले मलाई पहिलेभन्दा निकै राम्रो छ । म यति राम्रा डाक्टरसँग नआइपुगेको भए त मरिसक्थे होला । दीपेश दाइले मलाई काठमाडौँ ल्याएर उपचार गर्न सहयोग गर्नुभयो । म निकै खुसी छु ।”


उनले उपचारमा सहयोग गर्ने चिकित्सक, दीपेश र आफ्नी भान्जीलाई धन्यवाद दिँदै सरकारले राउटेलाई दिँदै आएको रु दुई हजार भत्ता बढाएर पाँच हजार पु¥याइदिन सभामुखमार्फत अनुरोध गरे । “आजकल जङ्गलमा काठ सजिलै काट्न पाइँदैन । काठ नभएपछि हामी कसरी सामान बनाई बेचेर गुजारा गर्ने रु त्यसैले हाम्रो भत्ता बढाई दिनुप¥यो,” उनले भने ।


गैरआवासीय नेपाली सङ्घ बेल्जियमको पहलमा बेल्जियमका ट्रमा विशेषज्ञ डा गिअ ब्युकोर्टको सहयोगमा उनलाई दैलेखबाट गत वैशाख ७ गते साँझ काठमाडौँस्थित ट्रमा सेन्टरमा ल्याइएको थियो । ट्रमा सेन्टरका प्लास्टिक सर्जरी विभाग प्रमुख डा पियुष दाहालको नेतृत्वमा डा अपार लामिछाने, डा श्वेता जैसवाल, डा पशुपतिलगायतको टोलीले कपिलको उपचार गरेको थियो ।


उपचारमा संलग्न चिकित्सक पियुष दाहालका अनुसार कपिलको आउँदाको अवस्था नाजुक भएको, काखी र पेटको भाग बढी बिग्रेको तथा दुर्गन्धित अवस्थामा रहेको थियो । “अहिले धेरै सुधार भइरहेको छ । हामीले पहिलो चरणमा घाउ सफा गर्ने, दुर्गन्ध हटाउन शल्यक्रिया ग¥यौँ । त्यसपछि छाला प्रत्यारोपण ग¥यौँ । उनलाई पूरै निको हुन समय लाग्छ । हामीले निको भएपछि लान आग्रह गरेका थियौँ तर उहाँको जानै पूजाका कारण पुन सुर्खेत अस्पतालमा आई उपचार जारी राख्ने सर्तमा जान दिएका हौँ ।”


राउटे उत्थान प्रतिष्ठान नेपालकी अध्यक्ष तथा राउटेकी भान्जी सत्यदेवी खड्काको पहलमा काठमाडौँमा उपचारका लागि आउन सहमत भएका थिए । लामो समयदेखि राउटेका लागि काम गर्दै आउनुभएकी अध्यक्ष अधिकारीलाई राउटेले भान्जी मानेका छन् । उहाँले भन्नुभयो, “२०७२ साल पुषमा उनी जलेका हुन् । हामीले दुई दिनपछि मात्र थाहा पायौँ । जङ्गलमै गएर भेटेका थियौँ । उपचारका लागि जाऔँभन्दा उनीहरु क्यै गरी राजी भएनन् । यो कुरा उपराष्ट्रपतिका पुत्र दीपेश पुनलाई थाहा थियो । उहाँले पार्टीको युरोप भ्रमणमा जाँदा एनआरएनका महासचिव लोकप्रसाद दाहाललाई भन्नुभएको थियो । अनि दाहालको प्रयासले नै बेल्जियमका ट्रमाका विशेषज्ञ नेपाल आउनुभएको थियो ।”


उपराष्ट्रपति पुत्र पुनले विदेशी चिकित्सकलाई दिएर दैलेख पुगेको अनुभव सुनाउँदै कपिल तीन दिन पूजामा सहभागी भएर पुनः सुर्खेतस्थित अस्पतालमा आई फिजियोथेरापीसँगै उपचार जारी राख्ने बताउनुभयो । उहाँले भन्नुभयो, “सरकारले ल्याएका चेतनाका कुनै कार्यक्रम नेपालका लोपोन्मुख अवस्थामा रहेका राउटेसम्म पुग्न सकेको छैन् । त्यसैले उनीहरु अहिले पनि बिरामी हुँदा चिकित्सकसँग उपचार गराउन वा औषधि खान मान्दैनन् । त्यसका लागि सरकारले पहल थाल्न आवश्यक छ ।”


नेपालमा राउटको सङ्ख्या १५० छ । पश्चिम नेपालको दैलेख, सुर्खेत र सुदरपश्चिमका जिल्लाका जङ्गलमै फिरन्ते जीवन बिताइरहेका छन् । सरकारले आज मात्रै कपिलको थप उपचार र राउटेको कुल पूजाका लागि रु पाँच लाख सहयोग गर्ने निर्णय गरेको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

वीरगंजको मुख्य सडक विस्तारमा  प्रभावितलाई सहुलियत, सेडब्याकमा पुनर्विचार, नक्सापासमा छुट

वीरगंज । वीरगंजको मुख्य सडक विस्तारका क्रममा सडक सीमाभित्र पर्ने धार्मिक तथा ऐतिहासिक महत्वका मठमन्दिर, मस्जिद तथा अन्य धार्मिक संरचना यथास्थानमै रहने गरी सडक निर्माणको काम अघि बढाइने वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले बताएका छन ।

रसुवा बाढीमा बेपत्ता वीरगंजका ६ नागरिकको खोजी तीव्र बनाउन पूर्वमन्त्री यादवको मांग

वीरगंज । रसुवा बाढीमा परी बेपत्ता भएका वीरगंज महानगरपालिका वडा नं. २२, जगरनाथपुरका ६ जना नागरिकको अवस्था अझै अज्ञात रहेपछि पीडित परिवारको पीडा झनै गहिरिँदै गएको छ।

खेलकुद

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.